Headline

भारतले वेस्ट इण्डिजलाई दियो १७१ रनको लक्ष्य 

Published

on

घरेलु टोली भारतले दोश्रो ट्वान्टी ट्वान्टी खेलमा वेस्ट इण्डिजलाई १७१ रनको लक्ष्य दिएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिंग गरेको भारतले २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १७० रनको योगफल बनायो ।
भारतको तर्फबाट शिवम् दुबेले सर्वाधिक ५४ रन बनाए । तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका उनले ३० बलको सामना गर्दै तीन चौका र चार छक्का प्रहार गरे । दुबे बाहेक विकेट किपर ब्याट्सम्यान रिशब पन्तले अविजित रहँदै २२ बलमा ३३ रनको योगदान दिए ।
भारतका अन्य ब्याट्सम्यानहरुमा ओपनरद्वय रोहित शर्मा र केएल राहुल क्रमसः १८ बलमा १५ तथा ११ बलमा ११ रन बनाएर आउट भए भने कप्तान बिराट कोहली १७ बलमा १९ रनको पारी खेलेर पेभेलियन फर्किए ।
वेस्ट इण्डिजका केश्रिक विलियम्स र हेडेन वाल्शले समान २-२ विकेट हात पारे ।
तीन खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ । हैदराबादमा भएको पहिलो ट्वान्टी ट्वान्टी खेलमा कप्तान बिराट कोहलीको अविजित ९४ रनको मद्धतमा २०८ रनको लक्ष्य पक्ष्याएको भारतले चार विकेटको नोक्सानीमा जीत हात पारेको थियो ।

Click to comment

Trending