Headline

के गदैछ बर्सिलोनाको प्रख्यात २००३ को ला मसिया टोली ?

Published

on

स्पेनिस फुटबल महारथी धेरै कुराको लागि प्रख्यात छ र त्यो मध्ये एक हो उसको प्रख्यात ला मासिया एकेडेमी । ला मासियाबाटै लिओनेल मेस्सी, जावी, कार्लेस पुयोल र पेप गार्डिओला जस्ता खेलाडीहरु बार्साको युवा टोलीका लागि एक समय सँगै खेल्ने गर्दथे ।

म्यानचेस्टर युनाइटेडको प्रसिद्ध “क्लास अफ नाइन्टी टु” संसारकै उत्कृष्ट एकेडेमीको रुपमा स्थापित हुने पुगेको चर्चा ब्यापक थियो । तर के तपाईं पत्याउनु हुन्छ यदी हामीले बर्सिलोनाको यो २००३ को अण्डर–१५ टोलीले म्यानचेस्टर युनाइटेडको प्रसिद्ध “क्लास अफ नाइन्टी टु” लाई उपाधीको लागि चुनौती दिएको थियो भन्दा ? यही टोली जसले विश्वमा आफ्नो छुटै पहिचान बनाएको थियो ति खेलाडीहरु के गर्दै होलान् त ?

ड्यानी प्लान्चेरिया

गोलकिपर प्यानचेरियाले आफ्नो करियरको अधिकांश समय स्पेनको तल्लो लिगमा बिताए । ला मासिया छोडे पछि उनी बर्सिलोना फर्कन चाहेनन् । उनले बार्सिलोना बी टीमका लागि ग्वार्डियोलासँग खेलेका थिए । त्यो पनि उनीहरूलाई स्पेनको तेस्रो श्रेणीमा पदोन्नति गराउन । धेरै कम लिग क्लबहरूमा सम्मिलित हुनु अघि उनको करियरले उचाइ लिन सकेन । प्लान्चेरियाले भर्खरै सन्यास लिएका हुन् ।

होजे हिनोजोसा

हिनोजोसा बार्सिलोना स्टार फाब्रेगासका रुम पार्टनर थिए । उनले आफ्नो फुटबल कारीयरलाई कहिल्यै व्यवसायिक बनाएनन् । बरु उनी क्याटालोनियामा युवा फुटबलरहरुको प्रशिक्षक छन् भने स्थानीय अमेच्योर क्लब मार्टिनेंकका लागि खेल्छन् ।

जेरार्ड पिके

पिकेले बार्सिलोनाका लागि ५७२ खेल खेलिसकेका छन् । उनले आफ्नो जीवनको चार वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएका थिए । उनले सोच्न सक्ने जति हरेक सम्मान जितेका छन् –विश्वकप, युरोपियन च्याम्पियनसिपको दुई संस्करण, च्याम्पियन्स लिग र ला लिगाका धेरै उपाधिहरु पनि ।

मार्क भेलिएन्ते

भेलिएन्ते एक प्रभावशाली डिफेन्डर थिए र युवा स्तरमा बार्साका कप्तान पनि । तर पहिलो टोलीका लागि भने उनले केवल एक खेल मात्र खेले । उनले अरू कतै सफलता फेला पारे भने ती थिए सेभिया र रियल भालाडोलिडका लागि । २०१९ मा स्पोर्टिंग गिजोनमा अवद्ध भएका उनी अहिले त्यही खेल्दै छन् ।

सेस फाब्रिगास

फाब्रिगास पनि ला मासिया एकेडेमीको सबैभन्दा ठूलो मध्येको एक नाम बन्न पुगे । बार्सा छोडेपछि उनले आफूलाई आर्सेनलमा विश्वका सर्वश्रेष्ठ मिडफिल्डर मध्ये एकको रुपमा स्थापित गरे, त्यो पनि ला लिगा जित्नको लागि क्याम्प नउ फर्कनु भन्दा पहिले । त्यसपछि उनी इङ्गल्यान्ड फर्किए, चेल्सीका लागि खेल्न । चेल्सीका लागि इङ्गलिस प्रिमियर लिग पनि जित्दै उनी फ्रेञ्च क्लब मोनाको पुगे ।

रोजर गिरीबेट

अप्रत्याशित रूपमा गिरीबेटले बार्साका लागि लागि मेस्सीसँग एकै दिन अनुबन्धन भएका थिए । दुःखको कुरा, उनको क्यारियरले मेस्सीसँग मेल नै खान सकेन । यी डिफेन्डरले बार्साको पहिलो टिममा स्थान बनाउन सकेनन् र प्लान्चेरियाले जस्तै आफ्नो क्यारियरको अधिकांश सयम तल्लो श्रेणीमै बिताए । गिरिबेट हाल स्पेनको क्षेत्रीय छैटौं श्रेणीमा खेल्ने गर्छन् ।

फ्रान्क सोंगोे

सोंगोले क्यामप नउमा कहिले आफ्नो स्थान बनाएनन् तर उनले २००५ मा पोर्टस्माउथ जादै प्रिमियर लिगमा खेले । लोनमा बर्नमाउथ, प्रेस्टन, क्रिष्टल प्यालेस र सेफिल्ड वेन्स्डेमा जानुअघि उनले पोर्टसमाउथका लागि दुई सिजन खेले । सोंगोले कहिल्यै इङ्गिलिस फुटबलमा भिझ्न सकेनन् । अमेरिकाको मेजर लिग सकर टिम पोर्टल्याण्ड टिम्बरर्सबाट २०१४ मा सन्यास लिनुअघि उनले केही समय स्पेनको रियल जारागोजा र अल्बासेटमा लोनमा खेलेका थिए ।

जुलियो डे डियस मोरेनो

उनी अर्का मिडफिल्डर हुन् जो कहिल्यै शिर्ष टोलीमा परेनन् । २० बर्षको हुँदा बार्सा छोडेपछि मोरेनोले स्पेनको ९ वटा तल्लो श्रेणीको टिमबाट खेलेका थिए । हुवेस्काको बैकल्पिक एसडी इयासँग खेलिरहेका उनी धेरै जसो बार्सिलोनाको बि टिम बिरुद्ध खेल्न उत्रने गर्छन् ।

लिओनेल मेस्सी

के हामीले वास्तवमा मेस्सीको बारेमा केहि भन्नु आवश्यक होला त ? उनी सर्वकालीन महान फुटबलर भैसकेका छन् । उन्ले यस्तो विरासत बनाएका छन् जुन फुटबल इतिहासमा सधै लागि अमर रहनेछ । ६ बालोन डी ओर, ३५ ट्रफी र ६३७ गोल । ला मासियाबाट बार्साको पहिलो टिमका उनले ६२६ खेल खेलिसकेका छन् । बार्साले उनी जस्तो खेलाडी शायद अब कहिले पनि देख्ने छैन ।

युजेनियो पिटु

पिटु अर्को प्रभावशाली युवा खेलाडी थिए जसले पहिलो टिममा सफलता चाख्न सकेनन् । उनी क्याटलोनिया छोडेर मायोर्काको बि टिमका साथै अन्य पाँच वटा तल्लो श्रेणीका क्लबहरुबाट खेल्न पुगेका थिए । उनी अहिले सेर्डनियोलामा आफ्नो दोस्रो सिजनमा चलिरहेका छन् । सेर्डनियोल स्पेनको चौथो श्रेणीको क्लब हो ।

जुआन्जो क्लाउसी

क्लाउसी मेस्सी र फाब्रेगासको उपस्थितिमै बार्साको युवा टोलीका लागि सबै सेट–पिसहरू लिने गर्दथे । यसको चर्चा पछि दुवै खेलाडी महानतातर्फ अग्रसर हुदा चल्ने गर्दथ्यो । उनी एउटै क्लबमा कहिल्यै बस्न सकेनन् । उनको बानी नै क्लब चाहर्ने भईसक्यो । अहिले सम्म १५ वटा क्लबबाट खेलीसकेका उनी टुरिस्ट फुटबलरको रुपमा चर्चित छन् । क्लाउसी अहिले चौथो श्रेणीमा पटेर्नाबाट खेल्ने गर्छन् ।

Click to comment

Trending