Headline

युएफसिको पुनरागमनमा म्याक्ग्रेगर ४० सेकेण्डमै बिजयी

Published

on

संसारकै सबैभन्दा खतरनाक फाइट मानिने युएफसि (अल्टिमेट फाइटिङ्ग कम्पिटिसन) मा आयरल्याण्डका फाइटर कोनोर म्याक्ग्रेगरले पुनरागमन गर्दै ४० सेकेण्डमै जित हात पारेका छन् ।

युएफसि मिक्सड मार्सियल आर्टस अन्तर्गत रहेर अमेरिकामा शुरु गरिएको एक प्रतिस्पर्धा हो र बिगत २७ बर्षदेखि यो चल्दै आएपनि आधिकारिकता भने पाउन सकेको छैन । जसरी पनि फाइट गर्ने सकिने भएकाले खेलाडीहरुको लागि घातक सिद्ध हुने भएको ले नै युएफसीलाई प्रतिबन्ध लगाउनको लागि आवाजहरु उठ्दै आएका छन् ।

तर पैसा यसैमा छ ।

म्याक्ग्रेगर र सेरोन फाइट अघि

म्याक्ग्रेगर लामो समयदेखि युएफसिमा स्थापित नाम हो । तर अक्टोबर, २०१८ मा रसियन फाइटर खबिब नुर्मागोमेदेभसँग नराम्ररी पराजित भए यता उनी युएफसिको अक्टागन (फाइट हुने आठ कुने जाली) भित्र भने प्रवेश गरेका थिएनन् । उनले गत साल अमेरिकन बक्सर फ्लोयड मेवेदर जुनियरसँग व्यवसायिक बक्सिङ्ग म्याचमा भिडेका थिए तर पराजित हुन पुगे ।

उक्त एक खेलबाट मात्रै म्याक्ग्रेगरले चार करोढ पाउण्ड कमाएका थिए । यो सबै टिभि प्रशारण अघिकार र अन्य प्रायोजकले गर्दा प्राप्त हुने पैसा हो । म्याक्ग्रेगर र अमेरिकी डोनाल्ड सेरोनबीचको शनिबार रातिको प्रतिस्पर्धाले पनि दुवै फाइटरलाई उत्तिकै पैसा आउने थियो ।

यसको कारण थियो म्याक्ग्रेगरको झण्डै दुई बर्षपछिको पुनरागमन । यो खेलबाट म्याक्ग्रेगरले चार करोडभन्दा बढी कमाएको अनुमान गरिएको छ । उनी हारेको खण्डमा पनि उत्तिकै पैसा पाउने थिए ।

युएफसी इतिहासका दुई उत्कृष्ट फाइटरहरुको बीचमा म्याक्ग्रेगर नै हावी भए । उनले लगातार आक्रमणहरु गर्दा रेफ्रिले एक मिनेट भित्रै खेल रोक्दै म्याक्ग्रेगरलाई बिजयी घोषित गरेका थिए ।

“मैले आज राति इतिहास बनाए । यो मेरो नयाँ किर्तिमान हो । फिटरवेट र लाइटवेटपछि मैले वेल्टरवेटमा पनि नकआउट जित हात पारेको छु । म निकै खुशी छु,” म्याक्ग्रेगरले भने । म्याक्ग्रेगरले नोभम्बर २०१६ पछि पहिलो पटक युएफसीमा उपाधि जितेका हुन् ।

Click to comment

Trending