Headline

तिब्र गतिमा कुद्ने बिश्वका शिर्ष १० फुटबलर

Published

on

फुटबल आफैमा एक खेल हो जसमा बल, रणनिती र गति चाहिन्छ । गोल गर्न यी सबै कारकहरू सुनिश्चित नगरी फुटबल खेल्नु सहज कार्य भने होइन । यदि तपाईं यस खेलको प्रशंसक हुनुहुन्छ भने कति प्रसिद्ध फुटबल खेलाडीहरूको खेल तपाईंले हेर्नुभयो ? के तपाईं अनुमान लगाउन सक्नुहुन्छ विश्वभर सब भन्दा छिटो दौडने फुटबल खेलाडीहरू को–को होलान ? यो सामग्री मार्फत तपाईले विश्वमै सबै भन्दा तिब्र गतिमा दौडने खेलाडीहरुको बिषयमा जान्न सक्नुहुनेछ ।

 

१०) लियोनल मेस्सी – ३२ दशमलव ५ किलोमीटर प्रति घण्टा

यी सुपरस्टार खेलाडीमा धेरै दु्रत गतिमा कुद्ने त गर्दैनन तर पनि उनी आफ्नो कला र गतिले बिपक्षी खेलाडीलाई चकित पार्ने गर्छन् । खेल मैदानको मध्य भागबाट नै पूर्ण गति समाउन सक्छन् । फुटबल विशेषज्ञहरूका अनुसार मेस्सी ३२ दशमलव ५ किलोमिटर प्रती घन्टाको गतीमा कुद्न सक्छन । यही गतिले उनलाई विश्वका सबै भन्दा छिटो दौडने खेलाडीहरुको १० औ स्थानमा रहेका छन् ।

 

९) थिओ वालकट – ३२ दशमलव ७ किलोमिटर प्रति घण्टा
थिओ वालकोटले एक पटक त मैदानमै किर्तिमान कायम गरका थिए जब उनी  आर्सनलको लागि खेल्दै थिए । उनले तर धेरै वर्ष लगातारको चोट पछि बिस्तारै आफ्नो प्रभाव गुमाउन पुगेका छन् । अहिले वालकोटको विश्व फुटबमा धेरै नाम लिने गरिएको त छैन तर पनि उनी ३२ दशमलव ७ किलोमिटर प्रति घण्टाको गतीमा कुद्न सक्छन् ।

 

८) आरोन लेनोन – ३३ दशमलव ८ किलोमिटर प्रति घण्टाटोटन्ह्यामका पुर्व खेलाडी समेत रहेका लेनोनलाई रानीङ मेसिनको उपनाम नै दिइएको थियो । विश्वका सबै भन्दा छिटो दौडने खेलाडीहरुको सुचीमो लेनोन आठौं स्थानमा रहेका छन् । उनी चार सेकेन्डमा ३६ मिटर कुद्न सक्छन् भने उनको औषत ३३ दशमलव ८ किलोमिटर प्रती घण्टा रहेको छ ।

 

७) पियरे–एमेरिक औबामेयाङ – ३४ दशमलव ६ किलोमिटर प्रति घण्टा
गोल्डेन बुट जित्दाका औबामेयाङको गतिलाई भेटाउन बुन्डेसलिगाका खेलाडीहरुलाई हम्मे–हम्मे नै पर्ने गर्थयो । डटर्मन्ड छोडेर आर्सनल आएका उनी अहिले पनि यही गतिमा कुद्ने गर्छन् । ३४ दशमलव ६ किलोमिटर प्रती घण्टाको गतिका साथ उनी विश्वका सबै भन्दा छिटो डौडने खेलाडीहरुको ७ औ स्थानमा रहेका छन् ।

 

६) एन्टोनीयो भ्यालेन्सिया – ३५ दशमलव १ किलोमिटर प्रति घण्टाम्यानचेस्टर यूनाइटेडका यी डिफेन्डर अहिले चोटका कारण मैदानमा उत्रेका छैनन् । उनी सन् २०१२–१३ सिजनको डर्बी खेलमा ३५ दशमलव १ किलो मिटर प्रती घण्टाको गतिमा दौडेका थिए । जसले उनलाई २०१५ सम्म पनि विश्वका सबै भन्दा छिटो दौडने खेलाडीको पहिलो स्थानमा राखेको थियो । तर अहिले भने उनी छैटौं स्थानमा झरेका छन् ।

 

५) जर्गेन डाम – ३५ दशमलव ५ किलोमिटर प्रति घण्टा

मेक्सिकन ट्रेड मिल मनिएका जर्गेन आफ्नो गति भन्दा पनि कलाका लागि धेरै प्रख्यात छन् । बिभिन्न वेबसाइटहरुका अनुसार यस मेक्सिकन खेलाडीले चाँडै नै क्रिस्टियानो रोनाल्डोको सिँहाशनमा आफ्नो नाम लेखाउने छन । जुर्गेनले पनि अरु खेलाडीले भविष्यमा आफ्नो रेकर्ड तोड्न अपेक्षा गरिएको छन ।

 

४) ओल्र्यान्डो बेरियो – ३५ किलोमिटर प्रति घण्टा

यो सुचिको चौथो स्थानमा रहेका बेरियो ब्राजिलियन क्लब फ्लेमिङ्गोका खेलाडी हुन् । बेरियोले आफ्नो अविश्वसनीय गतिको साथ एक विशेष छाप छोडेको छन् ।  उनले गत वर्ष  सान लोरेन्जो बिरुद्धको खेलमा २ सेकेन्डमा १५ मिटर कुदेका थिए । यस रानीङ मेसिन को लागी सबै भन्दा बढी रेकर्ड गरिएको गती भनेको ३५ किलोमिटर प्रती घण्टा हो ।

 

३) ग्यारेथ बेल – ३६ दशमलव ९ किलोमिटर प्रति घण्टा

ग्यारेथ बेल सबै फुटबल प्रशंसकहरु को लागी एक परिचित नाम हो । यो आश्चर्यजनक कुरा होइन की बेल विश्वमा सबै भन्दा तिब्र गतिमा दौडने फुटबलरहरूको टप थ्रि मै परेका छन् । एल क्लासिको इतिहासमैसबैभन्दा तिब्र गतिमा दौडने क्रममा उनले २०१४ मा किङ्स कप अन्तर्गतको फाईनल खेलमा ३६ किमि प्रति घण्टाको रेकर्ड आफ्नो नाम लेखाएका थिए ।

 

२) आर्जेन रोबिन – ३७ किलोमिटर प्रति.घण्टा

हावाको बेगमा कुद्न सक्ने यी खेलाडीको जती प्रशंसा गरे पनि कम हुने गर्छ । २०१४ विश्वकपको समूह बी मा स्पेनिश टोली बिरूद्ध नेदरल्याण्ड्सको ५–१ को फराकिलो जितमा रोबेनको प्रभावशाली प्रदर्शन रहेको थियो । उनले रामोस र गोलकिपर क्यासिलासलाई बिट गर्ने क्रममा रेकर्ड बनएका थिए । त्यस समय उनले ३७ किलोमिटर प्रती घण्टा दौडदै किर्तिमान कायम राखेका थिए । यद्यपि यो रेकर्ड क्रिस्टियानो रोनाल्डोले चार बर्ष पछि तोडिदिए ।

 

१) क्रिष्चियानो रोनाल्डो – ३८ दशमलव ६ किलो मिटर प्रति घण्टा

रोनाल्डोले स्पेन र पोर्चुगलको खेलमा आर्जेन रोबेनको ३७ किलो मिटर प्रति घण्टाको किर्तिमान तोडेका थिए । रेकर्ड तोड्ने क्रममा उनी ३८ दशमलव ६ किलो मिटर प्रति घण्टाको बेगमा कुदेका थिए । ३३  बर्षको उमेरमा पनि विश्वका सबै भन्दा छिटो दौडन सक्ने खेलाडी हुनुमा रोनाल्डोले आफैमा गर्व गर्ने कुरा हो ।

Click to comment

Trending