Connect with us

अन्तर्राष्ट्रिय

कोरोनाको कारण सेरी ‘ए’ का खेलहरु स्थगित

wesportz

Published

on

कोरेनाभाइरसको प्रकोपका कारण जुभेन्टस-इन्टर, उडनिस-फियोरेन्टीना, मिलान-जेनोआ, पर्मा-एसपीएएल र ससुउलो-ब्रेस्सियालगायत पाँच सेरी ए खेलहरू मे १३ मा खेलाइने भएको छ।

जुभेन्टसले भने आफ्नो प्रशिक्षक मोजुरियो सारिको प्रेस सम्मेलन समेत रद्द गरेको छ।

इटालियन डर्बीका धेरै खेल हरु स्थगित गर्ने निर्णय गरिएको छ। स्थगित नगरि खाली स्टेडियममा खेलाउने वा खेल तालिका नै सर्ने भन्ने बिषयमा भएको बैठकमा सेरी ए ले नयाँ खेल तालिक सर्वजनिक गर्ने निस्कर्ष निकालेको हो।

जुभन्टस र इन्टर मिलन बीच सम्भावित खेल हरु बन्द रङशालामा खेलाउने भनिएता पनि अब ति सबै खेलहरु स्थगित गरिएको छ।

इटालीमा यो हप्ता हुने भनिएको सबै खेल हरु मे १३ मा खेलाउने निर्णय लिएको सेरि ए ले जनाएको हो।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Headline

एलेको कसिलो बलिङ्ग सशक्त ब्याटिङ्गमा वेष्ट इण्डिजलाई श्रृंखला

wesportz

Published

on

फाबियन एलेनले कसिलो बलिङ्ग गर्नुको साथै फिनिसरको भुमिका खेलेपछि वेष्ट इण्डिजले श्रीलंकालाई तेश्रो तथा निर्णायक खेलमा पराजित गर्दै ट्वान्टी ट्वान्टी श्रृंखला आफ्नो पक्षमा पारेको छ ।

एन्टिगामा भएको लो स्कोरिङ्ग खेलमा वेष्ट इण्डिजले श्रीलंकालाई तीन विकेटले पराजित गर्यो । नयाँ बल लिएर आएका एलेनले टप अर्डरमा अंकुश लगाउदै चार ओभरमा मात्र १३ रन खर्चिएर एक विकेट लिएपछि पकड जमाएको वेष्ट इण्डिजले श्रीलंकालाई २० ओभरमा चार विकेको क्षतिमा १ सय ३१ रनमै रोकेको थियो ।

श्रीलंकाले पनि कसिलो बलिङ्ग गरेपछि १७ औ ओभरमा १ सय ५ रनमै सात विकेट गुमाउदै वेष्ट इण्डिज कमजोर अवस्थामा पुगेको थियो । १९ औं ओभरमात्र खेलेका एलेनले अकिला धनन्जयलाई तीन छक्का प्रहार गरेपछि वेष्ट इण्डिजले ६ बल बाकी छँदा जित हात पार्यो ।

अन्तिम १२ बलमा २० रनको आवश्यकत रहदा वेष्ट इण्डिजले धनन्जयको १९ औं ओभरमै २२ रन बटुलेको थियो । म्यान अफ द म्याच एलेनले ६ बलमा २१ रन बनाए ।

वेष्ट इण्डिजका लागि टप अर्डरमा लेन्डल सिमोन्सले २६, एभिन लेविसले २१ र मध्यक्रममा निकोलस पुरनले २३ रनको योगदान दिएका थिए । लक्सन सन्दकनले श्रीलंकाका लागि सर्वाधिक ३ विकेट लिएका थिए भने दुस्मन्था चमिरा र पि डि सिल्भाले २–२ विकेट लिए ।

पहिलो ट्वान्टी ट्वान्टीमा केरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका धनन्जय एक पटक फेरि महँगो साबित भए । उनले चार ओभरमा ५३ रन खर्चेका थिए ।

पहिलो १० ओभरमा मात्र ४७ रन बनाएको श्रीलंकाको इनिङ्गसलाई दिनेश चण्डिमाल र असेन बन्दाराले नटआउट ८५ रनको साझेदारी गर्दै गति दिएका थिए । चण्डिमालले ४६ बलमा तीन चौकाको मद्दतमा ५४ रन बनाए ।
३५ बलको सामना गरेका बन्दाराले तीन चौका र दुई छक्काको मद्दतमा ४४ रन बनाए ।

Continue Reading

Headline

बार्साको बोर्डमा फर्किए लापोर्टा, दिए मेस्सीलाई बिशेष सन्देश

wesportz

Published

on

क्लबमा व्याप्त संस्थागत र आर्थिक संकटबाट उकास्न बार्सिलोना सदस्यहरुले जोआन लापोर्टालाई नयाँ अध्यक्षमा निर्वाचित गरेका छन् । लापार्टोले नै बार्सिलोनाको भाग्यलाई चम्काउदै बिश्व फुटबलको एक सशक्त क्लब बनाउन प्रमुख भुमिका खेलेका थिए ।

सन् २००३ देखि २०१० सम्म सात बर्ष नेतृत्व सम्हालेका लापोर्टाले आइतबार भएको चुनावमा ५४ दशमलव २८ प्रतिशत मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्दी भिक्टर फन्टले २९ दशमलव ९९ र टोनी फ्रेक्जियाले ८ दशमलव ५८ प्रतिशत भोट ल्याएका थिए ।

गत अगष्टमा लियोनल मेस्सीले क्लब छोड्ने अथक प्रयास गर्दा उनको बिरुद्धमा रहेका सदस्यहरुबाट अविश्वासको प्रस्ताव आउने देखिएपछि अक्टोबरमा योसेप मारिया बार्तोमेउले राजीनामा दिएका थिए । ओसासुनालाई २–० ले पराजित गर्दै दोश्रो स्थानमा उक्लिएपछि मेस्सी लगायत अन्य धेरै खेलाडीहरुले मतदान गरेका थिए ।

५१ हजार ७ सय ६५ जना योग्य मतदाताहरु मध्ये ३० हजार १ सय ८४ ले लापोर्टाको पक्षमा मतदान गरेका थिए । जितपछि क्लब एन्थम गाँउदै स्याम्पेनका साथ खुशीयाली मनाएका लापोर्टाले आफ्नो भाषणमा मेस्सीको बिषयमा पनि बोलेका थिए ।

“२० बर्षअघि बार्साको युथ टिमका लागि २० बषिर्य लियो मेस्सी नाम गरेका सानो केटाले डेब्यु गरेका थिए । बिश्वकै उत्कृष्ट खेलाडी आज भोट गर्न आउदा के स्पष्ट हुन्छ भने मेस्सी बार्सालाई माया गर्छन् । म आशा गर्छु उनी सबैले चाहे जस्तै क्लबै रहनेछन्,” क्लबमा चार महिनाको मात्र सम्झौता बाकी रहेको मेस्सी बारे लापोर्टाले भने ।

लापोर्टाको यसअघिको कार्यकालमा बार्साले चार स्पेनिस ला लिगा र दुई च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

Continue Reading

Headline

२१ खेलपछि सिटीको म्यानचेस्टर डर्बीमा हार

wesportz

Published

on

म्यानचेस्टर डर्बीमा २–० को जित हात पार्दै सिटीको २१ खेलको बिजयी यात्रामा पूर्णबिराम लगाएपनि युनाइटेड व्यवस्थापक ओले गुनर सोल्सायरले आफू उपाधि नपछ्याइरहेको बताएका छन् ।

एतिहाद स्टेडियममा भएको डर्बी खेलमा पराजित हुँदा पनि सिटीसँग शिर्ष स्थानमा अझै पनि ११ अंकको स्पष्ट अग्रता रहेको छ । सिटी तेश्रो स्थानको लेस्टर भन्दा १२ र चेल्सीभन्दा १८ अंकले अगाडी रहेको छ ।

तर जुन तरिकाले रोक्नै असम्भव जस्तो देखिएको सिटीलाई युनाइटेडले उसकै घरमा हरायो, यसले सोल्सयारको टोलीलाई अबका खेलमा भने भरपुर आत्मबिश्वास भने दिनेछ ।

१४ जितसहित पछिल्लो २२ अवे लिग खेलमा अपराजित रहेको युनाइटेडले आफ्नो गतिबाट सिटीलाई अचम्ममा पार्दै ३० सेकेण्ड भित्रै पेनाल्टी पाएको थियो । ग्याब्रियल जिजसले एन्थोनी मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा फर्नान्डेजले गोल गरेका थिए ।

ल्युक स ले ५० औं मिनेटमा दोश्रो गोल गर्दा नोभेम्बर २१ मा टोटेन्ह्यामसँग २–० ले हरोयता सिटीले पहिलो पराजय व्यहोर्यो । पछिल्लो तीन खेलमा गोल गर्न नसकेको युनाइटेड निकै नै टाइट रहेको टप फोरको फाइटमा लेस्टरलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिएको हो ।

उनीहरु यति अगाडी छन् की अहिले आफ्नो खेल जित्दै गत बर्षभन्दा राम्रो खेल्ने बाहेक अरु केही सोच्नै सकिदैन । हामी गत सिजन तेश्रो स्थानमा थियौं र निश्चयपनि यो सिजन त्यो भन्दा राम्रो गर्न चाहन्छौं, सोल्सायरले खेलपछि भने ।

आइतबार नै ग्यारेथ बेल र ह्यारी केनले दुई–दुई गोल गरेपछि स्पर्स क्रिष्टल प्यालेसलाई ४–१ ले हराउदै छैटौं स्थानमा उक्लियो । बेललाई दुवै गोलका लागि केनले असिस्ट गरेका थिए ।

Continue Reading
Headline3 hours ago

बि डिभिजन: रेलिगेसनमा रहेको पुलचोकको पहिलो जित

Headline6 hours ago

सोमपालको उत्कृष्ट ब्याटिङ्गमा आर्मीको सहज जित

Headline7 hours ago

अपराजित हुँदै च्याम्पियन बन्ने सातदोबाटोको लक्ष्यमा मध्यपुर तगारो

Headline8 hours ago

आर्मीलाई १५६ रनको सामान्य लक्ष्य

Headline10 hours ago

एलेको कसिलो बलिङ्ग सशक्त ब्याटिङ्गमा वेष्ट इण्डिजलाई श्रृंखला

Headline14 hours ago

बार्साको बोर्डमा फर्किए लापोर्टा, दिए मेस्सीलाई बिशेष सन्देश

Headline14 hours ago

२१ खेलपछि सिटीको म्यानचेस्टर डर्बीमा हार

Headline22 hours ago

बेन्जेमाको गोलले मड्रिड डर्बीमा पराजित हुनबाट बच्यो रियल

Headline1 day ago

जेराडको रेन्जर्स स्कटिश लिग च्याम्पियन

Headline1 day ago

‘म्यानचेस्टर युनाइटेड फर्नानडेजमा मात्रै निर्भर छ’

Headline3 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline6 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline10 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline6 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline6 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline9 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline5 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline9 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline7 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending