Headline

ए डिभिजन लिगमा थ्रि स्टारको पहिलो जित, पुलिस पराजित

Published

on

गौरव फुयाल, काठमाडौं

नेपाल घरेलु लिगमा नेपाल पुलिस र थ्रि स्टारबीचको खेल सर्वाधिक प्रतिस्पर्धात्मक खेलको रुपमा लिइने गरिन्छ । साढे एक बर्ष पछि दशरथ रंगशालमा भएको यसै प्रतिस्पर्धामा सोमबार थ्रि स्टारले बाजी मा¥यो । उसले पुलिसलाई १–० ले हराएरै छाड्यो ।

आफ्नो पहिलो खेल बराबरी खेलेको थ्रि स्टारले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गराएको हो । पहिलो खेलमा जावलाखेल युथ क्लबसँग बराबरी गरेको थ्रि स्टारका लागि सुशिल राइले एक मात्र गोल गरेका थिए । पुलिसले पनि पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग बराबरी गरेको थियो ।

पहिलो हाफमा दुवै टोलीले खासै आक्रमण गर्न सकेका थिएनन् । दोस्रो हाफमा दुवै टोलीले आक्रमण गर्ने मौकाहरु गुमाउन पुगे । ४६ औं मिनेटमा थ्रि स्टारका हम्जातको प्रहार पुलिसका गोलकिपर अजित भण्डारीले छेकिदिएका थिए । त्यसकै रिवाउन्डमा सुसन राइको प्रहार अजितले ब्लक गरिदिए । ४९औं मिनेटमा मिक्चेन तामाङले प्रहार गरेको सट फ्रेममा नपरी आकाशियो ।

५३ औं मिनेटमा पुलिसका सुमन लामाले प्रहार गरेको बल पोष्ट माथिबाट बहिरियो । ५४औं मिनेटमा थ्रि स्टारका मिक्चेनको कर्नरमा कप्तान विक्रम लामाको सटिक हेडर पोष्टबाट थोरै बाहिरियो । लगत्तै ५५ औ मिनेटमा पुलिसका सुमन लामाले वान–भर्सेस–वानमा गोल गर्न सकेनन् । थ्रि स्टारका गोलरक्षक प्रिसोले उनको सट बचाएपछि पुलिसले अग्रता लिन चुेको थियो ।

६८ औं मिनेटमा हम्जातको क्रसमा विजय भुजेलको हेडर पोष्टबाट थोरै बाहिरिदा थ्रि स्टारले अर्को मौका गुमायो । त्यसपछि खेल सकिन ६ मिनेट बाँकी रहदा सुशिलको गोलमा थ्रि स्टारले पहिलो जित हात पर्न सफल भयो ।

सुसनले मैदानको दायाँबाट गरेको क्रसमा सुशिलले ६ यार्डबाट गोल गर्दै लिगमा थ्रि स्टारलाई आफ्नो पहिलो गोल दिलाए । लिगमा यो नै थ्रि स्टारको पहिलो गोल थियो ।

Click to comment

Trending