Headline

प्रिमियर लिगमा लिभरपुलको दुर्लभ संघर्ष

Published

on

यो सिजन इङ्गलिस प्रिमियर लिगमा मुस्किलले संघर्ष गरेको लिभरपुलले सोमबार रातिको रोमाञ्चक खेलमा पुनरागमन गर्दै वेष्ट ह्यामलाई पराजित गरेको छ ।

एन्फिल्डमा भएको खेलमा वेष्ट ह्यामले ६७ औं मिनेटसम्म २–१ को अग्रता कायम गरेको थियो । तर मोहम्मद सलाह र सादिओ मानेले गोल गरेपछि लिभरपुलले ३–२ को जित हात पार्यो । जितपछि लिभरपुल प्रिमियर लिगको उपाधिका लागि मात्र चार जित टाढा रहेको छ ।

लिभरपुलको २७ खेलमा ७९ अंक रहेको छ भने दोश्रो स्थानको म्यानचेस्टर सिटीको ५७ र लेस्टर सिटीको ५० अंक छ । चौथो स्थानको चेल्सीको ५४ अंक रहेको छ । लिभरपुल १९९० पछि पहिलो पटक प्रिमियर लिगको उपाधि तर्फ अग्रसर बनेको हो ।

जितपछि लिभरपुलले डिसेम्बर २०१७ मा म्यानचेस्टर सिटीले कायम गरेको लगातार १८ जितको किर्तिमानको बराबरी पनि गरेको छ । योर्गेन क्लोपको लिभरपुलले अक्टोबरमा सिटीसँग १–१ को बराबरी खेले यता प्रिमियर लिगमा अंक गुमाएको छैन ।

वेस्ट ह्यामका गोलकिपर लुकाज फाबियान्स्कीले जोर्जिन्हो वाइनाल्डमको सामान्य हेडरलाई बचाउन नसक्दा लिभरपुलले ९ मिनेटमै अग्रता लिएको थियो । तर त्यसको तीन मिनेटपछि नै इसा डियोपले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पाब्लो फोर्नल्सले ५४ औंं मिनटमा गोल गरेपछि लिभरपुलको २७ म्याचको अपराजित यात्रा टुङ्गिने खतरा बढेको थियो ।

खराब रात बिताइरहेका फाबियान्स्कीले सलाहको प्रहारलाई ताँग मुनिबाट जान दिएपछि लिभरपुलले ६८ औं मिनेटमा बराबरी गर्यो । टे«न्ट एलेक्जेन्डर–आर्नोल्डको पासमा मानेले ८१ औं मिनेटमा गोल गरेपछि लिभरपुल बिजयी बन्यो । लिभरपुलका गोलकिपर एलिसनले खेलेको अन्त्यतिर जारोड ब्राउनको प्रहार बचाएपछि वेष्ट ह्याम अभागी साबित भयो ।

Click to comment

Trending