Headline

एडिलेड बिरुद्ध विकेट बिहिन सन्दिप, किर्तिमान बनाउन अर्को खेल सम्म कुर्न पर्ने 

Published

on

बिग ब्यास लिग अन्तर्गत आफ्नो १३औं खेलमा नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले मेलबर्न स्टार्सबाट खेल्दै एडिलेड स्ट्राइकर्स बिरुद्ध विकेट बिहिन रहे । तीन ओभर बलिङ गरेका सन्दिपले २४ रन खर्चिए ।
सन्दिप ट्वान्टी ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली बलर बन्ने संघारमा रहेका छन् । आजको खेलमा सन्दिपले दुई विकेट लिनसकेको खण्डमा उनी ट्वान्टी ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली बलर बन्ने थिए तर आज विकेट निकाल्न नसके पछि उनले अर्को खेल सम्म कुर्न पर्ने भएको छ ।
सन्दिपले हाल सम्म १८ वटा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय र ५४ वटा ट्वान्टी ट्वान्टी खेलमा क्रमसः २८ र ७० विकेट निकाल्दै ९८ विकेट आफ्नो नाममा दर्ता गराई सकेका छन् ।
आजको खेलको आफ्नो पहिलो ओभरमा एक डबल र तीन सिंगल सहित पाँच रन खर्चिएका सन्दिप दोश्रो ओभरमा महँगो साबित हुँदै १३ रन खर्चिए । दोश्रो ओभरको पहिलो, दोश्रो, पाँचौं ओभरमा एक एक सिंगल खर्चिए भने अन्तिम बल डट फ्याक्न सफल भएका सन्दिपको तेश्रो तथा चौथों बलमा एलेक्स क्यारीले क्रमसः चौका र छक्का प्रहार गरे ।   
दोश्रो ओभरमा महँगो साबित भएका सन्दिपको तेश्रो ओभरमा एडिलेडका ब्याट्सम्यानहरुले मात्र छ रन चोर्न सके । पहिलो र तेश्रो बलमा सन्दिपले डट फ्याक्न सके भने दोश्रो बलमा जोनाथन वेल्सले एक चौका प्रहार गरे । चौथों बलमा लेग बाईमा एक रन गयो भने बाँकी दुई बलमा उनले दुई सिंगल खर्चिए ।
आजको ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको एडिलेडले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १६२ रन बनाएको छ ।

Click to comment

Trending