Headline

छुट्टा–छुट्टै खेलमा लिगका शिर्ष दुई टोली उपाधि दौडमा कायम रहन खेल्दै

Published

on

कुनै ठूलै उलटफेर नहुने हो भने त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीच शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलले घरेलु सिजनको च्याम्पियनको निर्धारण गर्ने पक्का पक्की नै छ ।

डिफेन्डिङ्ग च्याम्पियन मनाङ मस्र्याङ्गदी क्लब च्यासल युथ क्लबसँग आफ्नो अघिल्लो खेलमा स्तब्ध भएसँगै उपाधि रक्षा गर्ने उसको आशामा नराम्रो धक्का लागिसकेको छ । लिगमा मात्र तीन खेल बाकी रहदा १९ अंक रहेको मनाङ अहिले तेश्रो स्थानमा छ र आर्मी २३ अंकका साथ पहिलो स्थानमा ।

दुई टिम एक आपससँग खेलिसकेकाले समिकरण अब मनाङको नियन्त्रणमा छैन । मनाङ अब आफु त हार्न भएन नै आर्मीको खेलको पनि नतिजा कुर्नु पर्ने हुन्छ । २२ अंक सहित दोश्रो स्थानमा रहेको मच्छिन्द्र र आर्मीलाई अबको समिकरणको बारेमा भन्दा राम्रो अरु कसलाई थाहा होला र त्यसैले यी दुबै टोली एक आपसमा भिड्नु अघि अन्य कुनै टिमबिरुद्ध अंक गुमाउन चाहदैनन् ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा मच्छिन्द्रले सरस्वती युवा क्लबको सामना गर्दैछ । रेलिगेसन जोनमा रहेको सरस्वतीको लागि पनि खेल उत्तिकै महत्वपूर्ण रहेको छ । पुछारमा रहेको सरस्वतीको मात्र चार अंक रहेको छ भने नेपाल एपिएफ क्लबको पाँच र हिमालयन शेर्पाको सात ।

तर लिगकै शंकास्पद खेलमा शेर्पालाई मात्र पराजित गरेको सरस्वतीको लागि बलियो मच्छिन्द्रसँग बराबरी खेलेपनि ठूलै उपलब्धि हुनेछ ।

आर्मीले भने बिभागीय डर्बिमा एपिएफको सामना गर्न गइरहेको छ । बिभागीय टोलीहरु यसअघिका लिगहरुमा राम्रै स्थितिमा रहेपनि यो सिजनमा एपिएफमा यो लागु भएको छैन । सबैभन्दा कान्छो बिभागीय टोलीमा रेलिगेसनको खतरा कायमै छ भने आर्मीलाई हराउन सके एपिएफले राहतको सास फेर्नेछ ।

Click to comment

Trending