Headline

न्युजिल्यान्ड-भारत : सुपर ओभरमा भारत विजयी 

Published

on

सुपर ओभरमा घरेलु टोली न्युजिल्यान्डलाई पराजित गर्दै भारतले तेश्रो ट्वान्टी ट्वान्टी खेलमा जीत हात परेको छ । यस जीत पछि पाँच खेलको शृंखला भारतले दुई खेल अगावै ३-० ले आफ्नो पक्ष्यमा पारेको छ ।
सुपर ओभरमा जीतका लागि १८ रनको लक्ष्य पक्ष्याएको भारतको जीतमा रोहित शर्माले अन्तिम दुई बलमा दुई छक्का प्रहार गर्दै आफ्नो टोलीको जीत शुनिश्चित गरे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको भारतले पाँच विकेटको नोक्सानीमा १७९ रन बनायो भने जवाफी ब्याटिंङ गरेको न्युजिल्यान्डले पनि २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७९ रन बनाए पछि खेल बराबरीमा सकिएको थियो ।
न्युजिल्यान्डको जीतमा शतक बनाउन चुकेका कप्तान विलियमसनले सर्वाधिक ९५ रन बनाए । एउटा छोडबाट विकेट गुमाएता पनि अर्को छोडबाट कप्तान विलियमसनले न्युजिल्यान्डको पारी सम्हाल्दै ४८ बलमा आठ चौका र छ छक्का प्रहार गरे ।
न्युजिल्यान्डलाई अन्तिम ओभरमा जितका लागि चार बलमा दुई रन चाहिएको अवस्थामा भारतका मोहम्मद शामीले विलियमसन र १० बलमा १७ रन बनाएका रस टेलरको विकेट लिए पछि खेल बराबरीमा टुंगिएको हो ।
न्युजिल्यान्डका ओपनरद्वय मार्टिन गुप्टिल ३१ र कोलिन मुन्रो १४, मिचेल स्यन्टनर नौं तथा कोलिन डी ग्रान्डहोम पाँच रन बनाए आउट भए । भारतका शार्दुल ठाकुर र मोहम्मद शामीले समान २-२ विकेट लिए भने युज्बेन्द्र चाहल, मोहम्मद शामी र रविन्द्र जडेजाले पनि १-१ विकेट हात पारे । भारतका लागि ओपनरद्वय रोहित शर्मा र केएल राहुलले तुफानी शुरुवात दिए ।
उनीहरुले पहिलो विकेटको लागि आठ दशमलब छ ओभरमा ८९ रन जोड्दै राम्रो शुरुवात दिए । तर १२ बलको अवधिमा सात रन जोड्दै भारतले तीन विकेट गुमाए पछि भारत दबाबमा पर्यो । भारतले राहुल (१९ बलमा २७ रन), रोहित र शिभम दुबे (सात बलमा तीन रन) लाई सात बलको अन्तरालमा गुमाएको हो ।
भारतलाई चुनौतीपुर्ण स्कोर तर्फ लग्ने क्रममा रोहितले आक्रमक पारी खेल्दै ४० बलमा छ चौका र तीन छक्काको मद्धतमा सर्वाधिक ६५ रन जोडे । भारतका लागि कप्तान विराट कोहलीले पनि २७ बलमा ३८ तहत श्रेयस ऐयरले पनि १७ रनको योगदान दिए । त्यस्तै अविजित रहेका रविन्द्र जडेजा र मनिष पाण्डेले क्रमसः पाँच बलमा १० रन र छ बलमा १४ रन जोडे ।
न्युजिल्यान्डका हमिष बेन्नेट महँगो साबित भएता पनि सवाधिक तीन विकेट लिए भने मिचेल स्यांटनर र कोलिन डी ग्रान्डहोमले पनि समान १-१ बिकेट हात पारे ।
पहिलो ट्वान्टी ट्वान्टी खेलमा २०४ रनको विशाल लक्ष्य छ विकेटले तथा दोश्रो ट्वान्टी ट्वान्टीमा १३३ रनको लक्ष्य सात विकेटले भारतले आफ्नो पक्ष्यमा पारेको थियो ।

Click to comment

Trending