Headline

बल गर्ललाई केराको बोक्रा छोडाउन लगाएपछि अष्ट्रेलियन ओपनमा फ्रेञ्च प्लेयर बिवादमा

Published

on

अष्ट्रेलियन ओपनमा बल गर्ललाई केराको बोक्रा छोडाउन लगाएपछि सर्वत्र बिवादमा तानिएका फ्रान्सका टेनिस खेलाडी इलियट बेन्चेट्रिट आफ्नो रक्षामा उत्रिएका छन् ।

२१ बर्षिय बेन्चेट्रिटले शनिबार काजख्स्थानका दिमित्री पोप्कोबिरुद्ध भएको खेलको बीचमा हालसम्म नाम नखुलेकी उक्त बल गर्ललाई केराको बोक्रा छोडाउन लगाएका थिए । बल गर्लले बोक्रा छोडाउनु अघि नै अम्पायर जोन ब्लोमले उनलाई रोक्दै बेनचेट्रिटलाई भनेका थिएः बल गर्ल मेरो नोकर होइन र केराको बोक्रा मैले आफै छोडाउनु पर्छ ।

टेनिस रिपोर्टर एलेक्स थिओडोरिडिसले ट्विटरमा १५ सेकेण्डको त्यो भिडियो पाँच लाख मान्छेले हेरेका थिए भने बेन्चेट्रिटको पनि नराम्ररी आलोचना भएको थियो । बेन्चेट्रिटले सामाजिक संजालमा यो घट्नाले यस्तो रुप लिने आफूले बिश्वास नै नगरेको बताए ।

बेन्चेट्रिटले आफूले भर्खरै हातमा क्रिम लगाएको कारण पसिनाबाट बच्नको लागि बल गर्ललाई सहयोग गर्न मात्र लगाएको भन्दै उनले त्यही खेलमै यसअघि पनि बल गर्ललाई केरा छोडाउन लगाएको तर अम्पायरले ध्यान नदिएको बताए ।

“मलाई अम्पायरले त्यसरी भन्छन् भन्ने मैले सोचकै थिइन । सामाजिक संजालमा सत्य तथ्य नबुझी यस्तो स्थितीलाई नियन्त्रण बाहिर लगिएको देखेर पनि मलाई अचम्म नै लागेको छ,” बेन्चेट्रिटले भने ।

सन् २०१७ को विम्बल्डनका दौरान एक बल बोइलाई आफ्नै छेउमा रहेको डस्टबिनमा आफूले जम्मा गरेको फोहोर फाल्न लगाएपछि स्पेनि टेनिस स्टार रफाएल नाडाललाई अल्छीको संज्ञा दिइएको थियो । पछि एक अन्तर्वातामा नाडालको त्यो घट्नालाई देखेकी १६ बर्षीया विम्बल्डन बल गर्ल एरिन मोरेथले त्यो अन्तरकृयाले अन्य बच्चाहरुले डाहा गरेको बताएकी थिइन् ।

“म यस्तै कामहरु गर्न चाहन्छु । म मद्दत गर्न चाहन्छ् किनभने मलाई लाग्छ म त्यो खेलको हिस्सा हु । र हामी त्यहा मुर्ति जसरी लामो समय त्यही उभिएर मात्र बस्न चाहदैनौं । व्यक्तिगत रुपमा मेरो लागि केही नगरि उभिनु चाही सबैभन्दा कठिन काम हो,” मोरेथले भनिन् ।

Click to comment

Trending