Headline
न्युजिल्यान्ड-भारत : सुपर ओभरमा भारत विजयी
![](https://wesportz.com/wp-content/uploads/2020/07/author-80x80.png)
Published
5 years agoon
By
wesportz![](https://wesportz.com/wp-content/uploads/2020/01/Rohit-Sharma-India-Win-against-New-Zealand.jpg)
सुपर ओभरमा घरेलु टोली न्युजिल्यान्डलाई पराजित गर्दै भारतले तेश्रो ट्वान्टी ट्वान्टी खेलमा जीत हात परेको छ । यस जीत पछि पाँच खेलको शृंखला भारतले दुई खेल अगावै ३-० ले आफ्नो पक्ष्यमा पारेको छ ।
सुपर ओभरमा जीतका लागि १८ रनको लक्ष्य पक्ष्याएको भारतको जीतमा रोहित शर्माले अन्तिम दुई बलमा दुई छक्का प्रहार गर्दै आफ्नो टोलीको जीत शुनिश्चित गरे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको भारतले पाँच विकेटको नोक्सानीमा १७९ रन बनायो भने जवाफी ब्याटिंङ गरेको न्युजिल्यान्डले पनि २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७९ रन बनाए पछि खेल बराबरीमा सकिएको थियो ।
न्युजिल्यान्डको जीतमा शतक बनाउन चुकेका कप्तान विलियमसनले सर्वाधिक ९५ रन बनाए । एउटा छोडबाट विकेट गुमाएता पनि अर्को छोडबाट कप्तान विलियमसनले न्युजिल्यान्डको पारी सम्हाल्दै ४८ बलमा आठ चौका र छ छक्का प्रहार गरे ।
न्युजिल्यान्डलाई अन्तिम ओभरमा जितका लागि चार बलमा दुई रन चाहिएको अवस्थामा भारतका मोहम्मद शामीले विलियमसन र १० बलमा १७ रन बनाएका रस टेलरको विकेट लिए पछि खेल बराबरीमा टुंगिएको हो ।
न्युजिल्यान्डका ओपनरद्वय मार्टिन गुप्टिल ३१ र कोलिन मुन्रो १४, मिचेल स्यन्टनर नौं तथा कोलिन डी ग्रान्डहोम पाँच रन बनाए आउट भए । भारतका शार्दुल ठाकुर र मोहम्मद शामीले समान २-२ विकेट लिए भने युज्बेन्द्र चाहल, मोहम्मद शामी र रविन्द्र जडेजाले पनि १-१ विकेट हात पारे । भारतका लागि ओपनरद्वय रोहित शर्मा र केएल राहुलले तुफानी शुरुवात दिए ।
उनीहरुले पहिलो विकेटको लागि आठ दशमलब छ ओभरमा ८९ रन जोड्दै राम्रो शुरुवात दिए । तर १२ बलको अवधिमा सात रन जोड्दै भारतले तीन विकेट गुमाए पछि भारत दबाबमा पर्यो । भारतले राहुल (१९ बलमा २७ रन), रोहित र शिभम दुबे (सात बलमा तीन रन) लाई सात बलको अन्तरालमा गुमाएको हो ।
भारतलाई चुनौतीपुर्ण स्कोर तर्फ लग्ने क्रममा रोहितले आक्रमक पारी खेल्दै ४० बलमा छ चौका र तीन छक्काको मद्धतमा सर्वाधिक ६५ रन जोडे । भारतका लागि कप्तान विराट कोहलीले पनि २७ बलमा ३८ तहत श्रेयस ऐयरले पनि १७ रनको योगदान दिए । त्यस्तै अविजित रहेका रविन्द्र जडेजा र मनिष पाण्डेले क्रमसः पाँच बलमा १० रन र छ बलमा १४ रन जोडे ।
न्युजिल्यान्डका हमिष बेन्नेट महँगो साबित भएता पनि सवाधिक तीन विकेट लिए भने मिचेल स्यांटनर र कोलिन डी ग्रान्डहोमले पनि समान १-१ बिकेट हात पारे ।
पहिलो ट्वान्टी ट्वान्टी खेलमा २०४ रनको विशाल लक्ष्य छ विकेटले तथा दोश्रो ट्वान्टी ट्वान्टीमा १३३ रनको लक्ष्य सात विकेटले भारतले आफ्नो पक्ष्यमा पारेको थियो ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
![](https://wesportz.com/wp-content/uploads/2020/07/author-80x80.png)
Published
2 years agoon
October 23, 2022By
wesportz![](https://wesportz.com/wp-content/uploads/2022/10/virat-kohli.jpg)
विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
![](https://wesportz.com/wp-content/uploads/2020/07/author-80x80.png)
Published
2 years agoon
August 1, 2022By
wesportz![](https://wesportz.com/wp-content/uploads/2022/08/126119368_gettyimages-1242232521.jpg)
आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
![](https://wesportz.com/wp-content/uploads/2022/07/Nepal-U20-Football-team.jpg)
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
![](https://wesportz.com/wp-content/uploads/2022/10/virat-kohli-80x80.jpg)
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
![](https://wesportz.com/wp-content/uploads/2022/10/Babar-Azam-and-Rohit-Sharma--80x80.jpg)
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
![](https://wesportz.com/wp-content/uploads/2019/12/Gyanendra.jpg)
केन्या माथि नेपालको कीर्तिमानी जित
![](https://wesportz.com/wp-content/uploads/2022/08/Women-SAF-Training-80x80.jpg)
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
![](https://wesportz.com/wp-content/uploads/2022/08/Nepal-T20-League--80x80.jpg)
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
![](https://wesportz.com/wp-content/uploads/2022/05/Dipenda-Singh-Airee-sad-out--80x80.jpg)
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
![](https://wesportz.com/wp-content/uploads/2022/07/Nepal-Cricket-sad-80x80.jpg)
नेपालले हरायो केन्यालाई
![](https://wesportz.com/wp-content/uploads/2022/08/Nepali-cricket-team-leaving-for-Kenya-80x80.jpg)
नेपालका लागि केन्या टुर महत्वपूर्ण
![](https://wesportz.com/wp-content/uploads/2021/07/214867571_4143533785694621_906903058821694504_n-80x80.jpg)
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो
![](https://wesportz.com/wp-content/uploads/2022/08/Manoj-Prabhakar-80x80.jpg)
नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु
![](https://wesportz.com/wp-content/uploads/2022/08/Far-Western--80x80.jpg)
बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक
![](https://wesportz.com/wp-content/uploads/2022/08/ANFA-LOGO-80x80.jpg)
यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू
![](https://wesportz.com/wp-content/uploads/2022/08/Nepal-women-football-team-80x80.jpg)
साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने
![](https://wesportz.com/wp-content/uploads/2022/08/National-game-80x80.jpg)
नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था
![](https://wesportz.com/wp-content/uploads/2022/08/126119368_gettyimages-1242232521-80x80.jpg)
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
![](https://wesportz.com/wp-content/uploads/2022/07/Nepal-U20-Football-team-80x80.jpg)
नेपालको पोस्टमा भारतको गोलको वर्षा
![](https://wesportz.com/wp-content/uploads/2022/07/Saff-woman-Championship-copy-80x80.jpg)
साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह
![](https://wesportz.com/wp-content/uploads/2022/07/Nepal-U20-80x80.jpg)
लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक
![](https://wesportz.com/wp-content/uploads/2019/09/Women-football-team-training.jpg)
साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु
![](https://wesportz.com/wp-content/uploads/2022/07/Urjan-Shrestha-80x80.jpg)
उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु