Headline

फ्रेण्ड्ससँग २–० ले स्तब्ध भएपछि एनआरटी रोकियो

Published

on

तीन मिनेटको अन्तरमा दुई गोल गर्दे शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबले न्यु रोड टिम (एनआरटी) लाई चौथो स्थानबाट जान रोकेको छ ।

पहिलो हाफ बराबरीमा रोकिएपछि फ्रेण्ड््सका लागि सञ्जोग महर्जन र वाग्नर डि कार्मोले गोल गर्दै एनआरटीको अंक तालिकामा माथिल्लो तीन स्थान आगट्ने आशामा तुषारापात गरेको छ ।

पराजयपछि एनआरटी १० खेलबाट १५ अंक सहित सातौं स्थानमै कायम रहेको छ । हारपछि तेश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लब र चौथोमा रहेको थ्रि स्टारले राहतको श्वास फेरेका छन् । जितले एनआरटीले १७ अंक रहेको थ्रि स्टारलाई त उछिन्ने थियो नै, मनाङसँगको दुरीलाई पनि मात्र एक अंकले छोट्याउने थियो ।

लिगमा अब मनाङ, थ्रि स्टारसँग खेल्न बाकी नै रहेको अवस्थामा एनआरटीलाई मङ्गलबारको हारले नराम्रो झड्का लागेको छ । एनआरटीले आफ्नो अन्तिम खेल हिमालयन शेर्पा क्लबसँग खेल्नेछ भने ११ औं चरणमा मनाङ र १२ औं चरणमा थ्रि स्टारको सामना गर्नेछ ।

मङ्गलबार फ्रेण्ड्स दोश्रो हाफमा हावी हुदै एनआरटीमाथि दवाब बनाउन सफल भएको थियो । ६१ औ मिनेटमा डि कार्मोले गरेको उत्कृष्ट प्रहारलाई एनआरटीका गोलकिपर अजित भण्डारीले उत्कृष्ट ढँगले त बचाए तर त्यसपछि भने उनको केही लागेन ।

सञ्जोगले ७८ औं मिनेटमा गरेको सशक्त प्रहारलाई अजितले रोक्न सकेनन् । तीन मिनेटपछि नै पेनाल्टी बक्सभित्र बाट अर्को सशक्त प्रहार गर्दै फ्रेण्ड्सको जित सुनिश्चित गरेका थिए । जितपछि फ्रेण्ड्स १४ अंक सहित नवौं स्थानमा उक्लिएको छ । पुलिससँगै समान १४ अंक रहेको फ्रेण्ड्स गोल अन्तरका आधारमा पछि परेको हो ।

Click to comment

Trending