Headline

सबैभन्दा चाडो कहिले जित्न सक्छ लिभरपुलले प्रिमियर लिग ?

Published

on

“वि आर गोइङ टु विन द लिग” (हामी लिग जित्न गइरहेका छौं) – म्यानचेस्टर युनाइटेडलाई २–० ले हराए लगत्तै एन्फिल्डको बार्दलीबाट लिभरपुलका समर्थकहरु उत्रदै गर्वका साथ लगाएको नारा हो यो । लिभरपुल अहिले अंक तालिकामा म्यानचेस्टर सिटीभन्दा १३ अंकले अगाडी छ भने उसको हातमा दुई खेल अझै छ ।

३० बर्षको संघर्ष र थोरैले चुकेका समयपछि यो सिजन सन् १९९० यता लिभरपुलले पहिलो लिग उपाधि पाउदा समर्थकहरुलाई कस्तो हुन्छ होला ? अब बाँकी छ त केवल योर्गन क्लोपको खुशियाली हेर्न मात्र ।

तर च्याम्पियन भएर मात्र भएन । लिभरपुल समर्थकहरु एभर्टनलाई गुडिसन पार्क वा म्यान्चेस्टर सिटीलाई इतिहादमा हराएर लिग जितेको हेर्न चाहन्छन् र यो सम्भव पनि छ । सबैभन्दा चाडो कहिले जित्ला त लिभरपुलले इङ्गलिस प्रिमियर लिग ?

लिभरपुललाई गुडिसन पार्कमा उपाधि जित्न के हुनु पर्छ ?

सरल भाषामा भन्नु पर्दा लिभरपुलले जिति राख्नुप¥यो र म्यानचेस्टर सिटी पनि खस्कदै जानु प¥यो । लिभरपुलको अहिले प्रति खेल औषत अंक २ दशमलव ९ रहेको छ भने सिटीको २ दशमलव ०८ । यहि औषतमा दुवै टोली अगाडी बढ्ने हो भने लिभरपुलले मार्च १४ मा एभर्टनलाई हराए उपाधि जित्ने छ । एमर्टनलाई हराउदा लिभरपुलको अग्रता २३ देखि २५ अंक सम्मको हुनेछ भने लिगमा जम्म २४ अंकको लागि मात्र खेल बाकी हुनेछ ।

एभर्टनलाई हराउनुको अर्थ लिभरपुलको लागि ठूलो पनि छ । गत सिजन गुडिसन पार्कमै लिभरपुल गोलरहित बराबरीमा रोकिएपछि उपाधि दौडबाट बाहिर भएको मान्नेहरु धेरै छन् । तर अब एभर्टनलाई हराउदै उपाधि जितेको खण्डमा लिभरपुल समर्थकहरुका लागि यो सुनमा सुगन्ध थपे जस्तो हुनेछ ।

सिटीको इतिहादमा स्टेडियममा उपाधि जित्न लिभरपुललाई के गर्न आवश्यक छ ?

दुबै टिमले आफ्ना सबै आउने खेलहरु जित्ने हो भने लिभरपुलले इतिहादमा अप्रिल ४ मै उपाधि जित्ने छ । त्यो म्याचका लागि जादा लिभरपुलको ९१ अंक हुनेछ भने सिटी १९ अंक पछाडी रहेको हुनेछ । त्यो खेलपछि १८ अंकको लागि मात्र खेल्नु पर्ने भएकोले सिटीमा बराबरी मात्रै गरेपनि लिभरपुलले इतिहादबाटै प्रिमियर लिग टाइटल लिएर जानेछ ।

सबैभन्दा चाडो कहिले जित्ला त लिभरपुलले उपाधि ?

लिभरपूलले सैद्धान्तिक रूपमा फेब्रुअरी २ मा वाटफोर्डमा आफ्नो सिजनको २८ औं प्रिमियर लिग खेल जित्दै उपाधि जित्न सक्छ । तर यसका लागि लिभरपुलले आफ्ना सबै खेल जित्नुपर्नेछ भने सिटीले सबै हार्ने । यसै कारण यो केही अव्यवहारिक सुनिन्छ । सिटीले अब आफूले खेल्ने पाँच खेल हार्ने हो भने लेस्टर, जो अहिले तेश्रो छ, कागजी रुपमै भएपनि उपाधि होडमा कायम रहनेछ । लिभरपुललाई के ज्ञान छ भने अब बाकी रहेका १६ मध्ये १० खेल मात्र जित्दा पनि उसलाई च्याम्पियन हुनबाट कसैले रोक्न सक्दैन ।

कुन टिमले सबैभन्दा चाडो जितेको थियो प्रिमियर लिगको उपाधि ?

गुडिसन पार्क वा इतिहादमा उपाधि जित्ने हो भने लिभरपुलले आफ्नो पारम्परिक प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडको किर्तिमान भङ्ग गर्नेछ । युनाइटेडले सर एलेक्स फर्गुसन व्यवस्थापक रहदा सन् २०००–०१ अप्रिल १४ मा उपाधि जितेको थियो । खेल बाकी रहेको आधारमा सबैभन्दा चाडो उपाधि जित्ने किर्तिमान पनि युनाइटेडकै नाममा रहेको छ ।

युनाइटेडले अप्रिल १४ मा उपाधि जित्दा उसको हातमा पाँच खेल रहेको थियो । सिटीले पनि २०१७–१८ मा उपाधि जित्दा उति नै खेल हातमा रहेको थियो । लिभरपुलले गुडिसन पार्कमा उपाधि उचाल्ने हो भने उसको हातमा ८ खेल बाकी रहनेछ ।

२२ खेलपछि सबैभन्दा ठूलो अग्रता को सँग रहेको छ ?

लिभरपुलले यो सिजन धेरै किर्तिमान राखेपनि सबै भन्दा ठूलो अग्रताको किर्तिमान भने आफ्नो पक्षमा बनाउन सकेन । म्यान्चेस्टर यूनाइटेडलाई हराएपछि नयाँ कोशेढुँगा पार गरेको लिभरपुलले सबैभन्दा ठूलो अग्रताको बराबरी भने गर्न सफल भएको हो । २२ खेल सकिदा १६ अंकको दुरीमा रहने यो किर्तिमानमा लिवरपुलले चेल्सीको २००५–०६ को किर्तिमानलाई बराबरी गरेको हो ।

ठूलो अग्रता लिएर पनि लिग उपाधिमा चुक्ने टिम कुन हो ?

“आइ वुड लभ इट इफ वि बिट देम, लभ इट” (उनीहरुलाई हराउने हो भने मलाई एकदम राम्रो लाग्नेछ) – सन् १९९५–९६ को सिजनको दोस्रो हाफमा म्यान्चेस्टर युनाइटेडले आफ्नो अग्रतालाई घटाउदै जादा न्युकासलका केभिन किगनको यो टिभीमै हाकेको फुर्ति कसले बिर्सन सक्छ र ? सिजनको को शुरुवातमा किगनको न्युकासलले १२ अंकको अग्रता बनाइसकेको थियो । तर अन्तिममा युनाइटेडभन्दा चार अंकले पछी परेपछि न्युकासल नराम्ररी उपाधि जित्नबाट चुकेको थियो । प्रिमियर लिगमा ठूलो अग्रता लिएर पनि उपाधि जित्न नसकेको टोली न्युकासल नै हो ।

यो एक मात्र किर्तिमान हो जसलाई लिभरपुलले पक्कै पनि तोड्न चाहदैन ।

Click to comment

Trending