Headline

अनुभवीहरुको जमातले ‘बिग सट’ बनेको मच्छिन्द्र

Published

on

गौरव फुयाल, काठमाडौं

सन् २०१३–२०१४ को नेपाली लिग सिजनमा मच्छिन्द्र फुटबल टिमको लय देखेर सबै जना चकित थिए । अघिल्लो सिजन छैटौं स्थानमा सक्काएको टोली एकै पटक ठूलो फड्को मार्दै दोश्रो हुन पुगेको थियो ।

गएका दुई–तीन लिगमा औसत प्रदर्शन गरेको मच्छिन्द्र यस बर्ष २०१३ को सिजन भन्दा अझै एक कदम अगाडि बढी लिग च्याम्पियन नै बन्ने लक्ष्यका साथ अघि बढीरहेको छ । उनीहरुको टोलीमा अहिले राष्ट्रिय टिमको अनुभव बटुलीसकेका १६ खेलाडी रहेका छन् । बुधबार मच्छिन्द्रले अंक तालिकाको पुछारमा रहेको टोली फ्रेन्ड्स क्लबलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दा नेपाललाई दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिताउने कप्तान सुजल श्रेष्ठलाई ६८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । भुटानबिरुद्धको फाइनलको शुरुवाती मिनेटमै घाइते भएर मैदान छोडेका सुजल अझै पनि पूर्ण रुपमा फिट भैसकेका छैनन् ।

पहिलो दुई खेल नखेलेका सुजललाई प्रशिक्षक प्रवेश कटवालले कुनै पनि रिस्क लिन चाहदैनन् । राष्ट्रिय खेलाडीहरुको जमात नै बटुलेको मच्छिन्द्रलाई यस्तो रिस्क लिने आवश्यकता पनि छैन । प्लेयिङ्ग ११ मात्र नभएर मच्छिन्द्रले बेञ्च पनि निकै मजबुत बनाएको छ ।

२०१३ को लिग भरी नै उत्कृष्ट प्रदर्शन गरेको मच्छिन्द्रले अन्त्यमा खेल गुमाउन पुग्दा दोस्रो स्थानमा सिमित हुन पुग्यो । त्यो बेलाका मच्छिन्द्रको प्रशिक्षक थिए तत्कालिन राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिन । झापाका बिशाल राइ ए र बी, कर्ण लिम्बु, हेम गुरुङ, दिपक राई, रजिन धिमाल समेटिएको टोली निकै राम्रो लयमा खेल्ने गर्थे । त्यो लिग सिजन दोस्रो नै भएको भए पनि मच्छिन्द्रले सम्झन लायक प्रदर्शन ग¥यो ।

त्यसपछि लिगहरु भने अनियमित भए । प्रतियोगिता आयोजना अघि भएको क्लबहरुसँगको बैठकमा उपस्थित नभएको भन्दै एन्फाले राष्ट्रिय लिग खेल्न प्रतिबन्ध लगाएका चार क्लबहरु मध्ये एक मच्छिन्द्र पनि रहेको थियो । रेलिगेसनको प्रावधान नरहेको अघिल्लो बर्षको लिगमा त झन मच्छिन्द्र पुछारबाट दोश्रो स्थानमा रह्यो । यही कारण उसले यो सिजन एक अंक पहिले नै गुमाइसकेको छ ।

पहिलो खेलमा ब्रिगेड बोइजलाई हराएको मच्छिन्द्रले दोश्रोमा च्यासलसँग १–१ को बराबरी खेल्यो । फ्रेण्ड्सलाई हराएपछि मच्छिन्द्र ६ अंकसहित पहिलो स्थानमा रहेको छ । राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहेकै कारण पनि मच्छिन्द्रलाई अब लिग जित्नै पर्ने दवाब हुनेछ । एउटा कुरा के स्पष्ट छ भने उसलाई कमजोर आक्ने हिम्मत कसैले पनि गर्न सक्दैन ।

लिगको पहिलो खेल खेल्दा मच्छिन्द्रको स्टाटिङ्ग ११ नै अनुभवी रहेको थियो । लामै समय राष्ट्रिय टोलीको तेश्रो रोजाईका किपर भएर बेन्चमा बिताएका गोलकिपर बिशाल श्रेष्ठलाई उनको पुरानो क्लब मनाङ मस्र्याङदी बाट मच्छिन्द्र भित्राउन क्लबका प्रशिक्षक प्रबेश कटुवाल नै लागि परेका थिए ।

मच्छिन्द्रका कप्तान बिराज महर्जनलाई मनाङ किन छोड्नुभयो भन्दा उनी अप्ठेरो नमानी भन्छन्ः खेलाडीलाई चाहिने एक्सपोजर र स्तरीयता मच्छिन्द्रमा देखे पछि म आएको हु । बिराज जे भन्छन् त्यसमा दुईमत छैन । राष्ट्रिय टिमका ठूला १६ नामलाई भित्र्याउनु कुनै चान–चुने कुरा पनि त होइन ।

लिगमा दाबेदरी कतिको देख्नु भएको छ भन्ने प्रश्नमा बिराज भन्छन्ः सबैको आँखा त ठूलो टिममै हुनेछ तर पनि नेपाली लिगमा कुन बर्ष को टिम बलियो भएर आउछ भन्न सकिदैन । च्यासलसँग बराबरी खेल्न पुगेपछि बिराजको भनाईले पनि सार्थकता पाइसकेको छ । अघिल्लो बर्षको परिणामले घटेको एक अंक र च्यासलसँगको बराबरीले गुमेको दुई अंकले धेरै फरक पार्ने छ, प्रवेशले बराबरीपछि भनेका थिए ।

हुन पनि फुट्बल एक रोमन्चक खेलको रुपमा चिनिन्छ । कतै लिगको अन्तिमको समिकरणले मच्छिन्द्रलाई त्यही एक अंकले पिरोल्ने त होइन भन्ने डर पनि हुनसक्छ यसका समर्थकहरुलाई । यसको लागि भने लिगको अन्त्य नै कुर्नुपर्ने छ ।

४० देखी ४५ जना सम्म खेलाडी रजिस्ट्रसन गर्न पाउने लिगमा मच्छिन्द्रले २४ जनाको सुची दिएको छ । ४ बिदेशी सहित एक दक्षिण एसियाकै खेलाडी अझै थप्ने तयारीमा पनि लागिरहेको छ क्लब । अझै प्रभावशाली खेलाडी भित्राउन खोजी रहेको यो टिमले कतै काम भन्दा बडी नामलाई त हेरिरहेको छैन ? तर फुटबलमा काम देखएपछि नै त नाम जोडीने हो । त्यही भएर होला मच्छिन्द्र जति सक्दो ठूलो नाम जम्मा गर्ने कसरत गरिहेको छ ।

प्रशिक्षक प्रबेश को कुर गर्ने हो भने उनी आक्रमक फुटबल खेल्न रुचाउछन । मोफसलको नकआउट प्रतियोगिताहरुमा झापा ११ लाई उनले उपाधि जित्ने स्तरको टोली बनाइसकेका थिए । मोफेसलमै धेरै समय बिताएका कटुवाल अहिलेको मच्छिन्द्रको टोलीलाई उपाधि जिताउने पाए उनको आफ्नो कोचिङ्ग करिअरमा सुनमा सगन्ध थपेजस्तो नै हुनेछ ।

बुधबारका खेलहरु सकिदासम्म मच्छिन्द्र अग्रस्थानमा त रहेको छ । यो बलियो मानिएको टिमले लिग नै जित्ने होकी सबैको अपेक्षा बिपरितको परिणाम आउने हो यो थाहा पाउन भने २०२० फेबुअरी एक सम्मै कुर्न पर्ला ।

 

तस्विर सौजन्य: एन्फा

Click to comment

Trending