Headline

सुभाषको कप्तानी पारीमा प्रदेश ३ एमएम कपको सेमिफाइनलमा

Published

on

सुभाष खकुरेलले कप्तानी पारी खेल्दै अद्र्धशतक प्रहार गरेपछि प्रदेश ३ एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समुह सि अन्तर्गतको अन्तिम लिग खेलमा प्रदेश ३ ले शनिबार इनरुवा क्रिकेट रँगशालामा प्रदेश १ लाई ७ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो । गिलो मैदानका कारण २८ ओभरमा छोट्याइएको खेलमा प्रदेश १ ले अल आउट हुदै १ सय ४४ रन बनायो । जवाफमा सुभाषले ७३ बलमा ८५ रनको शान्दार पारि खेलेपछि प्रदेश ३ ले २६ ओभरमा एक सय ४७ रन बनायो ।

जितपछि प्रदेश ३ समुह सीको बिजेता बन्यो । प्रदेश ३ को शुक्रबार प्रदेश ५ बिरुद्धको खेल बर्षाका कारण रद्द गरेपछि दुवै टोलीले अंक बाडेका थिए । प्रदशे १ ले पहिलो खेलमा प्र्रदेश ५ लाई हराएको थियो ।

ओपनिङ्ग गर्न आएका सुभाषले पहिलो विकेटका लागि रित गौतम (१७) सँग ३४ रनको साझेदारी गरेका थिए । उनले त्यसपछि आदिल खान (११) सँग अर्को ३६ रन जोडे । इशान पाण्डे पाँच रनमै पेभिलियन फर्केपछि प्रदेश ३ ले १८ ओभरमा तीन विकेट गुमाउदै मात्र ८४ रन बनाएको थियो ।

त्यसपछि सुभाषले चौथो विकेटका लागि जितेन्द्र सिँह ठकुरीसँग ४८ बलमा अविजित ६३ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । शुभांकर उरावको बलमा बिजयी छक्का प्रहार गरेका म्यान अफ द म्याच सुभाषको इनिङ्गसमा सात चौका र पाँच छक्का रहेको थियो । उरावले दुई विकेट लिए ।

यसअघि प्रदेश १ ले पहिलो चार विकेट मात्र ५२ रनमा गुमाउन पुगेको थियो । त्यसपछि कप्तान पुष्प थापाले पाँचौ विकेटका लागि फिदोस अन्सारी (१८) सँग ६८ रनको साझेदारी गरेपछि प्रदेश १ ले चुनौतिपूर्ण योगफल खडा ग¥यो ।

पुष्पले ४१ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ५० रन बनाए । प्रदेश १ का लागि टप अर्डरबाट मिनास थापाले पनि २० रन बनाएका थिए । नन्दन यादवले प्रदेश ३ का लागि सर्वाधिक चार विकेटका लिए भने रामनरेश गिरिले दुई विकेट लिएका थिए ।

आइतबार हुने समुह ए अन्तर्गतको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबको सामना गर्नेछ । यो समुहमा अर्को टोली आयोजक मनमोहन मेमोरियल क्रिकेट क्लब इनरुवा रहेको छ ।

Click to comment

Trending