Headline

भारत अण्डर १९ बिश्वकपको सेमिफाइनलमा

Published

on

भारत दक्षिण अफ्रिकामा जारी आईसिसि अण्डर १९ बिश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको क्वार्टर फाइनलमा भारतले उत्कृष्ट बलिङ्ग प्रदर्शन गर्दै अष्ट्रेलियालाई ७४ रनले पराजित ग¥यो ।

२०१८ को बिजेता भारतले अब प्रतियोगिताको फाइनलका लागि पाकिस्तान र अफगानिस्ताबीच हुने अर्को क्वार्टरफाइनल बिजेतासँग खेल्नेछ । अण्डर १९ बिश्वकपको सबैभन्दा सफल मध्ये एक टिम अष्ट्रेलियाले अब बढीमा पाचौं स्थान सम्म प्रतियोगिता सक्काउनेछ ।

अण्डर १९ बिश्वकप भारतले सर्वाधिक चार र अष्ट्रेलियाले तीन पटक जितेको छ । पाकिस्तान दुई पटकको बिजेता हो भने इङ्गल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिज एक–एक पटक च्याम्पियन भएका थिए ।

पोचेस्टरुममा भएको खेलमा टस हारी पहिलो ब्याटिङ्ग गरेको भारतले ओपनर यसस्वी जयसवाल र अथर्व अन्कोलेकरको अद्र्धशतकको मद्दतमा ९ विकेट गुमाउदै २ सय ३३ रन बनायो । स्याम फ्यानिङ्गले उत्कृष्ट ब्याटिङ्ग गर्दै अद्र्धशतक बनाए पनि अष्ट्रेलिया ४३ दशमलव ३ ओभरमा एक सय ५९ रनमै समेटिएको थियो ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा कार्तिक त्यागीले सर्वाधिक चार विकेट लिएका थिए भने आकाश सिँहले तीन विकेट हात पारे । फ्यानिङ्गले १ सय २७ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ७५ रन बनाए । लियम स्कटले फ्यानिङ्गसँग छैटौं विकेटका लागि ८१ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई खेलमा फर्काएका थिए ।

तर दुवै ब्याट्स्म्यान ६ रनको अन्तरमा पेभिलियन फर्केपछि अष्ट्रेलियाको इनिङ्गस धराशायी हुन पुगको थियो । अष्ट्रेलियाले अन्तिम पाँच विकेट मात्र १० रन जोड्दा गुमाएको थियो । स्कटले ७१ बलमा ३५ रन बनाएका थिए । उनले दुई चौका र एक छक्का प्रहार गरे ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको भारतका लागि जयसवालले ८२ बलमा ६२ रन बनाएपनि टोलीलाई राम्रो योगफलतर्फ मिडल अर्डरले डो¥याएको थियो । एक सय ४४ रनमा ६ विकेट गुमाएको भारतलाई अन्कोलेकरले रवि बिस्नोइ (३०) सँग ६१ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्हालेका थिए ।

५४ बलको सामना गर्दै ५५ रन बनाएका अन्कोलेकरले पाँच चौका र एक छक्का प्रहार गरे । जयसवालको इनिङ्गसमा ६ चौका र दुई छक्का सामेल थियो । अष्ट्रेलियाका लागि कोरि केली र टड मर्फिले दुई–दुई विकेट लिए ।

Click to comment

Trending