Headline

कस्तो बन्छ ए डिभिजन लिगको ‘ड्रिम टिम’ ?

Published

on

शनिबार नेपाली घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता शहीद स्मारक ए डिभिजन लिग क्लबले बिट मार्यो । फाइनल सरह रहेको अन्तिम लिग खेलमा मच्छिन्द्रले आर्मीलाई १–० ले हराउदै उपाधिसँगै ५० लाख नगद पुरस्कार पनि हात पार्यो । मच्छिन्द्रका लागि यो ऐतिहासिक उपलब्धि थियो ।

करिब दुई महिना घरेलु फुटबल चलायमान बन्दा नयाँ खेलाडीको आगमन त हुन्छ नै सँगै खेलाडीको क्षमताको पनि उत्तिकै परिक्षण हुने गर्छ । हरेक पोजिसनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको सुचि तयार पार्ने क्रममा विस्पोर्टज्ले पनि लिगको उत्कृष्ट ११ को टोली बनाएको छ । हेरौ गौरव फुयालले बनाएको लिगकै उत्कृष्ट ११ ।

गोलकिपरः प्रिसो (थ्रिस्टार)

मच्छिन्द्र च्याम्पियन बनेको लिगमा धेरै विदेशी खेलाडीले आफ्नो प्रभाव जमाउन सफल भए । केही विदेशी खेलाडीहरुको प्रदर्शन भने एक समानको रहन भने पुगेन तर प्रिसोले आफ्नो लय कायम राख्दै अन्तिमसम्म पनि थ्रि स्टारको गोल पोस्टमा राम्रै प्रदर्शन दिए । दिप कार्की, बिकेश कुथुले तुलनात्मक रुपमा कम गोल खाएपनि पनि प्रिसोको व्यक्तिगत प्रदर्शनले नै थ्रिस्टार शिर्ष चारमा पर्न सफल भएको थियो ।

डिफेन्डरः बिकास खवास (त्रिभुवन आर्मी)

पुरै लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेका बिकासले आर्मीलाई लिग जिताउन नसके पनि लिगको उपाधि होडमा कायम राख्न उनले टोलीका लागि ठुलो योगदान दिएका थिए । बिकास यस्तो मिहिनेती खेलाडी हुन् जो आफ्नो पोस्टबाट बिपक्षीको पोस्टसम्मै पनि चलायमान बन्न सक्छन् । लिग अवधि भर उनी खेल्ने स्थान (राइट ब्याक) मा बिकास जत्तिको प्रभावशाली खेलाडी अन्य देखिएनन् । आर्मीले लिगमा कम गोल खानु कारण पनि उनको उत्कृष्ट डिफेन्डिङ्ग नै थियो । फाइनल सरह बनेको शनिबारको मच्छिन्द्र बिरुद्धको खेलमा पनि उनको प्रदर्शन लोभलाग्दो थियो । त्यही करण उनी यो टोलीमा समावेश छन् ।

डिफेन्डरः देवेन्द्र तामाङ (मच्छिन्द्र)

मच्छिन्द्रलाइ लिगको उपाधी जिताउनमा देवेन्द्रको प्रदर्शन प्रशंशायोग्य छ । उनले आफ्नो व्यक्तिगत प्रदर्शनलाई निरन्तरता दिदै मच्छिन्द्रको डिफेन्ससँगै आक्रमणलाई पनि मजबुत बनाएका थिए । तिब्र गतिमा खेल्न सक्षम यि डिफेन्डर त्यही भएर यो उत्कृष्ट एघारमा पर्न सफल भएका हुन् ।

डिफेन्डरः अनन्त तामाङ (थ्री स्टार)

राष्ट्रिय टोलीका नियमित खेलाडी र थ्रिस्टारका भर पर्दो रक्षपंिक्तका मुटु अनन्तले थ्रि स्टारको यसपटकको सामान्य देखिने टोलीलाई शिर्ष चारसम्म पुर्याउदा महत्वपूर्ण भुमिका खेलेका थिए । अन्य केही स्थापित नामहरुले क्लब छोडेपनि अनन्तले नेतृत्व गरेको थ्रि स्टारको रक्षापंक्तिले लिगमा ९ गोल मात्र खाएको थियो । मिडफिल्डलाई बल अगाडि बढाउन सहयोग गर्न सक्ने अनन्त आक्रमणमा पनि उत्तिकै राम्रा थिए । उनी यो सुचिमा उत्कृष्ट सेन्ट्रल डिफेन्डर हुन् ।

डिफेन्डरः रन्जित धिमाल (मच्छिन्द्र)

तिब्र गति, खेललाई बुझ्न सक्ने क्षमता, पासमा सटिकता र उत्कृष्ट फ्री किक प्रहारकर्ता हुन् रन्जित धिमाल । उनको फर्म लिग दौरान नै उत्कृष्ट रह्यो । उनले निरन्तर एकै फर्म खेले र त्यसलाई खस्कन पनि दिएनन् । मच्छिन्द्रलाई च्यम्पियन बनाइ छाडे । राइट ब्याकमा हुनु पर्ने सम्पुर्ण क्षमता भएका रञ्जितले नेपाली टिमको रक्षापंिक्तलाई अझ मजबुत बनाएर लाने आशा गरिएको छ ।

मिडफिल्डरः सुभाष गुरुङ (संकटा)

बललाई होल्ड गर्ने र पासमा पोख्त देखिएका सुभाष लिग दौरान अलग प्रदर्शन गर्न सफल भए । संकटाले लिगमा राम्रो प्रदर्शन गर्न नसके पनि उनको व्यक्तिगत खेल भने उत्कृष्ट थियो । फर्वार्डलाई जस्तो स्थितीमा पनि थ्रु पास निकाल्नसक्ने उनी प्रशस्त गोलको मौकाहरु पनि बनाउने गर्छन् ।

मिडफिल्डरः बिशाल राइ बी (मच्छिन्द्र)
लिग र मच्छिन्द्र क्लब दुबैका उत्कृष्ट मिडफिल्डर हुन् बिशाल राइ । पास दिने तरिका र बलमा राम्रो पकड जमाउन सक्ने यि खेलाडीको प्रदर्शन लिगमा अन्य खेलाडीभन्दा भिन्न छ । बिपक्षी खेलाडीलाई सजिलै बल खोस्न उनी दिदैनन् र यही कारणले मच्छिन्द्रले लिगमा बल पोजेसन अन्य टिमको तुलनामा राम्रो गरेको थियो । राष्ट्रिय टिमको पनि अनुभव बटुलेका बिशाललाई लिग जिताउन दवाब थियो र त्यो परिक्षामा उनले पास पनि गरे ।

मिडफिल्डरः एरिक बिष्ट (एनआरटी)

एरिक बिष्टको ड्रिब्लिङ्ग र पासिङ भिजनका कारण जो कोहीलाई पनि उनको खेल मन पराउन प्रेरित गर्छ ।एनआरटीमा पहिलो पटक खेलेका उनको व्यक्तिगत शुरुवात त राम्रो भयो तर टोलीलाई भने उनले जहाँ पुर्याउनु पर्ने हो त्यहासम्म लान सकेनन् । शायद उनी ठूलो टिमको प्रतिक्षामा छन् ।

फर्वार्डः अञ्जन बिष्ट (मनाङ)

नाइट क्लब काण्डपछि ४५ दिन निलम्बनमा परेका अञ्जन घरेलु फुटबलमा लिगमार्फत फर्किए । र सबै बिवादहरुलाई निकै पछाडी पारे । उनले आफ्नो खेलकै कारणमात्र सबैको ध्यान आकर्षित गरे । लिगको मध्य चराणमा आएका उनले छ गोल गर्न पनि सफल भए । उत्कृष्ट ड्रिब्लिङ, तिब्र गति र राम्रो मुभ बनाउन सक्ने यि खेलाडीलाई हामीले उत्कृष्ट ११ मा राख्नै पर्छ ।

फर्वार्डः भरत खवास (त्रिभुवन आर्मी)

क्लबलाई उपाधि नजिक पुर्याए पनि लिग जित्न नसक्नु भरतको दुर्भाग्य मान्न पर्छ । एक स्ट्राइकरले गोल मात्र नभइ आफ्नो साथीलाई गोल गर्नको लागि पास पनि दिनसक्नु पर्छ । लिगमा भरतले त्यो स्वार्थिपना देखाएनन् । उनले आफ्नो लागि नसोची टिमको लागि सोचे । नवयुग श्रेष्ठले गरेका चार गोलमा भरतको असिस्ट रहेको थियो । उनले आफैले पनि चार गोल गरे । लिगमा देखाएको टिम प्रदर्शनका कारण नै उनी हाम्रो उत्कृष्ट ११ मा छन् ।

फर्वार्डः आशिष लामा (एपिएफ)

लिगको शुरुवती चरणमा सबैका लागि ठूलै समस्या थियो फिनिसिङ्ग । यो नेपाली राष्ट्रिय फुटबल टोलीमा पनि कायम रहेको छ । स्थापित नामहरु बीचमा १३ खेलमा ९ गोल गर्दै लिगको सर्वाधिक गोलकर्ताको रुपमा अघि आए एपिएफ आशिष । उत्कृष्ट फिनिसिङ्ग र पावर सट प्रहार गर्न सक्ने यि खेलाडीले बिभिन्न पोजिसन बाट पनि खेल्न सक्छन् । राष्ट्रिय टोलीको प्रारम्भिक ३२ जनाको लिस्टमा परेका उनी राष्ट्रिय टोलीमा परेको खण्डमा कस्तो योगदान दिन सक्छन् त्यो भने हेर्न बाकी छ ।

प्रशिक्षकः मेघराज केसी (थ्रि स्टार)
थ्रि स्टार वास्तवमा यो लिगमा कमजोर मध्येको एक टोली थियो । तर मेघराजले क्लबलाई चौथो स्थानसम्म पुग्ने गरि सम्हाले । नयाँ युवा खेलाडीलाई मेघराजले स्टार बनाएका छन् भन्दा फरक नपर्ला । १५ बर्ष फुटबलमा बिताइसकेका उनले अब क्लब फुटबलबाट बिदा पनि लिदै छन । २३ बर्षका औसत उमेर भएको थ्री स्टार क्लबलाई लिगमा अग्रपंिक्त मै राख्न जो कोही प्रशिक्षकको बशको कुरा थिएन ।

1 Comment

Trending