Headline

कसरी ध्वस्त भयो आफ्नै घर माल्मोमा इब्राहिमोभिचको विरासत ?

Published

on

“हामी रिसाएको छौं किनभने उनलाई लाग्छ उनी जे मन लाग्यो त्यही गर्न सक्छन् अनि माया पनि पाउनेछन् । उनी एक सच्चा समर्थक हुनु कस्तो हुन्छ भनेर बुझ्न सक्दैनन् ।” सिमोन बेङ्गसन ती धेरै माल्मो समर्थकहरु मध्ये एक हुन् जो ज्लाटन इब्राहिमोभितलाई माफी दिन तयार नै छैनन् ।

स्विडिस लिजेण्ड इब्राहिमोभिच आफ्नै शहरमा केही कठिन समयबाट गुज्रिरहेका छन् ।  भगवान जसरी पुजिने इब्राहिमोभिचले माल्मोमा आफ्नो विरासत ध्वस्त भएको देखिसकेका छन् । माल्मो रँगशाला अगाडी उनको पूर्ण कदको प्रतिमालाई समर्थकहरुले ढलाइसकेका छन् । चाडै केही नगर्ने हो भने इब्राहिमोभिच अब माल्मोको “पब्लिक एनेमि नम्बर वान” (एक नम्बरको शत्रु) हुन पनि बेर छैन । आखिर किन त ?

एक महिना अगाडी इब्राहिमोभिचले माल्मोको प्रतिद्वन्दी क्लब ह्यामरबीमा ठूलो लगानी मात्र गरेनन् उनले क्लबलाई स्क्यानडनेभियाकै सबैभन्दा ठूलो फुटबल शक्ति बनाएर देखाउने पनि घोषणा गरे । उनको घोषणाले भोलि पल्टै असर देखाउन थालिहाल्यो ।

सानो उमेर देखि नै माल्मोसँग आबद्ध भएर व्यवसायिक फुटबल यात्रा शुरु गरेका इब्राहिमोभिचका “डाइ हार्ड” समर्थकहरुलाई नै यो पचेन । २५ बर्षदेखि कायम गर्दै आएको उनको “लिगेसी” क्षण भरमै ध्वस्त हुन पुग्यो । एक हिसाबले माल्मोका कैयौ समर्थकहरुमाझ इब्राहिमोभिच अहिल “हेट फिगर” (घृणाको पात्र) बन्न पुगिसकेका छन् ।

इब्राहिमोभिचको त्यो मुर्ति गत अक्टोबरमा मात्रै अनावरण गरिएको थियो । उक्त मुर्तिले स्विडेनका किर्तिमानी गोल स्कोररले माल्मो आएका सबैलाई स्वागत गरिरहेको भान हुन्थ्यो । त्यो मुर्ति केही दिनमै निषेध गरिने बिषयलाई लिएर उनी अनभिज्ञ नै थिए ।

जनवरीको बिहान क्रुद्ध माल्मो समर्थकहरुले उनको मुर्ति नढलुञ्जेल गोलीगाठोमा करौति लगाए । ह्यामरबीमा लगानी गरेको रिस तब झल्कियो जब समर्थकहरुले मुर्तिको नाक काट्दै आगो लगाउन समेत प्रयास गरे । 

इब्राहिमोभिचको मुर्ति ढलिसकेपनि रिस र निराशा भने सबैतिर फैलिरहेको छ । “ठूलै संख्यामा माल्मो समर्थकहरु ज्लाटनदेखि निराश छन्,” बेङ्गसनले बिबिसिलाई भन्छन् । “मैले चिनेका कुनै पनि समर्थकहरुले उनको रक्षामा केही बोल्न चाहदैनन् । केहीलाई तोडफोड गर्नु राम्रो होइन भन्ने लागेका छ तर उनीहरुले यो तोडफोड किन भयो भनेर पनि बुझेका छन् ।”

स्विडेनमा कुनै पनि ट्रफि नजितेका इब्राहोभिचले माल्मो सिनिरयर टोलीका लागि ५० खेल पनि खेलेका थिएनन् । तर माल्मो समर्थकहरुले उनको बिश्वव्यापी सफलतालाई व्यक्तिगत गर्वको स्रोतको रुपमा हेर्नेगर्छन् । आफ्नै क्लबका एक खेलाडीले ख्याति कमाउदा उनीहरुले गर्व गर्छन । अहिले उनीहरुलाई धोखा दिइएको महसुस हुन थालेको छ । इब्राहिमोभिचलाई लिएर जसरी गर्व गर्ने गर्थे त्यो उनलाई भने नभएको देखिएको बुझ्छन् ।

“केही समयअघि मात्र उनलाई लिएर गर्व महसुस हुने गथ्र्यो । हाम्रो क्लबबाट ग्लोबल सुपरस्टार बनेका खेलाडी जसको बारेमा अब हामी केही पनि सुन्न नै चाहदैनौं । उनी सोच्छन् उनले जे गरे त्यसको लागि हामी आभारी हुनु प¥यो भनेर तर उनले माल्मोको लागि केही जितेनन् । उनी धेरै पैसामा यहाबाट बिकेका हुन्, त्यति मात्रै हो,” बेङ्गसनले थपे ।

 

अर्को माल्मो फ्यान एलेक्जेण्डर इभानोभ्स्की भन्छन् इब्रोहिमोभिचलाई लिएर अहिले सबैले धोखा भएको महसुस गरिरहेका छन् । “यो धेरै गहिराईमा जानुको कारण के हो भने उनी ह्यामरबीमा लगानी गर्ने क्रममा आफै बिरुद्ध गएका छन् । उनले सधै माल्मो मेरो घर हो भनेका छ्न् । उनी माल्मोलाई माया गर्छन र यो भन्दा ठूलो क्लब अरु हुदैन पनि भनेका थिए,” इभानोभ्स्की भन्छन् ।

इभानोभ्स्कीका अनुसार इब्राहिमोभिचले जसरी ह्यामरबीसँग व्यापारको बारे बोले त्यसलै झनै मुद्दालाई पेचिलो बनाउन पुग्यो । “ह्यामरबीको २५ प्रतिशत सेर किनेर यस बिषय र माल्मो बिषयमा उनले केही नभनेको भए सबैले सामान्य रुपमा लिने थिए । तर उनले एक चौथाई किने अनि क्लबलाई स्क्यानडनेभियाकै शक्तिशाली बनाउछु पनि भने । उनले चक्कु रोपेका मात्र होइनन् । त्यसलाई घुमाएर माल्मो समर्थकहरुलाई क्षतबिक्षत पारे ।”

इब्राहिमोभिचलाई लिएर गरिएको बिरोध यो स्तरसम्म पुगिसकेको छ की माल्मोका स्थानीय अधिकारीहरुलाई अब त्यो मुर्ति हटाउने कि नहटाउने भन्नेमा द्विविधा हुन थालेको छ । मुर्ति फेरि खडा गरौं फेरि तोडफोड होला र र जनताले तिरेको करबाट राम्रो लगानी गर्दै त्यसलाई सुरक्षा दिन पनि सम्भव देखिदैन । मुर्ति अर्को ठाँउमा लगेर अनावरण गरौं, त्यसले क्रुद्ध समर्थहरुलाई जित दिनेछ ।

 

Click to comment

Trending