Headline

उपाधि होडमा कायम रहन मनाङ संकटासँग भिड्दै

Published

on

शिर्ष स्थानको त्रिभुवन आर्मी क्लब र दोश्रोमा रहेको मच्छिन्द्र क्लबसँगको तिब्र प्रतिस्पर्धा कायम राख्न मनाङ मस्र्याङ्गदी क्लबले बुधबार शहीद स्मारक ए डिभिजन लिगको एक मात्र खेलमा संकटा क्लबको सामना गरिरहेको छ ।

लिगमा मनाङ ८ खेलबाट १६ अंक सहित तेश्रो स्थानमा रहेको छ । आर्मीको २० र मच्छिन्द्रको १९ अंक रहेको छ भने दुवै टोलीले एक खेल बढी खेलेका छन् । एन्फा कम्प्लेक्समा हुने खेलमा जित हात पार्न सकेको खण्डमा मनाङले शिर्ष स्थानबाट मात्र एक अंकले पछि रहनेछ ।

तर बराबरीमात्र गरेको खण्डमा पनि मनाङलाई उपाधिको होडबाजीमा कायम रहनका लागि दुवै टोलीको अन्य खेलमा पनि निर्भर रहनु पर्ने हुन्छ । आर्मीलाई १–० ले हराएको मनाङले मच्छिन्द्रसँग भने २–२ गोलको बराबरी खेलेको थियो । मनाङ्गले चौथो स्थानको थ्रि स्टारसँग पनि २–२ गोल कै बराबरी खेलेको थियो ।

थ्रि स्टारको १४ अंक रहेको छ भने उति नै अंक रहेपनि नेपाल पुलिस क्लब गोल अन्तरको आधारमा पाचौं स्थानमा रहेको छ । मनाङ पराजित भएको खण्डमा एनआरटीलाई पहिलो तीन स्थानको दाबेदारीमा सहज हुनेछ । ८ खेल खेलेको एनआरटीको १२ अंक रहेको छ भने उसले बिहिबार ब्रिगेड बोइज क्लबसँग खेल्नेछ ।

संकटाको लागि पनि बुधबारको खेल उत्तिकै महत्वपूर्ण रहेको छ । जितले संकटा ८ औं स्थानबाट सिधै चौथो स्थानमा छलाङ्ग मार्नेछ । तर बलियो टोली मनाङलाई पराजित गर्न संकटाले ठूलै कसरत गर्नुपर्ने हुन्छ ।

1 Comment

Trending