Headline
ए डिभिजन लिगमा म्याच फिक्सिङको गन्ध ?
Published
5 years agoon
By
wesportzगौरव फुयाल, ललितपुर
मङ्गलबार शहीद स्मारक ए डिभिजन लिगको आठौँ चरणमा लिगको अन्तिममा रहेको सरस्वती युवा क्लबले हिमालयन शेर्पासँग खेल्दै थियो । पछिल्लो ८ खेलमा मात्र दुई गोल गरेको सरस्वती र उपाधी दाबेदार मच्छिन्द्र क्लबलाई २–० स्तब्ध पारेको शेर्पाबीचको भिडन्त अचम्मैसँग जारी लिगकै हाइ स्कोरिङ्ग खेल भयो ।
त्यसअघि बराबरीबाट एक अंक मात्र बटुलेको सरस्वती सबैले टाउको नै कन्याउनु पर्ने गरि ४–३ को जित रच्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो । लिगको शुरुवात अघि ठूला क्लबका प्रशिक्षकहरुले पनि लिगमा यो टिम बलियो र यो कमजोर भन्न मिल्दैन भनेका थिए । तर बिश्लेषक शैलीमा हेर्ने हो भने शेर्पा सरस्वतीको तुलनामा निकै बलियो टोली हो – शरिरिक, मानसिक र रणनैतिक हिसाबले ।
लिग दौरान मैदानमा निर्धारित समय मात्र गरेर ७ सय २० मिनेट बिताइसक्दा दुई गोलमात्र गरेको सरस्वतीले त्यही बलियो शेर्पालाई चार गोल ठोक्नु लिगलाई नजिकबाट नियालेका दर्शक र मिडियाले शंकाको बिषय मान्नु जायज नै छ । सरस्वतीले चार गोल गरेर मात्र होइन, शेर्पाले गोल खाएको पनि धेरैलाई नपचेको हो । खेलमा भएका सबै गोल सेट पिसमै भएका छन्, या त फल पछिको फ्रि किकमा अथवा कर्नरमा ।
पहिलो हाफमा २–२ गोलको बराबरीपछि धेरै गोल हेर्न पाइयो भनेर दङ्ग परेका दर्शकको मनमा दोश्रो हाफको अन्त्यतिर भने चिसो पस्न थाल्यो जब ८४ औँ मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई ३–२ को अग्रता दिलाए ।
बुसारीको क्रसलाई बिचमै रोक्दै शेर्पाका डिफेन्डर आशिष गुरुङ आफ्नै कर्नरतर्फ बल हान्दै डिफेण्ड गर्छन् । कर्नर बलमा बुसारी हेडिङ्ग गर्न अघि बढ्छन् र गोलरक्षक किशोर गिरीले कुनै पनि प्रतिक्रिया नदिदा सहजै गोल हुन्छ । गोल गरेको भन्दा भनि गोल हुन दिएको स्पष्ट देखिन्थ्यो ।
त्यसपछिका थप दुई गोल पनि कम रोचक छैनन् ।
खेलको छैठौ तथा सरस्वतीको अन्तिम गोल यू–१९ टिमका मनिष थापाले गर्दा उनी करिब ४५ यार्डमा बल आफ्नो नियन्त्रणमा लिन्छन् र तिर्थ बहादुर बस्नेतलाई दिन्छन् । तिर्थ डि बक्स बाहिरै मनिषलाई पास दिन्छन् । मनिष शेर्पाका तीन डिफेन्डर र गोलरक्षक गिरीलाई बिट गर्दै डि बक्स भित्रबाट अत्यन्तै सहज गोल गर्छन् ।
मच्छिन्द्रलाई रोक्न सफल शेर्पाको रक्षापक्तिले मनिषलाई रोक्नका लागि न त अफसाइड ट्रयाप राख्यो न त मर्किङ नै ग¥यो । सबैको लागि मिलोमतोको गन्ध फैलिनु स्वभाविक नै थियो ।
अन्तिम गोलपनि छलफल गर्न योग्य नै छ । थपिएको पाँच मिनेटको इन्जुरी समयमा शेर्पाले फ्रि किक पाउने बित्तिकै एक दर्शक प्याराफिटबाटै चिच्याउछन्ः “यो त हन्ड्रेड पर्सेन्ट (शत प्रतिशत) गोल हुन्छ ।” शेर्पाका रवी थापा फ्रिकिका लागि जान्छन् । रविले ३५ यार्ड भन्दा टाढाबाट गरेको प्रहारले आरामसँग जाली चुम्छ । सरस्वतीका गोलरक्षक बिष्णु कुमार केसीले अप्रत्यासित रुपमा बल रोक्न गरेको सुस्त प्रयास । उनी निकै लेट डाईभ हान्छन् र बल भित्र छिरिसकेको हुन्छ ।
बिष्णुमा अनुभवको कमि हुन सक्छ । तर आठ खेलमा पोस्ट सम्हालेका प्रदिप भण्डारीको स्थानमा सरस्वतीले प्रतियोगिताको निकै महत्वपूर्ण चरणमा किन अनुभव बिहिन बिष्णुलाई खेलाउन पुग्यो ?
खेल सकिए लगतैको पोस्ट म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षकले म्याच फिक्सिङ नभएको दाबी गरे । सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले आफ्नो टिमलाई ३ अंक आवश्यक रहेको र दिएको हौसलाका कारण राम्रो खेलेको दाबी गर्छन् । शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकी मिलोमतोबारे थाहा पाउने जिम्मा मिडियाकै रहेको बताउछन् ।
दुई टिमबीचको खेल बारे लिग निर्देशक संजिब मिश्र भन्छन्: “खेलाडीको गोल गर्ने तरिका र हाउभाउले केही शंका देखिएको छ । त्यसको इन्टिग्रिटी अफिसरले अनुसन्धान गर्नेछन् । यसलाई स्पष्ट रुपमा दाबी गर्न त सकिदैन । हामी भिडियो फुटेजको आधारमा हेर्नेछौ अनी त्यसको अनुसन्धान अगाडी बढाउनेछै ।”
इन्टिग्रिटी अफिसर सुदिप आचार्यबाट घटनाको जानकारी लिन खोज्दा उनी उपस्थित हुन चाहेनन् ।
हिमालयन शेर्पा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको क्लब हो । उनी त्यहा पनि अध्यक्ष पदमै आसिन छन् । सरस्वतीका अध्यक्ष एन्फा उपाध्यक्ष शिक्षित पराजुली हुन् । यस्तो स्थितीमा एन्फाले खेललाई अनुसन्धानको दायरामा ल्याउला की नल्याउला कसैले भन्न सक्दैन ।
स्पष्ट के छ भने नेपाली घरेलु लिगमा म्याच फिक्सिङ्गको शंका लामै समयदेखि नै चल्दै आएको छ । यसअघि भएका लिगहरुमा पनि रेलिगेसन बच्नका लागि धेरै पटक नै फिक्सिङ्ग भएको दाबी गर्नेहरु धेरै छन् । यसमा अनुसन्धान नहुनु प्रमाणको अभाव भनिएपनि मुख्य कारण एन्फा गम्भिर नहुनु नै हो ।
एन्फाले म्याच फिक्सिङ्ग हुन नदिनका लागि इन्टिग्रिटी अफिसरको नेतृत्वमा कमिटी बनाएको त छ तर यसले आफूले अनुसन्धान गरेको र त्यसको परिणाम अहिलेसम्म पनि बाहिर निकालेको छैन ।
न नेपालको घरेलु फुटबल कसैले सोच्नै नसक्ने गरि सफा नै रहेको हो की ?
तस्विर सौजन्यः एन्फा
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
1 Comment
Leave a Reply
Cancel reply
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
Pingback: सरस्वती कप्तान म्याच फिक्सिङ्गको आरोपमा दुई बर्ष प्रतिबन्धित – Talking Sports