Headline

बिग ब्याश लिग : पहिलो खेलमा सन्दिपको सामान्य प्रदर्शन, मेलबर्नको विजयी शुरुवात 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग ब्याश लिगमा विजयी शुरुवात गरेको छ । मेलबर्नले आफ्नो पहिलो खेलमा ब्रिस्बेन हिटलाई २२ रनले पराजित गरेको हो ।
जीतका लागि १६८ रनको लक्ष्य लिएर ब्याटिंगमा आएको मेलबर्नले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १४५ रन मात्र बनाउन सक्यो ।  ब्रिस्बेनको लागि ओपनर टम ब्यानटनले ३६ बलमा सर्वाधिक ६४ रन र म्याट रेनशले ३९ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् ।
मेलबर्नको जीतमा एडम ज़ाम्पाले सर्वाधिक तीन तथा ह्यारिस रौफ़ र डेनियल वोर्राल्लले समान दुई-दुई विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको मेलबर्नले २० ओभरमा सात विकेट गुमाएर १६७ रनको चुनौतीपुर्ण योगफल तयार पार्यो । मध्यम शुरुवात गरेको मेलबर्नको पारी सम्हाल्ने क्रममा कप्तान ग्लेन म्याक्सवेलले तुफानी पारी खेल्दै ३९ बलको सामना गर्दै सात चौका र पाँच छक्काको मद्धतमा ८३ रन जोडे ।
सन्दिपको सामान्य प्रदर्शन 
बिग ब्याश लिग अन्तर्गत यस संस्करणको आफ्नो पहिलो खेलमा नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछानेले सामान्य प्रदर्शन गरेका छन् । महँगो साबित भएका उनले चार ओभर बलिंग गर्दै ३८ रन खर्चिए भने एक विकेट मात्र हात पारे ।
पहिलो तीन ओभरमा तीन रन खर्चिए पनि विकेट निकाल्न नसकेका सन्दिपले अन्तिम ओभरमा एक चौका सहित आठ रन खाए भने १८ बलमा १२ रन बनाएका बेन कटिंगलाई आफ्नो शिकार बनाए ।
खराब सुरुवात गरेका सन्दिपले आफ्नो पहिलो ओभरमा तीन चौका र एक छक्का सहित १९ रन खर्चिए । पहिलो ओभरमा खराब बलिंग गरेका सन्दिपले उत्कृस्ट पुनरागम गर्दै दोश्रो ओभरमा छ तथा तेश्रो ओभरमा मात्र पाँच रन खर्चिए ।

Click to comment

Trending