Connect with us

Headline

के गदैछ बर्सिलोनाको प्रख्यात २००३ को ला मसिया टोली ?

wesportz

Published

on

स्पेनिस फुटबल महारथी धेरै कुराको लागि प्रख्यात छ र त्यो मध्ये एक हो उसको प्रख्यात ला मासिया एकेडेमी । ला मासियाबाटै लिओनेल मेस्सी, जावी, कार्लेस पुयोल र पेप गार्डिओला जस्ता खेलाडीहरु बार्साको युवा टोलीका लागि एक समय सँगै खेल्ने गर्दथे ।

म्यानचेस्टर युनाइटेडको प्रसिद्ध “क्लास अफ नाइन्टी टु” संसारकै उत्कृष्ट एकेडेमीको रुपमा स्थापित हुने पुगेको चर्चा ब्यापक थियो । तर के तपाईं पत्याउनु हुन्छ यदी हामीले बर्सिलोनाको यो २००३ को अण्डर–१५ टोलीले म्यानचेस्टर युनाइटेडको प्रसिद्ध “क्लास अफ नाइन्टी टु” लाई उपाधीको लागि चुनौती दिएको थियो भन्दा ? यही टोली जसले विश्वमा आफ्नो छुटै पहिचान बनाएको थियो ति खेलाडीहरु के गर्दै होलान् त ?

ड्यानी प्लान्चेरिया

गोलकिपर प्यानचेरियाले आफ्नो करियरको अधिकांश समय स्पेनको तल्लो लिगमा बिताए । ला मासिया छोडे पछि उनी बर्सिलोना फर्कन चाहेनन् । उनले बार्सिलोना बी टीमका लागि ग्वार्डियोलासँग खेलेका थिए । त्यो पनि उनीहरूलाई स्पेनको तेस्रो श्रेणीमा पदोन्नति गराउन । धेरै कम लिग क्लबहरूमा सम्मिलित हुनु अघि उनको करियरले उचाइ लिन सकेन । प्लान्चेरियाले भर्खरै सन्यास लिएका हुन् ।

होजे हिनोजोसा

हिनोजोसा बार्सिलोना स्टार फाब्रेगासका रुम पार्टनर थिए । उनले आफ्नो फुटबल कारीयरलाई कहिल्यै व्यवसायिक बनाएनन् । बरु उनी क्याटालोनियामा युवा फुटबलरहरुको प्रशिक्षक छन् भने स्थानीय अमेच्योर क्लब मार्टिनेंकका लागि खेल्छन् ।

जेरार्ड पिके

पिकेले बार्सिलोनाका लागि ५७२ खेल खेलिसकेका छन् । उनले आफ्नो जीवनको चार वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएका थिए । उनले सोच्न सक्ने जति हरेक सम्मान जितेका छन् –विश्वकप, युरोपियन च्याम्पियनसिपको दुई संस्करण, च्याम्पियन्स लिग र ला लिगाका धेरै उपाधिहरु पनि ।

मार्क भेलिएन्ते

भेलिएन्ते एक प्रभावशाली डिफेन्डर थिए र युवा स्तरमा बार्साका कप्तान पनि । तर पहिलो टोलीका लागि भने उनले केवल एक खेल मात्र खेले । उनले अरू कतै सफलता फेला पारे भने ती थिए सेभिया र रियल भालाडोलिडका लागि । २०१९ मा स्पोर्टिंग गिजोनमा अवद्ध भएका उनी अहिले त्यही खेल्दै छन् ।

सेस फाब्रिगास

फाब्रिगास पनि ला मासिया एकेडेमीको सबैभन्दा ठूलो मध्येको एक नाम बन्न पुगे । बार्सा छोडेपछि उनले आफूलाई आर्सेनलमा विश्वका सर्वश्रेष्ठ मिडफिल्डर मध्ये एकको रुपमा स्थापित गरे, त्यो पनि ला लिगा जित्नको लागि क्याम्प नउ फर्कनु भन्दा पहिले । त्यसपछि उनी इङ्गल्यान्ड फर्किए, चेल्सीका लागि खेल्न । चेल्सीका लागि इङ्गलिस प्रिमियर लिग पनि जित्दै उनी फ्रेञ्च क्लब मोनाको पुगे ।

रोजर गिरीबेट

अप्रत्याशित रूपमा गिरीबेटले बार्साका लागि लागि मेस्सीसँग एकै दिन अनुबन्धन भएका थिए । दुःखको कुरा, उनको क्यारियरले मेस्सीसँग मेल नै खान सकेन । यी डिफेन्डरले बार्साको पहिलो टिममा स्थान बनाउन सकेनन् र प्लान्चेरियाले जस्तै आफ्नो क्यारियरको अधिकांश सयम तल्लो श्रेणीमै बिताए । गिरिबेट हाल स्पेनको क्षेत्रीय छैटौं श्रेणीमा खेल्ने गर्छन् ।

फ्रान्क सोंगोे

सोंगोले क्यामप नउमा कहिले आफ्नो स्थान बनाएनन् तर उनले २००५ मा पोर्टस्माउथ जादै प्रिमियर लिगमा खेले । लोनमा बर्नमाउथ, प्रेस्टन, क्रिष्टल प्यालेस र सेफिल्ड वेन्स्डेमा जानुअघि उनले पोर्टसमाउथका लागि दुई सिजन खेले । सोंगोले कहिल्यै इङ्गिलिस फुटबलमा भिझ्न सकेनन् । अमेरिकाको मेजर लिग सकर टिम पोर्टल्याण्ड टिम्बरर्सबाट २०१४ मा सन्यास लिनुअघि उनले केही समय स्पेनको रियल जारागोजा र अल्बासेटमा लोनमा खेलेका थिए ।

जुलियो डे डियस मोरेनो

उनी अर्का मिडफिल्डर हुन् जो कहिल्यै शिर्ष टोलीमा परेनन् । २० बर्षको हुँदा बार्सा छोडेपछि मोरेनोले स्पेनको ९ वटा तल्लो श्रेणीको टिमबाट खेलेका थिए । हुवेस्काको बैकल्पिक एसडी इयासँग खेलिरहेका उनी धेरै जसो बार्सिलोनाको बि टिम बिरुद्ध खेल्न उत्रने गर्छन् ।

लिओनेल मेस्सी

के हामीले वास्तवमा मेस्सीको बारेमा केहि भन्नु आवश्यक होला त ? उनी सर्वकालीन महान फुटबलर भैसकेका छन् । उन्ले यस्तो विरासत बनाएका छन् जुन फुटबल इतिहासमा सधै लागि अमर रहनेछ । ६ बालोन डी ओर, ३५ ट्रफी र ६३७ गोल । ला मासियाबाट बार्साको पहिलो टिमका उनले ६२६ खेल खेलिसकेका छन् । बार्साले उनी जस्तो खेलाडी शायद अब कहिले पनि देख्ने छैन ।

युजेनियो पिटु

पिटु अर्को प्रभावशाली युवा खेलाडी थिए जसले पहिलो टिममा सफलता चाख्न सकेनन् । उनी क्याटलोनिया छोडेर मायोर्काको बि टिमका साथै अन्य पाँच वटा तल्लो श्रेणीका क्लबहरुबाट खेल्न पुगेका थिए । उनी अहिले सेर्डनियोलामा आफ्नो दोस्रो सिजनमा चलिरहेका छन् । सेर्डनियोल स्पेनको चौथो श्रेणीको क्लब हो ।

जुआन्जो क्लाउसी

क्लाउसी मेस्सी र फाब्रेगासको उपस्थितिमै बार्साको युवा टोलीका लागि सबै सेट–पिसहरू लिने गर्दथे । यसको चर्चा पछि दुवै खेलाडी महानतातर्फ अग्रसर हुदा चल्ने गर्दथ्यो । उनी एउटै क्लबमा कहिल्यै बस्न सकेनन् । उनको बानी नै क्लब चाहर्ने भईसक्यो । अहिले सम्म १५ वटा क्लबबाट खेलीसकेका उनी टुरिस्ट फुटबलरको रुपमा चर्चित छन् । क्लाउसी अहिले चौथो श्रेणीमा पटेर्नाबाट खेल्ने गर्छन् ।

Headline

प्रिमियर लिग: साताकै ठुलो खेलमा लिभरपुल र आर्सनल भिड्दै

wesportz

Published

on

इङ्गलिस प्रिमियर लिगको तेस्रो चरणको अन्तिम खेलमा सोमबार साविक बिजेता लिभरपुल र आर्सनल भिड्दै छन् ।

लिभरपुल र अर्सनल दुवैले दुई खेल जितिसकेका छन् । राम्रो लयमा रहेको दुवै टोलीका लागि सोमबार उनीहरुको सिजन कस्तो हुने निर्धारण गर्न सक्छ, बिशेषगरि चेल्सीलाई हराइसकेको लिभरपुलका लागि ।

लिभरपुल बलियो टोली मानिए पनि आर्सनलले जुलाईमा भएको कम्युनिटी सिल्डमा उसलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो । आफ्नो घर एन्फिल्डमा भने लिभरपुल पछिल्ला ६० खेलमा अपराजित रहदै आएको छ ।

आर्सनल व्यवस्थापक मिकेल आर्टेटाका अनुसार पनि उनको टोलीले लिभरपुललाई एन्फिल्डमा हराउनु एउटा ठुलो उपलब्धी हुनेछ ।

लिभरपुलले नयाँ खेलाडी थिआगो अलकान्टरा र प्रमुख गोलकिपर एलिसन बेकरलाई चोटका कारण गुमाएको छ । आर्सनलका लागि कप्तान पिएरे-एमेरिक औबामेयाङको उपस्थिती महत्वपूर्ण रहने छ ।

आज खेल जितेको खण्डमा एक टोली अंक तालिकाको शिर्ष स्थानमा जाने पक्का छ । खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुने छ ।

यो पनि पढ्नु होस् :लिभरपुल र आर्सनल भिड्दा परिणाम निर्धारण गर्ने तीन प्रमुख लडाई

Continue Reading

Headline

एनबिए उपाधिको लागि लेकर्स र हिटको टक्कर

wesportz

Published

on

ठ्याक्कै एक बर्ष अगाडी जिमी बट्लर मायामी हिटको जिममा पुगे, त्यहा बनाइएको अस्थायी स्टेजको सिटमा बसे र भनेः म यो टिमको उपाधि यात्राको एक हिस्सा बन्न चाहन्छु ।

एक बर्षपछि त्यो मौका पाए ।

हिट यो सिजन इस्टर्न कन्फेरेन्स जित्दै एनबिए फाइनल्समा पुग्यो । हिटले सबैलाई अचम्म पारेको होला तर आफैलाई भने होइन । बाम एडिबायोले आफ्नो सिजनको सर्वाधिक ३२ पोइन्ट स्कोर गर्दै १४ रिबाउण्ड लिए भने बट्लरले २२ अंकको योगदान गर्दा हिटले इस्टर्नन कन्फेरेन्सको गेम सिक्समा बोस्टन सेल्टिक्सलाई १२५–११३ ले हरायो ।

सात खेलको सिरिज हिटले ४–२ ले आफ्नो पक्षमा पार्यो । यो सिरिज गेम सेभेनसम्म तन्किएन । फाइनल्समा अब हिटले लेब्रन जेम्सको लस एन्जलस लेकर्सको सामना गर्नेछ । गेम वान बुधबार राति हुनेछ ।

सिजन भर उत्कृष्ट प्रदर्शन गरेका टाइलर हेरोले पनि हिटका लागि १९ अंकको योगदान दिए भने डन्कन रोबिन्सन र आन्द्रे इगेडालाले समान १५ अंक बटुले । गोराना ड्राजिचले १३ पोइन्ट स्कोर गरे । हामी फाइनल्सको हकदा थियौं, ड्राजिचले भने ।

सेल्टिक्सका लागि जेलन ब्राउनले २६ अंक स्कोर गरेका थिए भने जेसन टाटमले २४ अंकका साथै ११ असिस्ट पनि गरे । तर सेल्टिक्स अन्तिम क्वार्टरमा चुक्न पुगेको थियो । सेल्टिक्सले अन्तिम क्वार्टरको शुरुवातमा ६ अंकको अग्रता बनाएको थियो । हेरोले त्यसपछि ६ मध्ये पाँच पोइन्ट लिदा खेल ९६–९६ को बराबरीमा आयो ।

सेल्टिक्सले त्यसपछि पनि अग्रता बनायो तर एडिबायोले दुवै पटक बराबरी गरे । दोश्रो पटक एडिबायोले खुशीयाली नै बनाए । हिटले खेलमा पकड जमाइसकेको सोचेको थियो र त्यसपछि कुनै पनि समय पछि परेन ।

लगातार स्कोर गर्दै १० अंकको अग्रता लिएपछि बट्लरको अर्को ले अप ले हिट ११६–१०२ ले अघि बढ्यो । हिटको बेञ्च खेल जितिसकेकोमा ढुक्क थियो । त्यसपछि खेलमा औपचारिकता मात्र बाकी रह्यो ।

Continue Reading

Headline

युरोपियन राउण्ड अपः बार्साको फराकिलो जितमा फातीको दुई गोल, रोनाल्डोले युभेन्टसलाई हारबाट जोगाए

wesportz

Published

on

अंसु फातीले दुई गोल गरेपछि स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा बार्सिलोनाले भिलारियालमाथि ४–० को फराकिलो जित दर्ता गरेको छ ।

लियोनल मेस्सीको क्लब छोड्ने असफल प्रयास भएको पहिलो खेलमा अर्जेन्टाइन सुपरस्टारले पनि बार्साको लागि एक गोल गरेका थिए । क्याम्प नोउमा फातीले १५ र १९ औं मिनेटमा गोल गर्दै बार्सालाई २–० को अग्रता दिलाएका थिए ।

३५ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता फराकिलो पारे । ४५ औं मिनेटमा पउ टोरेसको आत्मघाती गोल गरेपछि बार्साले पहिलो हाफमै चार गोल गरेको थियो ।

ला लिगा अन्तर्गत आइतबार नै भएको अन्य खेलमा युरोपा कप च्याम्पियन सेभियाले काडिजलाई ३–१ ले हरायो भने लेभान्तले ओसासुनालाई उही गोल अन्तरले पराजित गर्यो । यस्तै एथ्लेटिक बिल्बाओले आइबारमाथि २–१ को जित हात पार्यो भने सेल्टा भिगो र रियल भालाडोलिडले १–१ गोलको बराबरी खेलेका थिए ।

रोनाल्डोको दुई गोलमा युभेन्टस जोगियो

क्रिष्चियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन सिरी आ च्याम्पियन युभेन्टस एएस रोमासँग हारबाट जोगियो । पहिलो खेलमा साम्पडोरियामाथि ३–० को फराकिलो जित हात पार्दै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोलाई उत्कृष्ट शुरुवात दिलाएको युभेन्टस आइतबार २–२ गोलको बराबरीमा रोकियो ।

घरेलु मैदानमा भएको खेलमा जोर्डन भेरेटुटले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई ३१ औं मिनेटमै अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा रोनाल्डोले पनि पेनाल्टीबाटै युभेन्टसलाई खेलमा फर्काएका थिए । भेरेटुटले दोश्रो गोल गरेपछि रोमाले पहिलो हाफको अन्त्यतिर पुन अग्रता पाएको थियो ।

६९ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गर्दै युभेन्टसको उद्दार गरेका थिए । युभेन्टसको प्रतिद्वन्दी नापोलीले भने जेनाआमाथि ६–० को बिशाल जित हात पार्यो । नापोलीको यो लगातार दोश्रो जित हो । हर्भिङ्ग लोजानोको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाएको नापालीले दोश्रो हाफमा गोलको बर्षा गरेको थियो ।

उसका लागि पियोटर जिल्सिन्की, ड्रायस मेर्टेन्स, लोजानो, एल्इफ एल्मास र मातियो पोलिटानोले दोश्रो हाफमा थप गोल गरेका थिए । यस्तै एसि मिलानले पनि क्रोटोनलाई २–० ले हराउदै लगाता दोश्रो जित हात पार्यो ।

Continue Reading
IPL 20207 hours ago

सुपर ओभर मुम्बई माथि बेंगलोरको सनसनीपूर्ण जित 

IPL 20209 hours ago

मुम्बईलाई बेंगलोरको विशाल लक्ष्य 

IPL 202011 hours ago

मुम्बई विरुद्ध पहिले ब्याटिङ गर्दै बेंगलोर

IPL 202013 hours ago

आईपीएलमा आज बिराट भर्सेस रोहित

Headline15 hours ago

प्रिमियर लिग: साताकै ठुलो खेलमा लिभरपुल र आर्सनल भिड्दै

Headline20 hours ago

एनबिए उपाधिको लागि लेकर्स र हिटको टक्कर

Headline24 hours ago

युरोपियन राउण्ड अपः बार्साको फराकिलो जितमा फातीको दुई गोल, रोनाल्डोले युभेन्टसलाई हारबाट जोगाए

IPL 20201 day ago

राजस्थानको पन्जाब माथि रोमान्चक जित 

Headline1 day ago

सबै उपाधि जित्ने लक्ष्य राखेको सिटीलाई भार्डीको ह्याट्रिक

Headline1 day ago

एट्लेटिकोको लागि पहिलो खेलमै सुवारेजको दुई गोल

Headline2 weeks ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline5 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline1 week ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline4 weeks ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline4 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline3 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline1 month ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Headline2 months ago

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Headline4 months ago

बिपरित ध्रुवका बार्सिलोना र रियल म्याड्रिड अहिले एकै सिक्काका दुई पाटा

Headline10 months ago

लाम्पार्डको आगमनसँगै बदलिएको चेल्सी

Trending