Headline

उनी एक समय फुटबल लिजेण्ड थिए । अहिले उबर (ट्याक्सी) चलाएर गुम्नाम छन् ।

Published

on

हाकान सुकुर सन् १९९० र २००० को दशकमा टर्कीस फुटबल आइकन थिए तर टर्कीको राजनीतिमा प्रवेश गरेपछि उनी देशबाट भगाइए र अहिले उबर चालक भएर जीवन बिताइरहेका छन् ।

आफ्नो करिअरको उचाइमा रहदा सुकुर इन्टर मिलान र ब्ल्याकबर्न रोभर्सका लागि खेल्दै सन् २००८ मा टर्कीस क्लब गालातासारेबाट लिजेण्डको रुपमा फुटबलबाट बिदा भए । सन् २०११ मा सुकुर राजनीतिमा प्रवेश गर्दै टर्कीको संसदमा छिर्न सफल भए । तर उनको जीवन त्यसपछि मोडिन पुगे ।

टर्कीका राष्ट्रपति एर्दोगानको सरकारले सुकुर सरकारबिरुद्ध कु गर्ने समुहमा संलग्न भएको आरोप लगाउदै पक्राउ पुर्जी जारी गरेपछि उनी २०१५ मा देश छोड्न बाध्य भए । त्यसपछि उनी २०१७ मा अमेरिका प्रवेश गरे र त्यही बसेर उबर (प्राइभेट ट्याक्सी) चलाइरहेको एक जर्मन पत्रिकालाई अन्तर्वार्तामा भनेका छन् ।

“एर्दोगानले म बाट सबै खोसे, स्वतन्त्रताको हक, वाक अधिकार र मेरो काम गर्ने अधिकार पनि,” सुकुरले भने । “त्यो कु मा मेरो कस्तो किसिमको संलग्नता रहेको थियो कसैले भन्न सक्दैनन् । मैले कुनै गैरकानुनी काम गरेको थिइन । न म देशद्रोही थिए न त आतंकवादी नै ।
म एर्दोगानको सरकारको बिरोधी हु तर आफ्नो देशको हाइन ।”

“एर्दोगानसँगको बिवादपछि मैले धेरै धम्कीहरु पउन थाले । मेरो श्रीमतीको पसलमा पनि आक्रमण भयो, मेरो बच्चाहरुमाथि दुब्र्यवहार गरियो, मेरो बुवालाई जेल चलान गरे र मेरो सबै सम्पत्ति जफल पनि गरियो । त्यसपछि म अमेरिकाको क्यालिफोर्निया गएर शुरुमा क्याफे चलाए तर त्यहा पनि अचम्मका ब्यक्तिहरु आउन थाले । अहिले म उबर चलाउछु अनि किताबहरु बेच्छु,” सुकुरले आफ्नो कथा सुनाए ।

एर्दोगानले पहिलो पटक भने फुटबलमा कोलाहल मच्चाएको पहिलो पटक भने होइन । यसअघि सन् २०१८ मा चुनाव अघि जर्मन फुटबलर मेसुत ओजिल र इके गुन्डोगानसँग तस्विर खिचाउदै ६५ बर्षीय एर्दोगान बिवादमा तानिएका थिए । जर्मनीमा उनलाई चुनावको प्रचार गर्न नदिइएपनि त्यहा रहेका १२ लाख टर्कीस आप्रवासीहरु भोट हाल्न पाउथे र उनले ओजिल र गुन्डोगानसँग तस्विर खिच्दै आफ्नो प्रचार गरेको आरोप लागेको थियो ।

ओजिल र गुन्डोगानको परिवार टर्कीकै आप्रवासी हुन् । सन् २०१८ को बिश्वकपमा जर्मनी पहिलो चरणबाटै बाहिरिएपछि ओजिललाई एर्दोगानसँगको तस्विर खिचेको बहानामा रँगभेद झेल्न परेको थियो ।

उक्त तस्विरले जर्मनीमा ओजिललाई नराम्ररी बिवादमा तानेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नै लिनुपरेको थियो । बिवदले त तब अर्को उचाई छोयो जब ओजिलले जुन २०१९ मा आफ्नो बिहेमा एर्दोगानलाई नै बेस्ट म्यान बनाए ।

Click to comment

Trending