Headline

हेटमायर र होपको शतकमा भारत माथि वेस्ट इण्डिजको सहज जीत

Published

on

शिम्रोन हेटमायर र शे होपले शतक प्रहार गरे पछि वेस्ट इण्डिजले भारत माथि पहिलो एकदिवसीय आठ विकेटको सहज जीत दर्ता गराएको छ । यस जीतसँगै वेस्ट इण्डिजले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।
जितका लागि २८८ रनको लक्ष्य लिएर ब्याटिंगमा आएको वेस्ट इण्डिजले ४७ दशमलब पाँच ओभरमा दुई विकेटको नोक्सानीमा जीत हात पार्यो ।
नौं रन बनाएका सुनिल एम्ब्रिसलाई खराब शुरुवात गरेको वेस्ट इण्डिजलाई जीततर्फ उन्मुख गराउने क्रममा शिम्रोन हेटमायर र शे होपले दोश्रो विकेटका लागि २१८ रनको विशाल शाझेदारी गरे । १०६ बलको सामना गरेका हेटमायरले आक्रमक पारी खेल्ने क्रममा ११ चौका र सात छक्काको मद्धतमा सर्वाधिक १३९ रन बनाए भने एक छोडबाट पारी सम्हालेका होपले १५१ बलमा अविजित १०२ रन बनाए ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको भारतले खराब शुरुवातका बाबजुत पुरै ५० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा २८७ रन बनायो ।
भारतले ओपनर केएल राहुल (१५ बलमा छ रन) र कप्तान बिराट कोहली (चार बलमा चार रन) लाई सातौं ओभरमा २५ रनको अवस्थामा गुमायो । त्यस पछि चौथों नम्बरमा ब्याटिंग गर्न आएका श्रेयस अयेरले अर्का ओपनर रोहित शर्मासँग मिलेर ५५ रनको शाझेदारी गर्दै भारतको पारी सम्हाल्ने प्रयास गरे । ५६ बलमा छ चौकाको मद्धतमा रोहित ३६ रन बनाएर आउट भए ।
अयेरले पाँचौं नम्बरमा आएका विकेट किपर ब्याट्सम्यान रिशब पन्तसँग मिलेर चौथों विकेटका लागि ११४ शाझेदारी गर्दै भारतको पारी सम्हाले । पन्तले भारतको तर्फबाट सर्वाधिक ७१ रन बनाए । ६९ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरे । अयेरले भने ८८ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ७० रन बनाए ।
वेस्ट इण्डिजलाई चुनौतीपुर्ण लक्ष्य दिने क्रममा भारतका केदार जधावले ३५ बलमा ४० रन तथा रविन्द्र जडेजाले २१ बलमा २१ रनको योगदान दिए । उनीहरूले छैठौं विकेटका लागि ५९ रनको शाझेदारी गरे ।
वेस्ट इण्डिजका शेल्डन कोट्रेल, किमो पौल र एल्जारी जोसेफले समान २-२ विकेट लिए ।

Click to comment

Trending