टोटेन्ह्यामका प्रशिक्षक होजे माउरिन्होले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले सही ढँगले आफ्नो काम नगरेको आरोप लगाएका छन् ।
इङ्गलिस प्रिमियर लिगको खेल चलिरहदा लिभरपुलका एन्डी रोबर्ट्सनले टोटेन्हयमका जफेत टगंगाको गोली गाठोमा कुल्चिए पनि रेफ्रीले भने फल दिएका थिएनन । लिभरपुलले खेल १–० ले आफ्नो पक्षमा पारे पनि सामाजिक संजालमा भने लिभारपुल लेखेर बिपक्षि समर्थकले मजाक उडाएका थिए ।
लिभरपुलका फुल ब्याक रोबर्टसनले खेलको ६६ औ मिनेटमा टगंगाको गोलीगाठोमा कुल्चिए पनि आफ्नो गल्ती मानेका थिएनन् ।
“हामीहरु पनि छक्क परेका थियौ । रोबर्टसनले टगंगाको गोलगाठोमा टेक्नु अघि बौद्धिक खेल खेलेको पनि स्विकार्नु पर्छ,” माउरिन्होले भनेका थिए । सधै बिवादास्पद अभिब्यक्ति दिदै चर्चामा आउने गरेका माउरिन्होले आफ्नै शैलीमा थपे पनिः “मलाई त लाग्छ भारका रेफ्रीहरु चिया खाँदै बस्छन ।”
टोटेन्ह्यामका बेञ्चका खेलाडीहरुले अपिल गर्न आग्रह गर्दा पनि रेफ्री मौन बसेका थिए । स्काई स्पोट्र्सलाई लिभरपूल भाग्यशाली हो भन्दै उनले भनेः “उनीहरूले दश खेलाडीहरूसँग खेल खेल्न सक्न सक्थे तर भार त्यो समयमा चिया खाइरहेका थिए र रातो कार्डको लागि तिनीहरूले रॉबर्टसनलाई हेर्दै हेरेनेन ।”
रेफ्री मार्टिन एटकिन्सनले भार नहेर्ने निर्णय दिएसँगै मोउरिन्हो आक्रमक बनेका थिए । खेलपछि क्रोधित हुँदै माउरिन्होले स्थितिलाई ठ्याक्कै चेल्सीसँगको खेलमा सोन हिउङ–मिनलाई एन्टोनियो रुडिगरले गरेको व्यवहारसँग तुलना गरे।
विश्वमा भारलाई लिएर असन्तुष्टी पोख्ने मोरिन्हो एक्ला व्यवस्थापक भने होइनन् । गत साता आर्सनल र क्रिस्टल प्यालेस भिडिरहदा प्यालेसका समर्थकहरुले “किलिङ द प्यासन, किलिङ द अट्मोस्फियर, किलिङ द गेम, इन्ड भिएआर” ब्यानर नै देखाएका थिए ।