ए डिभिजन लिग

एपीएफ माथि जित निकाल्दै थ्री स्टार उक्लियो दोस्रो स्थानमा

Published

on

अनन्त तमाङले हेडिङ गोल गरे पछी रुस्लान थ्री स्टार क्लबले बिभागीय टोली एपीएफलाई १-० गोल अन्तरले पराजित गरेको छ।

दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले एपीएफलाई पहिलो हाफ देखी नै नियन्त्रणमा राख्न सफल भएको थियो। खेलको नवौ मिनेटमा एपिएफका प्रविण स्याङ्तानले प्रहारलाई थ्री स्टारका विदेशी गोलरक्षक प्रिसोले जोगाएका थिए । १० औं मिनेटमा थ्री स्टारका सुशील राईको पासमा हम्जाताको प्रहार पोष्ट नजिकबाट बाहिएको थियो ।

१५ औं मिनेटमा भने सुमन श्रेष्ठलाई एपिएफका खेलाडीले फाउल गरेपछि थ्री स्टारले फ्रिकिक पाएको थियो । मिक्चेन तमाङले प्राहार गरेको को त्यो फ्रिकिक्कलाई अनन्तले सुन्दर हेडिङ गोल गरेका थिए। २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई सदुपयोग गर्दै थ्री स्टार ले पहिलो हाफमा नै आग्रता लिना सफल भयो। ३० औं मिनेटमा मिक्छेनको कर्नरमा कप्तान विक्रम लामाको हेडर बाहिरियाे । ३६ औं मिनेटमा दिपेश घलेकाे बक्स बाहिरको सशक्त प्रहार क्रस बारमा लागेर बाहिरिदा थ्री स्टारले अग्रता दाेब्बर पार्ने अवसर खेर फाल्याे ।

पहिलो हाफमा गरेको गोलनै थ्री स्टारलाई पर्याप्त भए सँगइ थ्रि स्टार लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ। एपीएफ १ अंक जोड्दै १२ औं स्थानमा झरेको छ।

शनिबारको खेलसँगैं ए डिभिजन लिगको तेस्रो चरणको खेल सकिएको छ । आईतबार कुनै खेल हुने छैनन । जारी लिगमा गत सिजनको च्याम्पियन मनाङ मस्र्याङ्दी शत प्रतिशत जित निकाल्दै ९ अंकका साथ शीर्ष स्थानमा छ । यसैगरी ७ अंक जोडेको थ्रीस्टार दोस्रो स्थानमा रहँदा ६–६ अंक जोडेका मछिन्द्र र त्रिभुवन आर्मी क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् ।

Click to comment

Trending