Connect with us

Trending

इंग्ल्यान्डको पाँच लाख रन पुरा 

wesportz

Published

on

घरेलु टोली दक्षिण अफ्रिका बिरुद्ध जोहानेस्बर्गमा जारी चौथों टेस्टको पहिलो दिन इंग्ल्यान्डले टेस्ट क्रिकेटको इतिहासमा पाँच लाख रन पुरा गर्ने पहिलो टोली बनेको छ ।

इंग्ल्यान्डले एक हजार २२औं टेस्टमा पाँच लाख रन पुरा गरेको हो ।

टेस्ट क्रिकेटमा धेरै रन बनाउने देशको पहिलो स्थानको इंग्ल्यान्ड दोश्रो स्थानको अस्ट्रेलिया भन्दा करिब ६८ हजार रनले अघि रहेको छ । अस्ट्रेलियाली ८३० टेस्टमा चार लाख ३२ हजार सात सय छ रन बनाएको छ भने तेश्रो स्थानको भारतले पाँच सय चालिस टेस्टमा दुई लाख ७३ हजार पाँच सय १८ रन बनाएको छ ।

चौथों स्थानमा वेस्ट इण्डिज रहेको छ भने इंग्ल्यान्डसँग खेलिरहेको दक्षिण अफ्रिकाले ४३९ टेस्टमा दुई लाख १६ हजार चार सय ५२ रन बनाएको छ ।

टेस्ट मान्यता प्राप्त गर्ने सबैभन्दा कान्छो टोली आयरल्यान्डले तीन खेलमा ११ सय ७४ रन बनाएको छ भने आयरल्यान्डसँगै टेस्ट मान्यता पाएको अफगानिस्तानले चार टेस्टमा १५ सय ८४ रन जोडेको छ ।

 

टेस्टमा धेरै रन बनाउने देश 

देश                     टेस्ट                          रन

इंग्ल्यान्ड               १०२२*                    ५,००,०००+

अस्ट्रेलिया              ८३०                       ४,३२,७०६

भारत                    ५४०                       २,७३,५१८

वेस्ट इण्डिज           ५४५                       २,७०,४४१

दक्षिण अफ्रिका        ४३९*                     २,१६,४५२

पाकिस्तान              ४२७                       २,०९,८६९

न्युजिल्यान्ड .          ४४०                        २,०४,१७२

श्रीलंका                 २८८                        १,४५,२१८

बंगलादेश              ११७                          ५३,११५

जिम्बाब्वे                १०८                          ४९,८६९

अफगानिस्तान          ४                              १,५८४

आयरल्यान्ड             ३                               १,१७४

आईसीसी विश्व ११    १                               ३३४

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Headline

एक समय च्याम्पियनशिपका दुई चिर प्रतिद्वन्दी आज प्रिमियर लिगमा भिड्दै

wesportz

Published

on

प्रिमियर लिग अन्तर्गत शुक्रबार अपराजित एस्टन भिल्लाले लिड्स युनाइटेडको समाना गर्दै छ ।

धेरै समयमा इङ्ल्याण्डको दोस्रो डिभिजन, च्याम्पियन्शिपमा चिर प्रतिद्वन्दीको रुपमा खेलेका यि दुई टोली प्रिमियर लिगमा भने २००४ पछि पहिलो खेल खेल्दै छन् ।

अन्तिम पटक प्रिमियर लिगमा २००४ को भेटमा २-० ले बिजयी रहेको एस्टन भिल्लाले २०१८ मा अन्तिम पटक च्याम्पियनशिपमा खेल्दा भने ३-२ को रोमान्चक हार व्यहोरेको थियो ।

हाल प्रिमियर लिगको कुरा गर्ने हो भने एस्टन भिल्ला पाँच खेल खेल्दै अपराजित रहेको छ । भिल्लाको किर्तिमानी अपराजित यात्रालाई पुरानो प्रतिस्पर्धी लिड्सको आँखा लाग्न सक्ने देखिन्छ ।

एस्टन भिल्लाका लागि मिड्फिल्डका दुई स्टार खेलाडीहरु ज्याक ग्रिलिस र चेल्सीबाट लोनमा आएका रोस बार्कलीको खेलले धेरै प्रभाव पार्ने देखिन्छ । लिड्स युनाइटेड भने एस्टन भिल्ला विरुद्धको खेलका लागि पूर्ण तयार देखिएको छ । अघिल्लो खेलमा वुल्भ्ससँग १-० ले पराजित भए पनि लिड्सको खेल निकै उत्कृष्ट देखिएको थियो ।को

शुक्रबार जित हात पारेको खण्डमा एस्टन भिल्ला २०११ पछि पहिलो पटक प्रिमियर लिगको शिर्ष स्थानमा पुग्न सफल हुने छ ।

खेल नेपाली समय अनुसार रातको १२:४५ मा सुरु हुने छ ।

Continue Reading

Headline

नियन्त्रण गुमाएर रेड कार्ड खादा हिग्वेन लगातार बिवादमा

wesportz

Published

on

आफूमाथिको नियन्त्रण गुमाउदै एकपछि अर्को बिवादमा आएका अर्जेन्टाइन फर्वार्ड गोन्जालो हिग्वेनलाई उनको मेजर लिग सकर टोली इन्टर मायामीका प्रशिक्षक डिएगो अलोन्सोले धैर्य धारण गर्न आग्रह गरेका छन् ।

पुर्व रियल म्याड्रिड र युभेन्टस स्ट्राइकर हिग्वेनले गत सप्ताहन्त मोन्ट्रियालबिरुद्धको खेलका दौरान असन्तुष्टि व्यक्त गर्दै म्याच अफिसियलहरुसँग झगडा गर्न गएका थिए । लुईस रोबल्सको अनुपस्थितिमा कप्तानी सम्हालेका हिग्वेनले अब शनिबार हुने ओर्लान्डो सिटीबिरुद्धको साउथ फ्लोरिडा डर्बी गुमाउने भएका छन् ।

डेविड बेक्ह्यामको मायामी प्लेअफलाई प्लेअफबाट बञ्चित हुने खतरा कायम रहेको छ । सेप्टेम्बरमा युभेन्टसबाट मायामी गएका हिग्वेनले अमेरिकी प्रथम श्रेणी फुटबलमा बिश्वस्तरीय खेल प्रदर्शन गरेका छन् तर सँगसँगै उनी बिवादित पात्र पनि बन्न पुगेका छन् ।

एमएलसको डेब्यु खेलमै पेनाल्टीमा गोल गर्न चुक्दा उनले फिलाडेल्फिया युनियनका खेलाडीहरुसँग झगडा गरेका थिए भने फ्रेञ्च लेजेण्ड थिएरी हेन्रीको मोन्ट्रियालबिरुद्धको खेलमा देखाएको असन्तुष्टिले उनी बिवादबाट अछुतो रहन सकिरहेका छैनन् ।

बेक्ह्यामको टोली लिग चरणमा मात्र चार खेल बाकि रहेको स्थितिमा प्लेअफ स्थानबाट बाहिर रहेको छ । मेक्सिकन खेलाडी रोडोल्फो पिजारो अबको खेलमा फर्किने त छन् तर एक गोल मात्र गर्दा गर्दै पनि मायामीको आक्रमणमा प्रमुख भुमिका खेलिरहेको हिग्वेनको अनुपस्थिति क्लबका लागि घातक सिद्ध हुन सक्नेछ ।

“मलाई व्यक्तिगत रुपमा मैदानमा आफ्नो टोलीको रक्षा गर्ने खेलाडी मन पर्छ । तर आफ्नो प्रतिबद्धता देखाउने क्रममा मैदान बाहिरिने काम गर्नु भएन । हिग्वेन क्लब, कोचिङ्ग स्टाफ र टिममेटहरुप्रति निकै प्रतिबद्ध रहेका छन्,” प्रशिक्षक अलोन्सोले भने ।

मायामीका खेलाडीहरुले मोन्ट्रियाललाई बिजयी गोल दिएकोमा असन्तुष्टि पोख्दै आएका थिए र टिमका डिफेन्डर लियान्ड्रो गोन्जालेज–पिरेजका अनुसार हिग्वेनको घमण्डी व्यवहारका कारण तनाव उत्पन्न भएको थियो ।

“हामीले यसमा सुधार ल्याउन आवश्यक छ । रेफ्रिको निर्णय हाम्रो लागि बहाना हुन सक्दैन । यस बिषयमा हामीले ड्रेसिङ्ग रुममा छलफल गरेका छौं र अब कसरी अगाडी बढ्ने त्यो पनि सोचिरहेका छौं,” अलोन्सोले भने ।

Continue Reading

Headline

रोनाल्डोलाई दोस्रो पटक कोरोना संक्रमण,बार्सिलोना विरुद्धको खेल गुमाउने

wesportz

Published

on

लगातार दोस्रो पटक कोरोना भाइरसको परिक्षणमा नतिजा पोजेटिभ आए पछि कृष्चियानो रोनाल्डोले युएफा च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाउने पक्का भएको छ ।

युएफाको कोभिड-१९ प्रोटोकलका अनुसार खेलाडीले खेल हुनु भन्दा एक साता अगाडि नेगेटिभ परीक्षण गर्नु पर्ने हुन्छ तर रोनाल्डोको आज गरिएको परिक्षणमा  नतिजा नेगेटिभ  नआएको कारण उनले च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना विरुद्धको समूह चरणको खेल गुमाउने पक्का भएको छ ।

एक साता अघि पोर्चुगल फुटबल संघले सुपरस्टार  फुटबलर  क्रिष्चियानो रोनाल्डोलाई कोरोना भाईरस संक्रमण भएको बताएको थियो ।

३५ बर्षिय रोनाल्डोले प्रशिक्षण स्थल छोड्दै आइसोलेसनमा गएका थिए । नेसन्स लिग अन्तर्गत फ्रान्स विरुद्धको खेल सकिए पछि भएको कोरोना भाईरसको परिक्षणजो नतिजामा उनको परीणाम पोजेटिभ आएको थियो ।

दोस्रो चोटी नतिजा पोजेटिभ आए पनि रोनाल्डोले उनलाई कोरोना भाइरसको कुनै पनि लक्षण देखा नपरेको र आफु स्वास्थ्य रहेको बताएका थिए ।

 

Continue Reading
Headline27 mins ago

एक समय च्याम्पियनशिपका दुई चिर प्रतिद्वन्दी आज प्रिमियर लिगमा भिड्दै

Headline1 hour ago

नियन्त्रण गुमाएर रेड कार्ड खादा हिग्वेन लगातार बिवादमा

IPL 202012 hours ago

पाण्डे र शंकरको शतकीय साझेदारीमा हैदराबादको सहज जित

IPL 202014 hours ago

राजस्थानको सामान्य ब्याटिङ, हैदराबादलाई १५५ रनको लक्ष्य 

IPL 202016 hours ago

टस जितेर हैदराबाद पहिले फिल्डिङ गर्दै

Headline17 hours ago

रोनाल्डोलाई दोस्रो पटक कोरोना संक्रमण,बार्सिलोना विरुद्धको खेल गुमाउने

IPL 202017 hours ago

जित्नै पर्ने खेलमा राजस्थान र हैदराबाद भिड्दै 

IPL 202018 hours ago

भारतले गर्ने अस्ट्रेलिया भ्रमण सुनिश्चित, अस्ट्रेलिया सरकारले दियो स्विकृति

Headline22 hours ago

इङ्गल्याण्ड र अमेरिकासँग मैत्रीपूर्ण नखेल्ने अष्ट्रेलियाको निर्णय

Headline23 hours ago

अनपेक्षित संकट टार्न क्लासिकोबाट जवाफ दिने पर्खाइमा रियल म्याड्रिड

Headline1 month ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline6 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline1 month ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline2 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline5 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline2 weeks ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline2 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Headline3 months ago

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Headline4 months ago

बिपरित ध्रुवका बार्सिलोना र रियल म्याड्रिड अहिले एकै सिक्काका दुई पाटा

Trending