Headline

पहिलो खेलमै चम्किए बाबर हायात, पारसको चितवनसँग शरदको पोखरा पराजित

Published

on

बाबर हायात पहिलो खेलमै चम्किएपछि चितवन राइनोजले पोखरा प्रिमियर लिगमा डिफेन्डिङ्ग च्याम्पियन पोखरा पल्टनलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टस जिती पहिलो फिल्डिङ्ग गरेको राइनोजले पोखरालाई जारी प्रतियोगिताकै कम योगफलमा समेट्ने क्रममा २० ओभरमा १ सय ७ रनमा अल आउट ग¥यो । बाबरले आक्रमक ब्याटिङ्ग गर्दै अद्र्धशतक पुरा गरेपछि राइनोजले १४ दशमलव ५ ओभरमा चार विकेट गुमाउदै लक्ष्य प्राप्त ग¥यो ।

बाबरले आक्रमक ब्याटिङ्ग गर्दै ४२ बलमा नटआउट ६६ रन बनाएपछि राइनोजले सहज जित दर्ता ग¥यो । बाबरले पाचौं विकेटका लागि सन्नी पटेलसँग नटआउट ५० रनको साझेदारी गरेका थिए । सन्नीले १८ बलमा दुई छक्का र एक चौकाको मद्दतमा २२ रन बनाए ।

बाबरले चार छक्का र ६ चौका प्रहार गरेका थिए । पोखरका लागि रसिद खान र सरबजीत लड्डाले दुई–दुई विकेट लिएका थिए । बाबरले प्रहार गरेको चार वटै छक्का लड्डाले खाएका थिए । उनले चार ओभरमा ४८ रन दिएका थिए ।

यसअघि काठमाडौं गोल्डेन वारियर्सलाई १ सय १५ रनमा समेटेको पोखरा त्यो भन्दा कम योगफलमै समेटिएको थियो । पोखरालाई सस्तैमा समेट्ने क्रममा सन्नी पटेल र रोहन मुस्तफाले कसिलो बलिङ्ग गर्दै २–२ विकेट लिएका थिए ।

सन्नीले चार ओभरमा एक मेडन राख्दै मात्र १५ रन खर्चिएका थिए भने रोहनले २२ रन खर्चिए । भुवन कार्कीले तीन ओभरमा १६ रन खर्चदै दुई विकेट लिएका थिए । पोखराका लागि कप्तान शरद भेषावकरले केही आकर्षक शटहरु खेल्दै ३९ बलमा ४५ रन बनाए । उनले तीन छक्का र तीन चौका प्रहार गरेका थिए ।

कुशल मल्ले दुई छक्काको मद्दतमा १३ रन बनाए । शरदले कुशलसँग पाचौं विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । करण केसी, बिक्रम सोब र कप्तान पारस खड्काले पनि चितवनका लागि एक–एक विकेट लिए । पोखराले पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराएको थियो ।

Click to comment

Trending