Headline

सरस्वती कप्तान म्याच फिक्सिङ्गको आरोपमा दुई बर्ष प्रतिबन्धित

Published

on

सरस्वती युवा क्लबका कप्तान दिपेश श्रेष्ठलाई एन्फाको अनुशासन समितिले दुई बर्षको प्रतिबन्ध लगाएको छ ।

एन्फाको अनुशासन समितिले शहीद स्मारक ए डिभिजन लिगका दौरान हिमालयन शेर्पासँगको खेलको दौरान प्रतियोगिता नियमावली २१ (७) बिपरित कार्य गरेको भन्दै दुई बर्ष प्रतिबन्ध र ५० हजार रुपैया जरिवान गरेको बताएको छ ।

लिगको प्रतियोगिता नियमावली २१ (७) मा क्लब र खेलाडीहरुबीच मिलेमतो भएको सम्बन्धमा सम्बन्धित क्लबबाट उजुरी परेको अवस्थामा वा संघ आफैले छानविन गर्दा मिलेमतो भएको ठहर भएमा सो खेलाडीलाई आर्थिक जरिवानका साथै देशको प्रचलित कानुन तथा फिफा र एएफसी को नियमानुसार कारबाही हुनेछ भनेर लेखिएको छ ।

सोही खेलकै दौरान हिमालयन शेर्पा क्लबका गोलकिपर प्रशिक्षक मिन बहादुर बस्नेतलाई पनि त्यहि नियमावली बिपरित कार्य गरेको भन्दै एक पटकका लागि सुध्रने मौका दिईएको भन्दै चेतावनी दिएको छ । यस्तै हिमालयन शेर्पाका टिम व्यवस्थापक बिजेन्द्र पुडासैनीलाई पनि तीन महिना प्रतिबन्ध र ३० हजार रुपैया जरिवाना लगाइएको छ ।

एन्फाले म्याच फिक्सिङ्ग सम्बन्धमा अनुशासकीय कारवाही गरेको यो पहिलो पटक हो । उक्त खेलमा सरस्वती शंकास्पद रुपले ४–३ ले बिजयी भएको थियो भने खेलकै दौरान म्याच फिक्सिङ्ग भएको आशंका गरिएको थियो । सरस्वती रेलिगेट हुदै बि डिभिजनमा झर्न पुगेको थियो ।

हिमालयन शेर्पा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र सरस्वती उपाध्यक्ष शिक्षित पराजुलीको क्लब हो । दुवै पदाधिकारी आ–आफ्नो क्लबका अध्यक्ष हुन् ।

Click to comment

Trending