Headline

लोकेशको बहादुरीपूर्ण इनिङ्गस, पराजयमा पनि मन जित्न सफल भए

Published

on

लोकेश बमले बहादुरीपर्ण इनिङ्गस खेलेपनि चितवन राइनोजले बिराटनगर टाइटन्सलाई १८ रनले पराजित गर्दै पोखरा प्रिमियर लिगको फाइनलमा स्थान लगभग पक्का गरेको छ ।

टस हारी पहिलो ब्याटिङ्ग गरेको चितवनले आरिफ शेख र सन्नी पटेलको अर्को आक्रमक अद्र्धशतकीय साझेदारीमा चार विकेटको क्षतिमा १ सय ४६ रनको चुनौतिपूर्ण योगफल खडा ग¥यो । ३७ रनमै ६ विकेट गुमाएको बिराटनगरलाई लोकेशले उत्कृष्ट ब्याटिङ्ग गर्दै खेलमा फर्काए ।

अन्तिम तीन ओभरमा ३५ रन चाहिएको स्थितिमा रोहन मुस्तफाले मात्र दुई रन खर्चदै पुनित र जितेन्द्र मुखियाको विकेट लिएपछि बिराटनगरलाई दवाबमा राखेको थियो । लोकेशले करण केसीको पहिलो दुई बलमा दुई छक्का प्रहार गर्दै बिराटनगरको आशा फेरि पलायोे ।

तर करण केसीले चतुराइपूर्ण बलिङ्ग गर्दै उनलाई अर्को पुलको निमन्त्रणा दिदा लोकेशले विकेट किपर अनिल कुमार साहलाई सजिलो क्याच थमाउन पुगे । जारी प्रतियोगिताकै उत्कृष्ट मध्ये एक ब्याटिङ्ग प्रदर्शन गरेका लोकेशले ३६ बलमा ६२ रन बनाए । उनले पाँच छक्का र उति नै चौका प्रहार गरे । करणले अन्तिम बलमा शाहब आलमको विकेट लिएपछि चितवनले लगातार चौथो जित रच्ने क्रममा बिराटनगरलाई १ सय २८ रनमै समेट्यो ।

पहिलो स्थान हात पार्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ । बिराटनगरले चार खेलमा मात्र एकमा जित हात पारेको छ । दोश्रो स्थानमा रहेको काठमाडौं गोल्डेन वारियर्स र तेश्रो स्थानको बुटवल ब्लास्टर्सको चार–चार अंक रहेको छ ।

खेलमा भुवन कार्कीले आफ्नो पहिलो दुई ओभरमै तीन विकेट लिएपछि बिराटनगर सस्तैमा समेटिने देखिएको थियो । तर लोकशले पुनितसँग सातौं विकेटका लागि ७७ रनको साझेदारी गर्दै टिमलाई खेलमा फर्काएका थिए ।

यसअघि स्पिनरद्वय शाहब र पुनितले कसिलो बलिङ्ग गर्दै चितवनलाई १७ दशमलव दुई ओभरसम्म चार विकेटको क्षतिमा ९२ रनमा रोकेपछि आरिफ र सन्नीले १४ बलमा नटआउट ५४ रनको साझेदारी गर्दै १ सय ४६ रनसम्म डो¥याएका थिए । सन्नी एक्लैले जितेन्द्र मुखियाको १९ औं ओभरबाट २७ रन बटुलेका थिए । सन्नीले ८ बलमै तीन छक्का र एक चौकाको मद्दतमा २७ रन बनाए । पछिल्लो दुई खेलमा आक्रमक ४५ र ४७ रन बनाएका आरिफले एक पटक फेरि उत्कृष्ट ब्याटिङ्ग गर्दै २२ बलमा ३९ रन बनाए । उनले तीन छक्का र तीन चौका प्रहार गरे ।

ओपनर मुस्तफा (७) लाई १३ रन हुदा गुमाएको राइनोजका लागि कप्तान पारस खड्का र बाबर हायतले ४७ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । तर शाहब र पुनितले कसिलो बलिङ्ग गर्दै राइनोजको रन गतिलाई रोकेका थिए ।

पारसले ३८ बलमा ३५ र बाबरले ३१ बलमा २५ रन बनाए । पारसले पाँच र बाबरले दुई चौका हिर्काए । यो खेलमा जित हात पारेको खण्डमा राइनोज प्लेअफ पक्का गर्नेछ । उसको लगातार तीन जितबाट ६ अंक भएको छ ।

Click to comment

Trending