Headline

मेहरा, खानको साझेदारी पन्छाउदै काठमाडौंको लगातार दोश्रो जित

Published

on

पुनित मेहरा र नोमन खानको आकर्षक साभेदारीलाई पाखा लगाउदै काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिगको प्लेअफ सम्भावनालाई कायम राखेको छ ।

लगातार दोश्रो जित निकाल्ने क्रममा काठमाडौंले शनिबारको एक मात्र खेलमा बिराटनगर टाइटन्सलाई ३६ रनले पराजित ग¥यो । जितका लागि १ सय ६० रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउन मैदानमा उत्रेको बिराटनगर एक समय ४१ रनमा ६ विकेटको स्थितिमा रहेको थियो ।

पुनित र नोमनले सातौं विकेटका लागि ७९ रनको साझेदारी गरेपछि बिराटनगरको आशा पलाएको थियो । तर दुवै ब्याट्स्म्यान सुबाध भाटीले गरेको १९ आंै ओभरको पहिलो दुई बलमा आउट भएपछि बिराटनगर १९ दशमलव चार ओभरमा एक सय २३ रनमै समेटिएको थियो ।

जितपछि काठमाडौंको चार अंक भएको छ भने बिराटनगरको तीन खेलबाट दुई अंक । अग्रस्थानमा रहेको चितवन राइनोजको तीन खेलबाट ६ अंक भएको छ ।

अन्तिम १२ बलमा बिराटनगरलाई ४० रनको आवश्यकता रहेको थियो । यसअघि डिफेण्डिङ्ग च्याम्पियन पोखरा पल्टनलाई स्तब्ध पार्ने प्रमुख भुमिका निर्वाह गरेका पुनितले लगातार दोश्रो अद्र्धशतक प्रहार गर्दै ३१ बलमा ५३ रन बनाए । उनले तीन छक्का र तीन चौका प्रहार गरेका थिए ।

कप्तान प्रदिप ऐरिले २७ बलमा चार चौका र एक छक्का प्रहार गर्दै २९ र नोमनले २६ बलमा २५ रन बनाए । भाटीले काठमाडौंका लागि सर्वाधिक तीन विकेट लिए । यस्तै अमर सिँह रौटेला र बसन्त रेग्मीले पनि दुई–दुई विकेट हात पारे ।

यसअघि जयकिसन कोल्सावालाको अद्र्धशतक र कप्तान ज्ञानेन्द्र मल्लको अर्को आक्रमक इनिङ्गसको मद्दतमा काठमाडौंले जित्नै पर्ने अर्को खेलमा बिराटनगरलाई कठिन लक्ष्य दिएको थियो । टस जिति पहिलो ब्याटिङ्ग गरेको काठमाडौंले २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ५९ रन बनायो ।

लगातार असफल रहेका गौरभ तोमर एक पटक फेरि काठमाडौंको स्कोरकार्डमा योगदान दिनबाट चुके । त्यसपछि कोल्सावालाले दुई महत्वपूर्ण साझेदारी गर्दे काठमाडौंलाई चुनौतिपूर्ण योगफल सम्म डो¥याएका थिए ।

उनले दोश्रो विकेटका लागि अमित श्रेष्ठ (१३) सँग ४३ र तेश्रो विकेटका लागि ज्ञानेन्द्रसँग ६६ रन जोड्न पुगे । ४३ बलमा ५५ रन बनाएका कोल्सावालाले पाँच चौका र दुई छक्का प्रहार गरे । यसअघिको खेलमा धनगढी ब्लुजबिरुद्ध ३७ बलमै शतक प्रहार गरेका ज्ञानेन्द्रले आफ्नो फर्मलाई निरन्रता दिदै ३३ बलमा ४५ रन बनाए ।

स्विच हिट प्रहार गर्ने क्रममा जितेन्द्र मुखियालाई शर्ट स्क्वायर लेगमा क्याच थमाएका ज्ञानेन्द्रले तीन चौका र दुई छक्का हिर्र्काए । बिराटनगरका लागि पुनित मेहराले दुई विकेट लिएका थिए । प्रतियोगिताको प्ले अफमा स्थान बनाउनका लागि काठमाडौंलाई योसँगै अर्को खेल पनि जित्नै पर्ने दवाब रहेको छ ।

Click to comment

Trending