अन्तर्राष्ट्रिय

कोरोनाको कारण सेरी ‘ए’ का खेलहरु स्थगित

Published

on

कोरेनाभाइरसको प्रकोपका कारण जुभेन्टस-इन्टर, उडनिस-फियोरेन्टीना, मिलान-जेनोआ, पर्मा-एसपीएएल र ससुउलो-ब्रेस्सियालगायत पाँच सेरी ए खेलहरू मे १३ मा खेलाइने भएको छ।

जुभेन्टसले भने आफ्नो प्रशिक्षक मोजुरियो सारिको प्रेस सम्मेलन समेत रद्द गरेको छ।

इटालियन डर्बीका धेरै खेल हरु स्थगित गर्ने निर्णय गरिएको छ। स्थगित नगरि खाली स्टेडियममा खेलाउने वा खेल तालिका नै सर्ने भन्ने बिषयमा भएको बैठकमा सेरी ए ले नयाँ खेल तालिक सर्वजनिक गर्ने निस्कर्ष निकालेको हो।

जुभन्टस र इन्टर मिलन बीच सम्भावित खेल हरु बन्द रङशालामा खेलाउने भनिएता पनि अब ति सबै खेलहरु स्थगित गरिएको छ।

इटालीमा यो हप्ता हुने भनिएको सबै खेल हरु मे १३ मा खेलाउने निर्णय लिएको सेरि ए ले जनाएको हो।

Click to comment

Trending