Headline

न्युजिल्यान्ड बिरुद्ध भारत : ट्वान्टी ट्वान्टी शृंखलामा भारतको ह्व़ाइट वास

Published

on

पाहुना टोली भारतले घरेलु टोली न्युजिल्यान्ड बिरुद्धको पाँचौं तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा सात रनको रोमान्चक जीत हात पार्दै शृंखलामा ह्व़ाइट वास गरेको छ । पाँच खेलको शृंखला भारतले ५-० ले जीत्दै क्लिन स्विप गरेको हो ।
जीतका लागि १६४ रनको लक्ष्य लिएर ब्याटिंङमा आएको न्युजिल्यान्डले २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र १५६ रन बनाउन सक्यो ।

खेलमा खराब शुरुवात गरेको न्युजिल्यान्डले तीन दशमलब दुई ओभरमा बोर्डमा १७ रनको अवस्थामा आफ्नो मह्त्वपुर्ण तीन विकेट गुमायो ।

तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका टिम सेइफर्ट र पाँचौं नम्बरमा ब्याटिंङ गर्न आएका रस टेलरले चौथों विकेटका लागि ९९ रन जोड्दै न्युजिल्यान्डको पारी सम्हाल्ने प्रयास गरे । तर ३० बल खेल्दै पाँच चौका र तीन छक्काको मद्धतमा ५० रन बनाएका सेइफर्ट नवदिप साइनीको शिकार भए पछि न्युजिल्यान्ड दबाबमा पर्न गयो ।
त्यस पछि आएका ब्याट्सम्यानहरु पनि लगातार रुपमा आउट हुँदा न्युजिल्यान्डले खेलमा हारको सामना गर्न पुग्यो । न्युजिल्यान्डको लागि रस टेलरले ४७ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ५३ रन बनाएता पनि टोलीको हार टार्न सकेनन् ।
भारतको जीतमा जस्प्रित बुम्राले सर्वाधिक तीन विकेट लिए भने नवदिप साइनी र शार्दुल ठाकुरले समान २-२ विकेट हात पारे । किफायती बलिङ गरेका बुम्राले चार ओभरमा मात्र १२ रन खर्चिएर तीन विकेट हात पारेका हुन् ।
यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंङ गरेको भारतले तीन विकेटको नोक्सानीमा १६३ रनको योगफल तयार पार्यो ।
भारतको तर्फबाट रिटायर्ड हर्ट हुनु अघि आजको खेलमा कप्तानी गरिरहेका रोहित शर्माले ४१ बलको सामना गर्दै समान ३-३ चौका र छक्काको मद्धतमा ६० रन बनाए । आठ रनको अवस्थामा दुई रन बनाएका सन्जु सामसनलाई गुमाएर खराब शुरुवात गरेको भारतको पारी सम्हाल्ने क्रममा तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका रोहित अर्का ओपनर केएल राहुलसँग मिलेर १० ओभरमा ८० रन जोडे । ३३ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरेका राहुल ४५ रनमा आउट भए ।
भारतको पारी सम्हाल्ने क्रममा चौथों नम्बरमा ब्याटिंङ गर्न आएका श्रेयस ऐयर र छैठौं नम्बरमा ब्याटिंङ गर्न आएका मनिष पाण्डेले अविजित रहँदै क्रमसः ३१ बलमा ३३ तथा चार बलमा ११ रनको पारी खेले ।
न्युजिल्यान्डका स्कट कुज्गेलेइज्नले किफायती बलिङ गर्दै चार ओभरमा २५ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे ।

पाँच खेलको शृंखलामा पाहुना टोली भारत ४-० ले अघि रहेकाले गर्दा आजको खेल जीत्दै क्लिन स्विप गर्ने दाउमा हुनेछ भने न्युजिल्यान्ड सान्त्वना जीतको खोजीमा हुनेछ ।

पहिलो ट्वान्टी ट्वान्टी खेलमा २०४ रनको विशाल लक्ष्य छ विकेटले तथा दोश्रो ट्वान्टी ट्वान्टीमा १३३ रनको लक्ष्य सात विकेटले भारतले आफ्नो पक्ष्यमा पारेको थियो । त्यस्तै बाँकी दुई खेलमा न्युजिल्यान्ड सुपर ओभरमा पराजित भएको थियो ।

Click to comment

Trending