Headline

इङ्गल्याण्डका एक–सुरे स्कुले ठिटो साञ्चोले बनाएको आफ्नै मार्ग

Published

on

जेडन साञ्चो आफ्नो स्कुल ब्याग भुइमा खसाल्छन् । सेतो सर्टको बाहुला पाखुरासम्म सुर्काएका साञ्चो स्कुलको ब्लेजर आफ्नो १४ बर्षको कांधमा झुण्डाउछन् । सुनौलो र बैजनी रँगको टाईलाई उनले खुकुलो बनाएका  छन् । साञ्चोसँगै वाट्फोर्डको अण्डर १५ टोलीबाट खेल्ने उनका सहपाठीहरुलाई कक्षामा आउनै पर्ने कर छैन ।

टिनएजमा भर्खरै प्रवेश गरेका सबै खेलाडीहरुलाई एक–एक गर्दै स्कुलको माथिल्लो तल्लामा रहेको अफिसमा बोलाइन्छ । प्रशिक्षक लुइस लंकास्टर आफ्ना खेलाडी र उनीहरुको भविष्यको योजनाका बारेमा छलफल गर्न आएका थिए ।

फुटबलबाट के चाहन्छौं भन्ने प्रश्नमा साञ्चो अप्ठेरो नमानि भन्छन्ः “म इङ्गल्याण्डबाट खेल्न चाहन्छु, र युरोपकै टप क्लबबाट पनि । म मेरो परिवारलाई म देखि गर्व लागेको हेर्न चाहन्छु ।”

१९ बर्ष भइसक्दा साञ्चोले ती सबै उपलब्धि हात पारिसकेका छन् ।  च्याम्पियन्स लिगमा बार्सिलोनाबिरुद्ध डर्टमण्डका लागि सान्त्वना गोल गर्दै उनको उदाउदो खेल जीवनमा नयाँ कोशेढुँगा पार गरेका छन् । साञ्चोले क्लबका लागि अझै कति दिन्छन् यो हेर्न त बाकी नै छ तर अनुशासनका बिषयमा लिएर क्लबसँग राम्रो सम्बन्ध नरहेकोले जनवरीमा डर्टंमण्ड छोड्ने आकलन गरिएको छ । उनी माथि अहिले धेरै क्लबहरुले आखा गाडेर बसेका छन् ।

कुनै पनि ठूलो ट्रान्सफरको केन्द्रमा रहनु साञ्चोका लागि उनि हुर्किदै आएको फुटबल वातावरण भन्दा बेग्लै दुनिया हुने थियो । दक्षिण लण्डनमा आफ्नो घर नजिकै रहेको केनिङ्गटनमा उनले कुनै पनि मौसममा कुनै पनि खेल खेल्न सकिने पुर्वाधारमा फुटबल सिकेका थिए । आर्सनलका रेस नेल्सन र इयान कार्लो पोभेदा उनको बाल्यकालका साथि थिए ।

सात बर्षको हुँदा वाटफर्डले साञ्चो भित्रको फुटबललाई देखेपछि उनी तीन हप्तामा एक पटक वाट्फर्डमा प्रशिक्षण लिन थाले । ११ बर्षको हुँदा पश्चिम लण्डनको अक्सब्रिजमा रहेको वाट्फोर्डको साझेदार स्कुल हेरफिल्ड एकेडेमीमा भर्ना भए । तर केनिङ्गटनदेखि अक्सब्रिजसम्म उनले दैनिक रुपमा तय गर्नुपर्ने यात्रा निकै लामो थियो । यसको लागि साञ्चोले आफ्नो फुटबलर बन्ने सपनका लागि जीवनमै पहिलो पटक त्याग गर्न पुगे ।

साञ्चोले केनिङ्गटनमा आमा–बुवाको घर छाड्दै नर्थल्ट भन्ने ठाँउमा आफ्नो काकीसँग बस्न गए जहा उनी हरेक दिन स्कुलसम्मको १४ माइलको यात्रा ट्याक्सीमा गर्न थाले । हेरफिल्डमा होस्टेल सुविधा खुलेपछि त्यहाको फुटबल मैदान नै उनको लागि घर हुन पुग्यो । साञ्चोले नर्थल्ट पनि छोडे ।

सोमबारदेखि शुक्रबारसम्म उनको दैनिकी फुटबल वरिपरि नै घुम्थ्यो । उनको बिहानका कक्षाहरु फुटबल कै कारण अवरुद्ध बन्न पुगे । अपरान्ह् स्कुल पुग्दा अन्य साथीहरु घर फर्किने तयारीमा हुन्थे र साँझको प्रशिक्षण शुरु हुनु अघि उनले बिहान छुटाएका पाठहरु पनि पूरा गर्नुपर्ने थियो । त्यसपछि उनी होस्टल फकिन्थे । यसरी उनले लामो समय बिताए ।
साञ्चोका स्कुले साथी र वाट्फोर्ड एकेडेमीका लेफ्ट ब्याक पेरि प्राइस भन्छनः “उनि सधै जसो रियल म्याड्रिड र बार्सिलोनाजस्ता ठूला क्लबहरुको नाम लिन्थे । यो उनको योजनाको हिस्सा नै थियो । फुटबलका लागि उनले आफ्नो बालापन नै त्यागेका थिए ।”
साञ्चो खराब बिद्यार्थी नभएपनि उनी अधिकांश समय फुटबलको बारे मात्र सोच्ने गर्थे । उनको एक शिक्षिकाले भनेको एउटा कुरा मलाई अझै पनि याद आउछ । जेडन, के तिमी युट्युबलाई छोडेर किताबमा ध्यान दिन्छौं? लंकास्टर सम्झन्छन् । मैले उनको कम्प्युटरमा हेर्दा रोनाल्डिन्हो स्क्रिनमा थिए । शिक्षिकाले भने पछि इन्टरनेट ब्राउजर तल झर्छ । जब शिक्षिका पछाडी फर्किन, रोनाल्डिन्हो फेरि देखिन्छन् ।

साञ्चो वाट्फोर्डमा हुँदा उनको बारे निकै कम हल्ला हुने गरेको लंकास्टर मान्छन् । तर पहिलो पटक जब उनले १३ बर्षीय विँगरलाई खेलिरहेको देख उनलाई भविष्यका तारा देखेकोमा उनलाई कुनै शंका नै थिएन ।

गर्मि याममा १६ बर्ष सम्मका युवाहरु रहेको अभ्यास शत्रमा लंकास्टरले सहभागिहरुलाई दुई फरक किसिमका काम गराउथे । एउटा आफ्नो पोस्टबाट अर्को पोस्टसम्म बल पु¥याउने जसको एक अंक आउथ्यो । अथवा तीन अंकका लागि डिफेन्डरलाई छक्काउदै ड्रिबल गर्नुपर्ने । साञ्चो सधै तीन अंकका लागि मात्र जाने गर्थे ।

उनको लागि जे पनि स्पष्ट र सहज देखिन्थ्यो, हाल चाइनिज ताइपेइको राष्ट्रिय टोली सम्हालिरहेका लंकास्टर भन्छनः उनी कहिले पनि थाक्दैनथे । जब म धक्का दिन्थे कोही हल्लिदैन थिए । उनको एक झट्काले सबै ढल्थे । मलाई सबैभन्दा राम्रो लाग्ने पक्ष उनको बहादुरी हो । उनी खेलाडीसँग जुध्न कहिल डराएनन् र सधै रचनात्मक रुपमा खेल्ने गर्थे ।

प्रशिक्षणको केही समयमा नै साञ्चो वाट्फोर्डको अण्डर १५ टिममा परे । आफूभन्दा एक बर्ष माथिको उमेर समुहमा खेलिरहेका उनी सम्भवत टिमकै उत्कृष्ट खेलाडी थिए । आर्सनलबिरुद्धको एक खेलमा त उनले एकल प्रयासमा गरेको गोलले सबैलाई अचम्मित नै पार्न पुगे । आर्सनलको हेल एण्ड एकेडेमीमा फ्लड लाइटमा भएको खेलमा उनले आफ्नो हाफबाट बल लिदै दुई डिफेण्डरको बीचबाट तिब्र दौड लगाए । दुवैले साञ्चोको छाया पनि भेट्टाउन सकेनन् । त्यसपछि ३५ यार्डबाट प्रहार गरेको बलले सिधै टप कर्नरमा जाली चुम्न पुग्यो ।

कोल्चेस्टरबिरुद्ध भएको अर्को खेलमा उनले ब्राजिलियन महान फुटबलर पेलेको झल्को दिए –– बल नछोइ शरिरको चालले गोलकिपरलाई झुक्काउदै खाली पोस्टमा गोल गर्दै । त्यसपछि १४ बर्षको उमेरमा नै उनी लगातार वाट्फोर्डको अण्डर १८ टिममा पर्न थाले ।

सुधार ल्याउनका लागि अब साञ्चोलाई बलियो चुनौतिको आवश्यकता थियो र यो उनलाई भन्दा राम्ररी अरु कसैलाई थाहा थिएन । आफ्ना खेलाडीलाई कठिन परिक्षा दिनका लागि लंकास्टर अभ्यास सत्रमा धेरै जसो ९ बिरुद्ध ७ अथवा १० बिरुद्ध ६ जना गराएर म्याच खेलाउथे । साञ्चो थोरै खेलाडी भएको टिममा बस्न रुचाउथे ।

साञ्चोको प्रगति म्यानचेस्टर सिटीले उनी १३ बर्ष हुंदा देखि नजिकबाट नियालिरहेको थियो । मार्च, २०१५ जब उनी १५ बर्षको भए, सिटीले हतार गरिहाल्यो । इङ्गल्याण्डका ठूला एकेडेमीहरुलाई नियमन गर्ने प्रावधान अन्तर्गत, सिटीले ६६ हजार पाउण्ड प्रारम्भिक क्षतिपुर्ति रकम तिर्दै साञ्चोलाई भित्र्यायो । पछि हेर्दा अचम्म लागेपनि साञ्चोप्रति स्काउटहरुको फरक धारणा थियो ।

कसैलाई लाग्थ्यो माथिल्लो स्तरमा खेल्न उनीसँग त्यो फुर्ति थिएन । कसैले भने उनको ड्रिब्लिङ्ग क्षमतालाई इङ्गल्याण्ड लेजेण्ड पल ग्यासकोइनसँग दाज्ने गर्दथे । “उनले आफ्नो शरिरको चाल, हर्कत, गति र चातुर्यताले खेलाडीहरुलाई सजिलै मात दिन्थे,” एक स्काउटले बिबिसी स्पोर्टलाई भने । “जब तपाई यति गर्न सक्नु हुन्छ, तपाईलाई एकदम तेज हुन आवश्यक नै छैन । अलिकति गति मात्र आउछ भने, त्यो बोनस हो ।”
केही रिपोर्ट ठ्याक्कै उल्टो आए पनि उनलाई लिएर भएको सम्झौतापछि साञ्चोलाई भित्र्याउने सिटीको इच्छामा कोही पनि प्रतिस्पर्धा गर्न आएकै थिएन । साञ्चोका लागि भने सिटी जानु नै उनको बिकासको लागि सहि कदम थियो । सिटी जाने बिषयलाई लिएर साञ्चो एक सुरे नै भएको ब्याख्या गरिन्छ । यही कारण यो सम्झौता निकै चाडो भएको थियो । उनले छोडी नै हाले, लंकास्टर भन्छन्ः “उनी गइसकेको त मलाई थाहा पनि भएन ।”
फ्लड लाइटले धपक्क बलेको सेन्ट एन्ड्रयुजमा साञ्चो बर्मिङ्गघम सिटीबिरुद्धको खेलमा म्यानचेस्टर सिटीको शुरुवाती एघारका लागि लाइन अपमा लाग्छन् । अण्डर १८ खेलाडीका लागि क्लबले बनाएको नीति अनुरुप उनले कालो बुट र बैजनी जर्सी लगाउछन् । सेन्ट्रल स्ट्राइकरको रुपमा शुरु गरेका साञ्चो अब्बल निस्कन्छन् । सिटी बर्मिङ्गघमलाई ८–३ को फराकिलो अन्तरले पराजित गर्छ । साञ्चो पेनाल्टी एरियामा बारम्बार घुस्छन्, डिफेन्डरहरुको भिडलाई चिर्छन र एक्लै पाँच गोल ठोक्छन् ।
क्लबकै पूर्व स्ट्राइकर ग्यारेथ टेलरले हेरेको क्षमतावान खेलाडीहरुले भरिपूर्ण सिटीको अण्डर १६ टोली साञ्चोको पहिलो पूर्ण सिजनमा अपराजित रहेको थियो । र अण्डर १८ खेलाडीको रुपमा २०१७ मा एफ ए युथ कप फाइनल प्रवेश गर्दा उनी सिटीका प्रमुख खेलाडी रहेका थिए । यस टोलीमा प्रतिस्पर्धात्मक भावना रहेको थियो । अण्डर १६ मा साञ्चो लेफ्ट विङ्गबाट खेल्थे र राइट विङ्गबाट खेलिरहेका ल्युक बोल्टनको छायामा कहिले पर्न चाहदैनथे ।

सिटीको निकै नै आकर्षक एकेडेमीको खुला मैदानमा एक पटक प्रिसिजनको समयमा प्रशिक्षक जेसन विलकक्सले साञ्चो सहित २० खेलाडीहरुको शारिरिक परिक्षण लिने निधो गरे । हाल रियल म्याड्रिडमा रहेका ब्रहिम डियाज र साल्केमा खेलिरहेका रब्बाइ मातोण्डो पनि ब्लिप टेस्टमा प्रतिस्पर्धा गरिरहेका थिए । जब कोनमा गरिने २० मिटर सटलले एक पटि अर्को खेलाडी थाक्दै निस्कन्छन् त्यहा दुई खेलाडी मात्र बाकी थिए । साञ्चो र फिल फोडन एक अर्कालाई हेदै अक रोकौं भनेपछि दुवै रोकिन्छन् ।

निकै माथिल्लो स्तरका सहकर्मीहरुबीच रहेपछि साञ्चोमा आफूले प्रभाव पार्नुपर्छ भन्ने दुढता थप बढ्दै गयो । “उनीमा हरेक प्रतियोगिताको प्लेयर अफ द टुर्नामेण्ट जित्ने असिमित भोक थियो, सिटी एकेडेमीका एक कर्मचारी सम्झन्छन् । प्रशिक्षणका दौरान यस्ता क्षणहरु पनि थिए जहाँ उनले केही गर्दा यो कसरी सम्भव भयो भन्ने हुन्थ्यो । त्यही कुराहरु उनले म्याचकै दौरान गरेर देखाइदिन्थे,” अर्का एक कर्मचारी भन्छन् ।

सन् २०१७ मा सिटीले साञ्चालाई पहिलो व्यावसायिक कन्ट्रयाक्टको प्रस्ताव राख्यो । हप्तामा ३० हजार पाउण्ड प्रस्ताव गरेको सिटीका व्यवस्थापक पेप ग्वार्डियोला साञ्चोलाई प्रिसिजन टुरका दौरान सिनियर टिममै राख्न तयार पनि भएका थिए । तर बिश्व फुटबलकै महँगा खेलाडीहरुले भरिपूर्ण टिममा आफूले खेल्न पाउने सम्भावना निकै कम देखेपछि उनले त्यस प्रस्तावलाई अस्विकार गर्न पुगे ।

कारण थियो उनलाई जर्मन क्लब बोरुसिया डर्टमण्डबाट आएको १० मिलियन पाउण्डको प्रस्ताव । पहिलो रोजाइमा पर्नका लागि धेरै सकस गर्नु नपर्ने बुझेपछि साञ्चो डर्टमण्ड जान तयार भए ।

डर्टमण्डको पहिलो रोजाइमा समाहित गर्नका लागि उनका लागि बिस्तारित योजना बनाइएको थियो । एकातर्फ उनी डर्टमण्डको पहिलो टोलीमै रहेर प्रशिक्षण लिन थाले भने दोश्रो रोजाइ टोलीबाट खेल खेल्नुका साथै थप प्रशिक्षणमा सहभागि हुन्थे ।

“परिपक्व पुरुष फुटबलमा अभ्यस्त नभइसकेका कारण शुरुमा आउदा उनको लागि कामको भार र त्यसको व्यवस्थापनको अन्तरसम्बन्ध स्थापना गर्नुपर्ने आवश्यकता थियो,” इङ्गलिस प्रिमियर लिगमा हडर्सफिल्ड टाउनका पूर्व व्यवस्थापक रहिसकेका डर्टमण्डको दोश्रो रोजाइको टोलीका प्रशिक्षक जेन सिवर्टले भने ।
“उनलाई निकै ख्याल गरेर बनाइएको थियो । जब उनी पहिलो पटक आए, मैले उनलाई मात्र तीन खेल खेलाएको थिए । पहिलो ५५, त्यसपछि ६५ र ७५ मिनेट गेम टाइम दिइयो । त्यसको एक हप्ता भित्र उनले अण्डर १९ टिमसँग खेलेका थिए । राम्रो कुरा के थियो भने उनले आफूलाई सबैभन्दा माथि छु भन्ने सोचेनन् । उनी मात्र प्रशिक्षण र कडा मिहिनेत गर्न चाहन्थे ।”
सन् २०१७ मे मा इङ्गल्याण्ड युरोपियन अण्डर १७ च्याम्पियनसिपको फाइनल प्रवेश गर्दा साञ्चो प्लेयर अफ द टुर्नामेन्ट भएका थिए । स्पेनसँग फाइनलमा टाइ ब्रेकरमा पराजित हुनुअघि इङ्गल्याण्डले गरेका १५ मध्ये १० गोलमा साञ्चो प्रत्यक्ष रुपमा सहभागि थिए । जब सेप्टेम्बरमा अण्डर २० बिश्वकप आयो उनी अब उपाधि जित्न चाहन्थे ।

चिलिबिरुद्ध भएको पहिलो खेलमा दुई गोल गरेर उत्साहित बनेका साञ्चोलाई समुह चरणको समाप्ति पछि नै डर्टमण्डले क्लबका लागि फिर्ता बोलायो । आफ्ना टोलीका साथीहरु छोडेर जानु पर्दा निराश बनेपनि आफ्नो फुटबलको बिकास जर्मनीमा काम लाग्ने उनले बुझेका थिए । इङ्गल्याण्डले अण्डर २० बिश्वकपको फाइनलमा स्पेनलाई ५–२ ले पराजित गरेपछि साञ्चोलाई थप राहत मिलेको थियो ।

“फाइनलअघि साञ्चोले आफ्ना साथीहरुलाई भिडियो मार्फत सन्देश पठाएका थिए र इङ्गल्याण्ड जित्यो,” सिवर्टले बताए । “उनी काममा निकै समर्पित थिए । शायद त्यो समय उनले यो मेरो करिअर हो भनेर बुझे । मेरो टिममा रहेर धेरै मिहिनेत गरेको कारण नै आज डर्टमण्डको पहिलो रोजाइमा पुगेको उनलाई राम्रो ज्ञान थियो ।”

डर्टमण्डमा स्थानान्तरण भएपछि साञ्चाले आमा र बहिनीहरुलाई लण्डनमै छोडेपनि उनका बुवा शन भने जर्मनीमा सँगै बस्दै आएका छन् । जोन बार्नेसको भिडियो देखाउदै प्रेरणा दिने गरेका शन र साञ्चोबीचको निकट सम्बन्धले उनलाई सकारात्मक प्रभाव गरेको रुपमा हेरिने गरिन्छ ।

साञ्चोलाई एकदम नजिकबाट बुझेकाहरु साञ्चोले सफलताको उचाई चढ्दै गर्दा आफुमा रहेको सरलता भने जस्ता को तस्तै कायम राखेको मान्छन् । उनी अहिले पनि केनिङ्गटनका त्यही खराब नगर्ने र फुटबल मन पराउने बच्चा नै रहेका छन् । पुराना साथीहरुले आग्रह गर्ने बित्तिकै उनी आफूले हस्ताक्षर गरेको टि–शर्ट पठाउने गर्छन् ।

गत बर्ष साञ्चो आफुले शुरुमा पढेको स्कुल गएका थिए जहाँ त्यहाका बच्चाहरुलाई उनले कडा मिहिनेत र आत्मबिश्वासको बारेमा ज्ञान बाडेका थिए । जुनमा पोर्चुगलमा सम्पन्न नेसन्स लिगबाट फर्किए लगत्तै उनी ट्याक्सी लिएर उत्तरी लण्डनको इज्लिङ्गटन पुगे । आफूले साइन गरेको डर्टमण्डको जर्सी लिएर हिडेका साञ्चो वाटफोर्ड एकेडेमीमा आफूलाई सहयोग गरेका साथीलाई उनी सरप्राइज दिन त्यहा पुगेका थिए ।

डर्टमण्डको टिम सुचीको पहिलो नामहरु मध्येको एक र इङ्गल्याण्ड राष्ट्रिय टोलीमा निरन्तर पर्दै आएका साञ्चोको जर्मनी जाने निर्णय अहिले सहि साबित भएको छ । जर्मन बुण्डेसलिगामा १५ गोल गर्ने उनी अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी हुन् । सिटी मै बसेको भए उनको करिअर कता जान्थ्यो यो सोच्न गाह्रो नै होला तर फोडेनले प्रिमियर लिगमा मैदानमा बिताएको समयभन्दा उनले ९ गुणाबढी बुण्डेसलिगामा बिताइसकेका छन् ।

साञ्चोले जब बाधा अड्चन सहितको बाटो देखे उनले आफ्नै मार्ग बनाएका थिए । अहिले इङ्गल्याण्डका धेरै युवा खेलाडीहरु उनलाई नै अनुशरण गर्दै देश बाहिर खेल्ने प्रयास गरिरहेका छन् । साञ्चोका बालापनका साथी नेल्सनले गत सिजन लोनमा अर्को जर्मन क्लब होफेनहाइममा बिताएका थिए ।

“उनी निकै कम दर्शकको उपस्थिति रहने ह्याक्ने मार्सेजमा खेल्छन् या ८० हजार मानिसहरुको अगाडी वेम्बलीमा, यो फुटबल हो र यसमा रमाइलो हुन्छ । तर एउटा कुरा के स्पष्ट छ भने अहिले साञ्चो जे छन् त्यो उनी भोली जस्तो बन्छन् त्यसको तुलनामा केही पनि होइन,” लंकास्टर गर्वसाथ भन्छन् ।

१४ बर्षीय साञ्चोले आफ्नो महत्वाकांक्षाको बारेमा लंकास्टरलाई भन्दै गर्दा उनले सोचेका पनि थिएनन् होला की यो सबै उनले पाँच बर्ष भित्रै गरेर देखाउनेछन् भनेर । साञ्चोको कथा सदुपयोग गरिएका अवसरहरुको बारेमा हो र उनको सफलता बिजयी भएको उनका दृढता र क्षमताको ।

Click to comment

Trending