घरेलु टोली दक्षिण अफ्रिका बिरुद्ध जोहानेस्बर्गमा जारी चौथों टेस्टको पहिलो दिन इंग्ल्यान्डले टेस्ट क्रिकेटको इतिहासमा पाँच लाख रन पुरा गर्ने पहिलो टोली बनेको छ ।
इंग्ल्यान्डले एक हजार २२औं टेस्टमा पाँच लाख रन पुरा गरेको हो ।
टेस्ट क्रिकेटमा धेरै रन बनाउने देशको पहिलो स्थानको इंग्ल्यान्ड दोश्रो स्थानको अस्ट्रेलिया भन्दा करिब ६८ हजार रनले अघि रहेको छ । अस्ट्रेलियाली ८३० टेस्टमा चार लाख ३२ हजार सात सय छ रन बनाएको छ भने तेश्रो स्थानको भारतले पाँच सय चालिस टेस्टमा दुई लाख ७३ हजार पाँच सय १८ रन बनाएको छ ।
चौथों स्थानमा वेस्ट इण्डिज रहेको छ भने इंग्ल्यान्डसँग खेलिरहेको दक्षिण अफ्रिकाले ४३९ टेस्टमा दुई लाख १६ हजार चार सय ५२ रन बनाएको छ ।
टेस्ट मान्यता प्राप्त गर्ने सबैभन्दा कान्छो टोली आयरल्यान्डले तीन खेलमा ११ सय ७४ रन बनाएको छ भने आयरल्यान्डसँगै टेस्ट मान्यता पाएको अफगानिस्तानले चार टेस्टमा १५ सय ८४ रन जोडेको छ ।
टेस्टमा धेरै रन बनाउने देश
देश टेस्ट रन
इंग्ल्यान्ड १०२२* ५,००,०००+
अस्ट्रेलिया ८३० ४,३२,७०६
भारत ५४० २,७३,५१८
वेस्ट इण्डिज ५४५ २,७०,४४१
दक्षिण अफ्रिका ४३९* २,१६,४५२
पाकिस्तान ४२७ २,०९,८६९
न्युजिल्यान्ड . ४४० २,०४,१७२
श्रीलंका २८८ १,४५,२१८
बंगलादेश ११७ ५३,११५
जिम्बाब्वे १०८ ४९,८६९
अफगानिस्तान ४ १,५८४
आयरल्यान्ड ३ १,१७४
आईसीसी विश्व ११ १ ३३४