Headline

कोरोनाका कारण नेपालको बिश्वकप क्वालिफायर खेल धकेलिने निश्चित

Published

on

बिश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसले नेपाली फुटबललाई पनि प्रभावित पार्ने निश्चितप्राय बनेको छ ।

नेपालले चैत्र १८ मा बिश्वकप २०२२ र एसिया कप २०२३ अन्तर्गत अष्ट्रेलियासँग दशरथ रँगशालामा खेल्ने कार्यक्रम रहेको छ । तर कोरोना भाइरसका कारण नेपालले आयोजना गर्ने घरेलु म्याचहरु यही भाइरसका कारण नहुने सम्भावन बढेको छ ।

एक अष्ट्रेलियन वेबसाइटले जनाए अनुसार एसियाली फुटबल महसंघले फिफालाई मार्च र जुनमा हुने सम्पूर्ण गतिविधिहरु रद्द गर्न आग्रह गरेको छ । कोरोनाका कारण कैयौं एसियाली देशहरुलाई भ्रमणका लागि बन्देज गरिएको छ ।

एएफसिले आफ्नो पुर्वी क्षेत्रका सदस्य राष्ट्रहरुसँग यस बिषयमा छलफल गरेको छ भने पश्चिम क्षेत्रका राष्ट्रहरुसँगको छलफलपछि निर्णय आउनेछ । फुटबल फेडेरसन अष्ट्रेलिया र अखिल नेपाल फुटबल संघले भने यस बिषयमा औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।

मार्च र जुनमा हुने क्वालिफायरका गतिविधिहरु रद्द गरेको खण्डमा ती खेलहरु सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको विन्डोमा गरिने पनि उक्त अष्ट्रेलियन वेबसाइटले उल्लेख गरेको छ । नेपालले अष्ट्रेलियाबिरुद्ध खेल्नु अघि मार्च २६ मा पनि दशरथ रँगशालामा चाइनिज ताइपेइसँग खेल्ने कार्यक्रम रहेको छ ।

कोरोनाको त्रासका कारण जापानमा यही अगष्टमा हुने ओलम्पिक पनि शंकाको घेरामा परेको छ । चिनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसका कारण हालसम्म तीन हजार भन्दा बढी मान्छेको मृत्यु भइसकेको छ । इटालीमा मात्रै ७९ जना मान्छेले ज्यान गुमाएका छन् ।

बिश्व स्वास्थ्य संगठनका अनुसार बिश्वमा कोरोना भाइरसले ९२ हजार जना पिडित बनेका छन् भने ३ हजार १ सय १० ले आफ्नो ज्यान गुमाइसकेका छन् । चिनमा कतिको मृत्यु भएको अहिलेसम्म यकिन हुन सकेको छैन ।

Click to comment

Trending