अन्तर्राष्ट्रिय

कोहलीको कप्तानी पारीमा भारतको सहज जीत 

Published

on

कप्तान बिराट कोहलीको कप्तानी पारीको मद्धतमा भारतले वेस्ट इण्डिज बिरुद्धको पहिलो ट्वान्टी ट्वान्टीमा छ विकेटको सहज जीत हात पारेको छ । यससँगै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।
वेस्ट इण्डिजले दिएको २०८ रनको विशाल लक्ष्य लिएर ब्याटिंगमा आएको भारतले कोहलीको अविजित अर्धशतकसँगै चार विकेट गुमाएर आठ बल अगावै जीत आत्मसाथ गर्यो ।
ओपनर रोहित शर्मालाई आठ रनमा गुमाएको भारतको लागि अर्का ओपनर केएल राहुल र कप्तान बिराट कोहलीले दोश्रो विकेटका लागि एक सय रनको शाझेदारी गर्दै जीत तर्फ लागे । ४० बलको सामना गर्दै पाँच चौका र चार छक्काको मद्धतमा ६२ रन बनाएका राहुल आउट भएता पनि कोहलीले अर्को छोडबाट रन निकाल्दै भारतलाई जीत दिलाए ।
तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका कोहलीले अविजित रहँदै सर्वाधिक ९४ रन प्रहार गरे ।५० बलको सामना गरेका उनले समान छ-छ चौका र छक्का प्रहार गरे ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको वेस्ट इण्डिजले २० ओभर खेल्दै पाँच छ विकेटको नोक्सानीमा 207 रनको विशाल योगफल बनायो ।
वेस्ट इण्डिजको तर्फबाट शिम्रोन हिट्म्येरले सर्वाधिक ५६ रन बनाए । ४१ बलको सामना गरेका उनले युज्बेन्द्र चाहालको शिकार हुनु अघि दुई चौका र चार छक्का प्रहार गरे ।
दोश्रो ओभरमा दुई रन बनाएका लेन्ड्ल सिम्मोंसलाई गुमाएको वेस्ट इण्डिजकाको पारी सम्हाल्ने क्रममा अर्का ओपनर एविन लेविसले आक्रमक पारी खेल्दै ४० रन बनाए । वाशिंगटन सुन्दरको बलमा एलबिडब्लुको शिकार भएका लेविस १७ बलमा तीन चौका र चार छक्का प्रहार गरे । त्यस बाहेक कप्तान कैरन पोलार्डले १९ बलमा २७ रन तथा जेसन होल्डरले नौं बलमा अविजित २४ रनको पारी खेले ।
भारतका युज्बेन्द्र चाहालले सर्वाधिक दुई विकेट लिए भने वाशिंगटन सुन्दर, दिपक चाहर र रबिन्द्र जडेजाले पनि समान १-१ विकेट हात पारे ।

Click to comment

Trending