Connect with us

Headline

फ्रेण्ड्ससँग २–० ले स्तब्ध भएपछि एनआरटी रोकियो

wesportz

Published

on

तीन मिनेटको अन्तरमा दुई गोल गर्दे शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबले न्यु रोड टिम (एनआरटी) लाई चौथो स्थानबाट जान रोकेको छ ।

पहिलो हाफ बराबरीमा रोकिएपछि फ्रेण्ड््सका लागि सञ्जोग महर्जन र वाग्नर डि कार्मोले गोल गर्दै एनआरटीको अंक तालिकामा माथिल्लो तीन स्थान आगट्ने आशामा तुषारापात गरेको छ ।

पराजयपछि एनआरटी १० खेलबाट १५ अंक सहित सातौं स्थानमै कायम रहेको छ । हारपछि तेश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लब र चौथोमा रहेको थ्रि स्टारले राहतको श्वास फेरेका छन् । जितले एनआरटीले १७ अंक रहेको थ्रि स्टारलाई त उछिन्ने थियो नै, मनाङसँगको दुरीलाई पनि मात्र एक अंकले छोट्याउने थियो ।

लिगमा अब मनाङ, थ्रि स्टारसँग खेल्न बाकी नै रहेको अवस्थामा एनआरटीलाई मङ्गलबारको हारले नराम्रो झड्का लागेको छ । एनआरटीले आफ्नो अन्तिम खेल हिमालयन शेर्पा क्लबसँग खेल्नेछ भने ११ औं चरणमा मनाङ र १२ औं चरणमा थ्रि स्टारको सामना गर्नेछ ।

मङ्गलबार फ्रेण्ड्स दोश्रो हाफमा हावी हुदै एनआरटीमाथि दवाब बनाउन सफल भएको थियो । ६१ औ मिनेटमा डि कार्मोले गरेको उत्कृष्ट प्रहारलाई एनआरटीका गोलकिपर अजित भण्डारीले उत्कृष्ट ढँगले त बचाए तर त्यसपछि भने उनको केही लागेन ।

सञ्जोगले ७८ औं मिनेटमा गरेको सशक्त प्रहारलाई अजितले रोक्न सकेनन् । तीन मिनेटपछि नै पेनाल्टी बक्सभित्र बाट अर्को सशक्त प्रहार गर्दै फ्रेण्ड्सको जित सुनिश्चित गरेका थिए । जितपछि फ्रेण्ड्स १४ अंक सहित नवौं स्थानमा उक्लिएको छ । पुलिससँगै समान १४ अंक रहेको फ्रेण्ड्स गोल अन्तरका आधारमा पछि परेको हो ।

Headline

अर्को बर्ष म र मेस्सी सँगै खेल्नेछौंः नेमार

wesportz

Published

on

पेरिस सेन्ट जर्माइन तथा ब्राजिल स्टार नेमारले च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गर्दा दुई गोल गरे लगत्तै अर्को सिजन अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीसँगै खेल्ने इच्छा ब्यक्त गरेका छन् ।

६ पटकका बालोन डि ओर बिजेता मेस्सीसँगै बार्सिलोनामा चार सिजन बिताएपछि नेमार २०१७ मा २ सय ६४ मिलियन डलरको किर्तिमानी ट्रान्सफर रकममा फ्रेन्च लिग वान टोलीसँग आबद्ध भएका थिए । “मेस्सीसँगै मैदानमा फुटबलको रमाइलो पल बिताउने मैले सबैभन्दा बढी चाहेको कुरा हो । म उनीसँगै खेल्न चाहन्छु । अर्को बर्ष यो गर्नु पर्छ,” पिएसजीसँग २०२२ सम्मको सम्झौतामा रहेका नेमारले भने ।

नेमार २०१९ मै बार्सिलोना फर्किने भनिएपनि पिएसजीले चाहे अनुरुपको पैसा तिर्नका लागि स्पेनिस फुटबल महारथी असफल रहेको थियो । कोरोना भाइरस महामारीका कारण यो सिजन १ सय २२ मिलियन युरो तलबमा कटौति गर्दै आर्थिक घाटाको क्षतिपुर्ति ब्यहोर्ने निर्णयमा पुगेको बार्सिलोना अर्को सिजन पनि पैसाको अभावमै नेमारलाई भित्र्याउन सक्षम देखिदैन ।

बार्साले नेमारका लागि पैसा तिर्न नसक्ने भएपनि मेस्सीले यो सिजनदेखि नै क्लब छोड्न प्रयास गरेको हुदा उनी अर्को सिजन अगष्टमा अन्य क्लब जाने लगभग निश्चित छ । शायद नेमारले मेस्सीलाई पिएसजीमै हेर्न सकिने संकेत गरेका हुन् की ?

बार्साका तत्कालीन अध्यक्ष योसेप बार्तोमेउले यो सिजन मेस्सीलाई जान नदिए पनि अब उनको पुरै बोर्डले नै राजीनामा गरेको अवस्थामा अर्जेन्टाइन स्ट्राइकरलाई आफ्नो बहिर्गमनमा केही सहज परिस्थिति आउन सक्ने देखिन्छ ।

यो सिजनको शुरुवातमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी मेस्सीलाई भित्र्याउन तम्तयार देखिन्थ्यो तर यो सिजनको अन्त्यमा ३४ बर्ष लाग्ने उनलाई लिनका लागि पिएसजी पनि आतुर हुने देखिन्छ । “उनी मेरो स्थानमा खेल्न सक्छन् । मलाई कुनै समस्या छैन । मलाई निकाल्दे हुन्छ,” ठट्टा गर्दै नेमारले भने ।

Continue Reading

Headline

रोनाल्डोले गरे आफ्नो करिअरको ७ सय ५० औं गोल

wesportz

Published

on

स्टार खेलाडी क्रिष्चियानो रोनाल्डोले वुधबार भएको डाइनामो किएभ विरुद्ध भएको खेलमा गोल गर्दै आफ्नो करिअरको ७ सय ५० औं गोल पुरा गरेका छन् । युभेन्टसका लागि रोनाल्डोको उक्त गोल ७५ औ पनि हो ।

रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत डाइनामो किएभसँग खेल्दा युभेन्टसका लागि दोस्रो गोल गरे पछि उनले करिअरको ७ सय ५० औं गोल पुरा गरेका थिए । उनले ५७ औँ मिनेटमा अल्भारो मोराटाले प्रहर गरेको सट डिफ्लेक्ट हुँदै आएको बललाई ट्याप-इन हान्दै गोल गरेका थिए ।

यो गोल उनको सिजनको १० औँ गोल पनि रह्यो । उनी इटालियन महरथी युभेन्टसमा आए देखी तीन सिजनमै ७५ गोल गरिसकेका छन् भने पोर्चुगलका लागि त उनले एक सय गोल कटाइसकेका छन् । उनले २००३ देखी पोर्चुगलमा खेल्दै १०२ गोल पनि गरिसकेका छन् ।

उनले आफ्नो कारीअरमा खेलेका टोलीहरु मद्धे युनाइटेडमा ११८ गोल गरेका थिए भने म्याड्रिडमा उनले क्लबका शिर्ष गोलकर्ता हुँदै ४५० गोल गरेका थिए ।

उनको लागि वुधबार भएको डाइनामो किएभ विरुद्धको खेल विषेस रहेको थियो उनले १३ वर्ष २५ दिन अगाडि यही टोली विरुद्ध आफ्नो पहिलो च्याम्पियन्स लिग गोल गरेका थिए ।

च्याम्पियन्स लिगमा युभेन्टस बार्सिलोनासँगै अन्तिम १६ का लागि छनोट भएको छ । सिरी आ मा भने युभेन्टस चौथोँ स्थानमा रहेको छ ।

आउने लिग खेलमा युभेन्टसले टोरिनोको सामना गर्ने छ भने अर्को साता हुने च्याम्पियन्स लिगमा बार्सिलोना विरुद्ध खेल्दा फेरी मेस्सी र रोनाल्डो बिच लामो समय पछि खेल हुने छ ।

Continue Reading

Headline

च्याम्पियन्स लिग: पिएसजीको युनाइटेड माथि सानदार जित, चेल्सीका लागि जिरुड एक्लैको चार गोल

wesportz

Published

on

स्टार खेलाडी नेमार जुनियरको दुई र मर्किनिहोसको एक गोलको मद्धतमा पेरिस सेन्ट जर्माइन (पिएसजी) ले म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा पिएसजीले खेल सुरु भएको छैठौँ मिनेटमै अग्रता लिएको थियो । पिएसजीका लागि नेमारले गोल गर्दै १-० को अग्रता दिलाएका थिए । पहिलो हाफको २० मिनेट धेरै अक्रमण गरे पनि पिएसजीले दोस्रो गोल भने गर्न सकेको थिएन । ३२ औँ मिनेटमा भने मर्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए । उनले पिएसजीका गोलरक्षक नाभासलाई ठोकिदै आएको बललाई जाली चुमाएका थिए ।

दोस्रो हाफमा खेल अझै रोमान्चक बन्न पुगेको थियो । दुवै टोलीहरुले लगतार मुभहरु बनाइरहदा ६९ औँ मिनेटमा भने पिएसजीले गोल गर्न सफल भएको थियो । पिएसजीका लागि दोस्रो गोल मर्किनिहोसले गरेका थिए । उनले उत्कृष्ट ढङ्गले बललाई फ्लिक गर्दै गोल गरेका थिए ।

७० औँ मिनेटमा भने युनाइटेडका फ्रेडले रातो कार्ड खान पुगे । खेलको २३ औँ मिनेटमा पिएसजीका मिड्फिल्डर परीदेसलाई टाउकोले हाने पछी पहिलो पहेंलो कार्ड खाएका फ्रेडले दोस्रो कार्ड हरेरालाई नमिठो ट्याकल गरे पछि पाएका थिए ।

१० खेलाडीमा सिमित युनाइटेडले ९० मिनेट पछि थपिएको इन्जुरी समयमा अरो गोल खान पुग्यो । यो पटक नेमारले पिएसजीका लागि गोल गरेका थिए । उनले रफिनाको पासमा ट्याप-इन गोल गर्दै पिएसजीको अन्तिम १६ मा छनोट हुने आशा जिवितै राखेका थिए ।

समुह एचकै अर्को खेलमा पनि आरबी लाइपजिगले इस्तानाबुल बसिकशेहर माथि ४-३ को नाटकिय जित निकाले पछि यो समुह निकै रोमान्चक बनेको छ ।

इस्तानाबुलका लागि इर्फ्यान कर्वेसीले ह्याट्रिक गरे पनि टोलीलाई भने बिजयी बनाउन सकेनन् । लाइपजिगका लागि बिजयी गोल भने एलेक्ससान्डर सोरोल्थले ९० मिनेट पछि थपीएको इन्जुरी समयमा गरेका थिए ।

खेल जितेसँगै पिएसजी र लाइपजिगको युनाइटेड सरह समान ९ अंक रहेको छ । अर्को साता हुने च्याम्पियन्स लिगको अन्तिम खेलमा यो समुहबाट कुन टोली अन्तिम-१६ मा पुग्ने छ भने टुङ्गो लाग्ने छ ।

अर्को खेलमा चेल्सीले सेभियालाई उस्कै घरमा ४-० ले हराएको छ । चेल्सीका लागि फर्वार्ड ओलिभर गिरुड एक्लैले चार गोल गरेका थिए ।

उनले पहिलो हाफको आठौँ मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४ औँ मिनेटमा दोस्रो गोल गरेका जिरुडले ७४ औँ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । जिरुडले चौँथो गोल भने पेनाल्टी मार्फत गरेका थिए । चेल्सी तीन खेल अगवै अन्तिम १६ मा पुगेको थियो ।

यस्तै अन्य खेलरुमा क्रास्नाडोरले रेनेसलाई १-०,बार्सिलोनाले फेरेनकार्भोस्लाई ३-०,युभेन्टसले डाइनामो किएभलाई ३-० र क्लब बुर्गले जेनिटलाई ३-० ले हरायो । बोरुसिया डर्टमण्ड र लाजियोले भने १-१ को बराबरी खेलेका छन् ।

Continue Reading
Headline22 hours ago

अर्को बर्ष म र मेस्सी सँगै खेल्नेछौंः नेमार

Headline22 hours ago

रोनाल्डोले गरे आफ्नो करिअरको ७ सय ५० औं गोल

Headline1 day ago

च्याम्पियन्स लिग: पिएसजीको युनाइटेड माथि सानदार जित, चेल्सीका लागि जिरुड एक्लैको चार गोल

Headline1 day ago

च्यम्पियन्स लिग:पिएसजीको समना गर्दै म्यानचेस्टर युनाइटेड

Headline2 days ago

टिमले नै नरुचाएका मलनले आफूलाई साबित गर्दै जितेको समर्थन

Headline2 days ago

अष्ट्रेलियाबिरुद्ध भारतको सान्त्वना जित, म्याक्सवेलको विकेटले खेल बदलियो

Headline2 days ago

पुर्व कप्तान कर्माचार्य राष्ट्रिय टोली छनोट समितिका संयोजक

Headline2 days ago

बिमल, सन्तोष सहित ५८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइयो

Headline2 days ago

पान्ड्या र जडेजाको शतकीय साझेदारीले सम्हालियो भारत

Headline2 days ago

च्याम्पियन्स लिगमा यात्रा कठिन भएपनि जिदान भन्छन्ः “राजीनामा दिन्न” 

Headline3 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline7 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline2 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline3 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline6 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline2 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline1 month ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline5 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline4 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Headline4 months ago

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Trending