बिग ब्यास लिग अन्तर्गत आफ्नो १३औं खेलमा नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले मेलबर्न स्टार्सबाट खेल्दै एडिलेड स्ट्राइकर्स बिरुद्ध विकेट बिहिन रहे । तीन ओभर बलिङ गरेका सन्दिपले २४ रन खर्चिए ।
सन्दिप ट्वान्टी ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली बलर बन्ने संघारमा रहेका छन् । आजको खेलमा सन्दिपले दुई विकेट लिनसकेको खण्डमा उनी ट्वान्टी ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली बलर बन्ने थिए तर आज विकेट निकाल्न नसके पछि उनले अर्को खेल सम्म कुर्न पर्ने भएको छ ।
सन्दिपले हाल सम्म १८ वटा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय र ५४ वटा ट्वान्टी ट्वान्टी खेलमा क्रमसः २८ र ७० विकेट निकाल्दै ९८ विकेट आफ्नो नाममा दर्ता गराई सकेका छन् ।
आजको खेलको आफ्नो पहिलो ओभरमा एक डबल र तीन सिंगल सहित पाँच रन खर्चिएका सन्दिप दोश्रो ओभरमा महँगो साबित हुँदै १३ रन खर्चिए । दोश्रो ओभरको पहिलो, दोश्रो, पाँचौं ओभरमा एक एक सिंगल खर्चिए भने अन्तिम बल डट फ्याक्न सफल भएका सन्दिपको तेश्रो तथा चौथों बलमा एलेक्स क्यारीले क्रमसः चौका र छक्का प्रहार गरे ।
दोश्रो ओभरमा महँगो साबित भएका सन्दिपको तेश्रो ओभरमा एडिलेडका ब्याट्सम्यानहरुले मात्र छ रन चोर्न सके । पहिलो र तेश्रो बलमा सन्दिपले डट फ्याक्न सके भने दोश्रो बलमा जोनाथन वेल्सले एक चौका प्रहार गरे । चौथों बलमा लेग बाईमा एक रन गयो भने बाँकी दुई बलमा उनले दुई सिंगल खर्चिए ।
आजको ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको एडिलेडले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १६२ रन बनाएको छ ।
कप्तान रोहित कुमार पौडेलले शतक तथा तीब्र गतिका बलर सोमपाल कामीले पाँच विकेट हात पार्दा अमेरिका भ्रमणको दोश्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीले ह्युस्टनहरिकेन्स माथि ३० रनको फराकिलो जित हात पारेको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रोहितको शतकको मद्दतमा ४९ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर २५० रन बनायो भने सोमपालले पाँच विकेट निकाल्दा ह्युस्टनले ४३ दशमलब तीन ओभर खेल्दा आफ्ना सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।
कप्तान सन्दिप लामिछानेलाई विश्राम दिँदा नेपाली टोलीको कप्तानी सम्हालेका रोहितले नेपालको तर्फबाट सर्वाधिक १०१ रन बनाए । रन आउट हुनु अघि चौथो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ९० बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतमा १०१ रन जोडे ।
रोहित बाहेक नेपालको लागि आरिफ शेखले ४१, दिपेन्द्र सिंह ऐरीले २४, देव खनालले १९, सुनिल धमलाले १३, करण केसीले १२ रन बनाए भने अन्य बलरहरुले दोहोरो अंकमा रन निकाल्न सकेनन् । कुशल भुर्तेल एक, बिनोद भण्डारी चार, सुशन भारी पाँच तथा सागर ढकाल दुई रन जोड्दै पेभेलियन फर्किए भने किशोर महतो आठ रनमा अविजित रहे ।
ह्युस्टनका मोहम्मद इलियासले १० ओभरमा ६४ रन दिएर सर्वाधिक पाँच विकेट लिए भने हर्मित सिंहले दुई तथा हसन रसिदले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।
ह्युस्टनको लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका निनाद निम्बालकरले ८१ बल खेल्दै १२ चौका र दुई छक्का सहित आक्रामक ९९ रन बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । त्यस बाहेक रामिज राजाले २९, गौरव बजाजले १५, उस्मान रफिकले १२ तथा नितिश कुमारले १० रनको पारी खेले ।
निम्बालकरलाई ९९ रनमा नै रोक्दै नेपाललाई जित दिलाउन उल्लेख्य भूमिका खेलेका सोमपाल कामीले आठ दशमलब तीन ओभरमा ३८ रन दिएर सर्वाधिक पाँच विकेट हात पारे । त्यस बाहेक किशोर महतो र सागर ढकालले समान २-२ तथा करण केसीले एक विकेट हात पारे ।
कप्तान हार्दिक पान्ड्या बल र ब्याट दुवैबाट चम्किए पछि पहिलो सिजनको विजेता राजस्थान रोयल्स माथि सात विकेटको सहज जित निकाल्दै नव प्रवेशी गुजरात टाइटान्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चुमेको छ ।
अहमदाबादमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले नौ विकेटको नोक्सानीमा १३० रन मात्र जोड्न सक्यो भने गुजरातले तीन विकेट गुमाएर ११ बल अगावै जित दर्ता गर्यो ।
पहिलो पटकमा नै गुजरातलाई उपाधि दिलाउने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित पान्ड्याले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने ३० बलमा तीन चौका र एक छक्का सहित ३४ रनको योगदान दिए ।
गुजरातको जितमा ओपनर शुबमनगिलले ४३ बलमा अविजित ४५ तथा डेविड मिलरले आक्रामक पारी खेल्दै १९ बलमा तीन चौका र एक छक्का सहित अविजित ३२ रनको पारी खेले । ओपनर रिद्दिमन साह पाँच तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका म्याथ्यु वेड आठ रनमा आउट हुँदा खराब सुरुवात गरेको गुजरातको लागि पान्ड्या र गिलले ५३ बलमा ६३ तथा मिलर र गिलले २९ बलमा अविजित ४७ रन जोड्दै उपाधि दिलाए ।
यस अघि पान्ड्या बाहेक रविश्रीनिवासनसाई किशोरले दुई तथा रशिद खान, यश दयाल र मोहम्मद शामीले समान १-१ विकेट निकाल्दा राजस्थान सस्तोमै समेटिन पुग्यो ।
राजस्थानको लागि जस बटलरले सर्वाधिक ३९, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सन्जु सामसनले १४ तथा शिम्रोनहेटमायर र ट्रेन्ट बोल्टले समान ११-११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा फाइनलमा ठुलो योगफल जोड्न सकेन ।
२०१८ को च्याम्पियन्स लिगमा रियल म्याड्रिडले च्याम्पियन्स लिग जित्दा लिभरपुलको पोस्टमा एकपछि अर्को खराब प्रदर्शन गरेका लोरिस केरियस नकारात्मक चर्चामा थिए ।
स्पेनिस महारथीले एक पटक फेरि पेरिसमा प्रिमियर लिग क्लबलाई युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिताको फाइनलमा पराजित गर्दा एक पटक फेरि गोलकिपरकै चर्चा चुलियो । तर यसपटक उत्कृष्ट खेल पस्केका रियलका बेल्जियन गोलकिपर थिबाउ कोर्टुवाको ।
कोर्टुवाले एक पछि अर्को गर्दै उत्कृष्ट बचाउहरु गरेपछि रियलले लिभरपुललाई १–० ले पराजित गर्दै किर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि उचाल्यो ।
“जब कुनै खेलमा गोलकिपर म्यान अफ द म्याच हुन्छन् तब अर्को टोलीमा समस्य छ भनेर बुझ्दा हुन्छ,” लिभरपुल व्यवस्थापक योर्गन क्लोपले भने । स्टाड डि फ्रान्समा एक घन्टाको खेल पुरा हुनु अघि भिनिसियस जुनियरले निर्णायक गोल गरेपनि रियलको जित कोर्टुवाबिना सम्भव नै थिएन ।
खेल अवधिभर कुल नौं बचाउ गरेका कोर्टुवाको उत्कृष्ट बचाउहरुमा मोहम्मद सलाहको प्रहारलाई सशक्त ढँगले रोक्नु थियो भने शुरुवातमै सादियो मानेको सटलाई बचाउ गर्नु थियो । “सबैभन्दा निर्णायक मानेबिरुद्धको बचाउ थियो । मैले उनलाई रोक्न आफ्नो दुई मिटरको प्रयोग गर्दै केही सेकेण्डमै रिबाउन जोगाउनु पर्ने चुनौति पनि थियो,” कोर्टुवाले खेलपछि भने ।
केभिन डि ब्रुनसँगै बेल्जियन टोली गेन्कमा घरेलु उपाधि उचालेका ३० बर्षिय कोर्टुवाले आफ्नो करिअरमा ठूला उपलब्धिहरु हात पारिसकेका छन् । उनले एट्लेटिको म्याड्रिड, चेल्सी र रियलबाट स्पेन र इंगल्याण्डको घरेलु लिग जितेका छन् एट्लेटिकोबाट युरोपा लिग पनि जितिसकेका छन् ।