१३औं दक्षिण एसियाली खेलकुद

लक्ष्मणलाई करातेमा अर्को स्वर्ण, दिवस पनि फाइनल खेल्दै, नेपालको स्वर्ण संख्या ८ पुग्यो

Published

on

लक्ष्मण तामाङ र पार्वती गुरुङले नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुदमा थप स्वर्ण दिलाएका छन् । यो सँगै नेपालको स्वर्ण संख्या ८ पुगेको छ ।

लक्ष्मणले पुरुष करातेको कुमुते ५५ केजी तोल समुहमा नेपाललाई स्वर्ण जिताएका हुन् । उनले फाइनलमा बङ्गलादेशका मोहम्मद मुस्तफा कमललाई पराजित गरेका हन् । लक्ष्मण १–० ले बिजयी भएका हुन् । कुमितेमै नेपाल अर्को स्वर्ण नजिक पुगेको छ । दिवस श्रेष्ठ ८४ केजी मुनिको वेट क्याटेगोरीको फाइनलमा प्रवेश गरेका छन् ।

दिवसले सेमिफाइनलमा बङ्गलादेशका मोहम्मद रम्जानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेका थिए । उनले फाइनलमा अवेस मुहम्मदको सामना गर्दैछन् ।

करातेले अहिलेसम्म चार स्वर्ण पदक जितिसकेको छ । एकल काताको फाइनलमा चुक्ने एक मात्र खेलाडी चञ्चला दनुवार रहेका थिइन् ।

यस्तै पार्वतीले महिला तेक्वान्दोको पुम्सेमा स्वर्ण पदक चट्काइन् । उनले २३–२९ बर्ष उमेर समहुमा स्वर्ण जितिन् । यसअघि तेक्वान्दोकै पुम्सेमा सिता मादेन लिम्बुले स्वर्ण पदक दिलाएकी थिइन् । तीन स्वर्ण जितेको तेक्वान्दाका लागि कमल श्रेष्ठ पुम्सेमै फाइनलमा बिजयी भएका थिए ।

करातेमा मण्डे काजी श्रेष्ठले नेपाललाई दोहोरो स्वर्ण दिलाएका थिए । उनले एकल काता र टिम काता दुवै तर्फ स्वर्ण जितेका थिए । उनको काता टोलीमा महसुस तामाङ र प्रविण मानन्धर रहेका थिए ।

नेपालले महिला कातामा पनि स्वर्ण जितेको थियो । नेपाली टोलीमा निर्मला तामाङ, सङ्गिता मगर र सरु कार्की रहेका थिए ।

Click to comment

Trending