Headline

बालुवाटार बिरुद्ध केसीटीसी जीत नजिक 

Published

on

सुर्य तामांङ र तिलक भण्डारीले घातक बलिङ गरे पछि हिमालय क्रिकेट लिग यु१९ दुई दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर (केसीटीसी) बिरुद्धको खेलको पहिलो दिनको खेलको समाप्तीमा बालुवाटार क्रिकेट क्लब निरिह भएको छ ।
दोश्रो दिनको खेलको समाप्तीमा बालुवाटारले आफ्नो दोश्रो पारीमा पाँच विकेट गुमाएर मात्र ४२ रन जोडेको छ र केसीटीसीले पहिलो पारीमा बनाएको २०१ रन भन्दा १०६ रनले पछि रहेको छ ।
खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको बालुवाटारले २३ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ५३ रन बनाउन सक्यो । बालुवाटारको तर्फबाट सागर थापाले सर्वाधिक ११ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बालुवाटारलाई सस्तैमा समेट्ने क्रममा केसीटीसीका तिलक भण्डारीले घातक बलिङ गर्दै सात दशमलब तीन ओभरमा दुई मेडन सहित १४ रन खर्चिएर पाँच विकेट लिए भने सुर्य तामांङले पनि तीन विकेट हात पारे ।
त्यस्तै केसीटीसीले आफ्नो पहिलो पारीमा ५५ दशमलब तीन ओभरमा नौं विकेटको नोक्सानीमा २०१ रन बनाएर आफ्नो पारी सकिएको घोषणा गर्यो । उसका लागि ओपनर बिपिन आचार्यले सर्वाधिक ७२ रन बनाए भने कप्तान सचिन लाखःले पनि ३६ रन जोडे ।
बालुवाटारका राजन जिसी र दिनेश जंग बुढा मगरले समान तीन-तीन विकेट हात पारे ।
पहिलो पारीमा १४८ रनले पछि परेको बालुवाटारले आफ्नो दोश्रो पारीमा पनि खराब ब्याटिंङ गर्दै २६ ओभरमा पाँच विकेट बनाएर ४२ रन मात्र बनाउन सक्यो । उसका लागि दोश्रो पारीमा प्रशान्त पण्डितले सर्वाधिक १२ तथा नविन तामांङले ११ रन जोडे ।
केसीटीसीलाई जीत तर्फ लग्ने क्रममा तीलक भण्डारीले दोश्रो पारीमा नौं ओभर बलिङ गर्दै चार मेडन सहित मात्र १० रन खर्चिएर दुई विकेट लिए भने सुरज तामांङ, सुर्य तामांङ र बिपिन आचार्यले समान १-१ विकेट हात परे ।

Click to comment

Trending