Headline

सारापोभा पहिलो चरणबाट नै बाहिर 

Published

on

रसियन सुन्दरी मारिया सारापोभा अस्ट्रेलियन ओपनको पहिलो चरणबाट नै बाहिरिएकी छिन् ।
पाँच पटककी ग्रान्ड स्ल्याम बिजेता सारापोभा आफ्नो पहिलो खेलमा नै १९औं बरियताकी क्रोसियन खेलाडी ड़ोंना भेकिकसँग ६-३ र ६-४ को शोझो सेटमा पराजित भएकी हुन् ।
सन् २००८ मा अस्ट्रेलियन ओपनको उपाधि चुमेकी ३२ बर्षिय सारापोभाले यस पटक वाइल्ड कार्ड इन्ट्री पाएकी हुन् । पहिलो चरणबाट नै बाहिरिए पछि उनी बरियता क्रममा ३५० स्थान भन्दा तल झरेकी छिन् । जसले गर्दा उनले अब अर्को बर्षको अस्ट्रेलियन ओपन खेल्न पाउने पनि संकाको घेरामा परेको छ ।
गत बर्ष युएस ओपनका क्रममा काँधमा समस्या आए पछि पहिलो पटक कुनै पनि प्रतियोगिता खेलेकी सारापोभाले आगामी बर्षको अस्ट्रेलियन ओपन खेल्न पाउने सम्भावनाका बारेमा सोध्दा, उनले भनिन्  ‘खै मलाई थाहा छैन । केहि पनि थाहा छैन ।’
‘यस पटक म भाग्यमानी रहें । आयोजकहरुले मलाई यस प्रतियोगितामा खेल्ने मौका दिनु भयो । वहाँहरुलाई म धन्यबाद दिन चाहन्छु । आज मैंले अपेक्ष्या गरे अनुसार खेल्न सकिन र हारको सामना गर्न पुगे ।’
पुर्व नम्बर एक खेलाडी सारापोभा कुनै पनि ग्रान्ड स्ल्याम पहिलो चरणबाट नै बाहिरिएको यो तेश्रो पटक हो । उनी पहिलो पटक सन् २०१० मा अस्ट्रेलियन ओपनमा नै पहिलो चरणबाट आउट भएकी थिइन ।

Click to comment

Trending