Headline
तिब्र गतिमा कुद्ने बिश्वका शिर्ष १० फुटबलर

Published
4 years agoon
By
wesportz
फुटबल आफैमा एक खेल हो जसमा बल, रणनिती र गति चाहिन्छ । गोल गर्न यी सबै कारकहरू सुनिश्चित नगरी फुटबल खेल्नु सहज कार्य भने होइन । यदि तपाईं यस खेलको प्रशंसक हुनुहुन्छ भने कति प्रसिद्ध फुटबल खेलाडीहरूको खेल तपाईंले हेर्नुभयो ? के तपाईं अनुमान लगाउन सक्नुहुन्छ विश्वभर सब भन्दा छिटो दौडने फुटबल खेलाडीहरू को–को होलान ? यो सामग्री मार्फत तपाईले विश्वमै सबै भन्दा तिब्र गतिमा दौडने खेलाडीहरुको बिषयमा जान्न सक्नुहुनेछ ।
१०) लियोनल मेस्सी – ३२ दशमलव ५ किलोमीटर प्रति घण्टा
यी सुपरस्टार खेलाडीमा धेरै दु्रत गतिमा कुद्ने त गर्दैनन तर पनि उनी आफ्नो कला र गतिले बिपक्षी खेलाडीलाई चकित पार्ने गर्छन् । खेल मैदानको मध्य भागबाट नै पूर्ण गति समाउन सक्छन् । फुटबल विशेषज्ञहरूका अनुसार मेस्सी ३२ दशमलव ५ किलोमिटर प्रती घन्टाको गतीमा कुद्न सक्छन । यही गतिले उनलाई विश्वका सबै भन्दा छिटो दौडने खेलाडीहरुको १० औ स्थानमा रहेका छन् ।
९) थिओ वालकट – ३२ दशमलव ७ किलोमिटर प्रति घण्टा
थिओ वालकोटले एक पटक त मैदानमै किर्तिमान कायम गरका थिए जब उनी आर्सनलको लागि खेल्दै थिए । उनले तर धेरै वर्ष लगातारको चोट पछि बिस्तारै आफ्नो प्रभाव गुमाउन पुगेका छन् । अहिले वालकोटको विश्व फुटबमा धेरै नाम लिने गरिएको त छैन तर पनि उनी ३२ दशमलव ७ किलोमिटर प्रति घण्टाको गतीमा कुद्न सक्छन् ।
८) आरोन लेनोन – ३३ दशमलव ८ किलोमिटर प्रति घण्टाटोटन्ह्यामका पुर्व खेलाडी समेत रहेका लेनोनलाई रानीङ मेसिनको उपनाम नै दिइएको थियो । विश्वका सबै भन्दा छिटो दौडने खेलाडीहरुको सुचीमो लेनोन आठौं स्थानमा रहेका छन् । उनी चार सेकेन्डमा ३६ मिटर कुद्न सक्छन् भने उनको औषत ३३ दशमलव ८ किलोमिटर प्रती घण्टा रहेको छ ।
७) पियरे–एमेरिक औबामेयाङ – ३४ दशमलव ६ किलोमिटर प्रति घण्टा
गोल्डेन बुट जित्दाका औबामेयाङको गतिलाई भेटाउन बुन्डेसलिगाका खेलाडीहरुलाई हम्मे–हम्मे नै पर्ने गर्थयो । डटर्मन्ड छोडेर आर्सनल आएका उनी अहिले पनि यही गतिमा कुद्ने गर्छन् । ३४ दशमलव ६ किलोमिटर प्रती घण्टाको गतिका साथ उनी विश्वका सबै भन्दा छिटो डौडने खेलाडीहरुको ७ औ स्थानमा रहेका छन् ।
६) एन्टोनीयो भ्यालेन्सिया – ३५ दशमलव १ किलोमिटर प्रति घण्टाम्यानचेस्टर यूनाइटेडका यी डिफेन्डर अहिले चोटका कारण मैदानमा उत्रेका छैनन् । उनी सन् २०१२–१३ सिजनको डर्बी खेलमा ३५ दशमलव १ किलो मिटर प्रती घण्टाको गतिमा दौडेका थिए । जसले उनलाई २०१५ सम्म पनि विश्वका सबै भन्दा छिटो दौडने खेलाडीको पहिलो स्थानमा राखेको थियो । तर अहिले भने उनी छैटौं स्थानमा झरेका छन् ।
५) जर्गेन डाम – ३५ दशमलव ५ किलोमिटर प्रति घण्टा
मेक्सिकन ट्रेड मिल मनिएका जर्गेन आफ्नो गति भन्दा पनि कलाका लागि धेरै प्रख्यात छन् । बिभिन्न वेबसाइटहरुका अनुसार यस मेक्सिकन खेलाडीले चाँडै नै क्रिस्टियानो रोनाल्डोको सिँहाशनमा आफ्नो नाम लेखाउने छन । जुर्गेनले पनि अरु खेलाडीले भविष्यमा आफ्नो रेकर्ड तोड्न अपेक्षा गरिएको छन ।
४) ओल्र्यान्डो बेरियो – ३५ किलोमिटर प्रति घण्टा
यो सुचिको चौथो स्थानमा रहेका बेरियो ब्राजिलियन क्लब फ्लेमिङ्गोका खेलाडी हुन् । बेरियोले आफ्नो अविश्वसनीय गतिको साथ एक विशेष छाप छोडेको छन् । उनले गत वर्ष सान लोरेन्जो बिरुद्धको खेलमा २ सेकेन्डमा १५ मिटर कुदेका थिए । यस रानीङ मेसिन को लागी सबै भन्दा बढी रेकर्ड गरिएको गती भनेको ३५ किलोमिटर प्रती घण्टा हो ।
३) ग्यारेथ बेल – ३६ दशमलव ९ किलोमिटर प्रति घण्टा
ग्यारेथ बेल सबै फुटबल प्रशंसकहरु को लागी एक परिचित नाम हो । यो आश्चर्यजनक कुरा होइन की बेल विश्वमा सबै भन्दा तिब्र गतिमा दौडने फुटबलरहरूको टप थ्रि मै परेका छन् । एल क्लासिको इतिहासमैसबैभन्दा तिब्र गतिमा दौडने क्रममा उनले २०१४ मा किङ्स कप अन्तर्गतको फाईनल खेलमा ३६ किमि प्रति घण्टाको रेकर्ड आफ्नो नाम लेखाएका थिए ।
२) आर्जेन रोबिन – ३७ किलोमिटर प्रति.घण्टा
हावाको बेगमा कुद्न सक्ने यी खेलाडीको जती प्रशंसा गरे पनि कम हुने गर्छ । २०१४ विश्वकपको समूह बी मा स्पेनिश टोली बिरूद्ध नेदरल्याण्ड्सको ५–१ को फराकिलो जितमा रोबेनको प्रभावशाली प्रदर्शन रहेको थियो । उनले रामोस र गोलकिपर क्यासिलासलाई बिट गर्ने क्रममा रेकर्ड बनएका थिए । त्यस समय उनले ३७ किलोमिटर प्रती घण्टा दौडदै किर्तिमान कायम राखेका थिए । यद्यपि यो रेकर्ड क्रिस्टियानो रोनाल्डोले चार बर्ष पछि तोडिदिए ।
१) क्रिष्चियानो रोनाल्डो – ३८ दशमलव ६ किलो मिटर प्रति घण्टा
रोनाल्डोले स्पेन र पोर्चुगलको खेलमा आर्जेन रोबेनको ३७ किलो मिटर प्रति घण्टाको किर्तिमान तोडेका थिए । रेकर्ड तोड्ने क्रममा उनी ३८ दशमलव ६ किलो मिटर प्रति घण्टाको बेगमा कुदेका थिए । ३३ बर्षको उमेरमा पनि विश्वका सबै भन्दा छिटो दौडन सक्ने खेलाडी हुनुमा रोनाल्डोले आफैमा गर्व गर्ने कुरा हो ।
You may like
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

Published
11 months agoon
October 23, 2022By
wesportz
विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

Published
1 year agoon
August 1, 2022By
wesportz
आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु