१३औं दक्षिण एसियाली खेलकुद

डेब्यु खेलमा नै अन्जलीको विश्व किर्तिमान 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी मध्यम गतिकी बलर अन्जली चन्दले महिला ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय क्रिकेटमा विश्व किर्तिमान कायम गरेकी छिन् । आजको खेलमा उनले नेपालको लागि ट्वान्टी ट्वान्टीमा डेब्यु गरेकी हुन् । 

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा माल्दिभ्स बिरुद्धको खेलका क्रममा अन्जलीले छ विकेट निकाल्दै उनले किर्तिमान कायम गरेकी हुन् । दुई दशमलब एक ओभर बलिंग गरेकी उनले कुनै पनि रन खर्च नगरी छ विकेट हात पारेकी हुन् ।

छ विकेट लिने क्रममा अन्जलीले ह्याट्रिक पनि पुरा गरेकी थिइन् । नवौं ओभरको पाँचौ र छैठौं बलमा तथा ११औं ओभरको पहिलो बलमा उनले ह्याट्रिक पुरा गरेकी हुन् ।

यस अघि यो किर्तिमान मलेसियाकी बलर मस एल्य्साको नाममा रहेको थियो । यसै बर्षको शुरुवातमा थाईल्याण्डमा सम्पन्न भएको टि-ट्वान्टी ब्लास्टका क्रममा चीनसँगको खेलमा मसले चार ओभर बलिंग गर्दै एक मेडन सहित तीन रन खर्चिएर छ विकेट हात पारेकी थिइन् ।

अन्जली सहित कुल छ जना बलरहरुले पहिले ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा छ विकेट हात परेका छन् । नेपालको तर्फबाट अन्जली बाहेक नेरी थापाले पनि छ विकेटको किर्तिमान आफ्नो नाममा लेखाई सकेकी छिन् । नेपाली महिला टोलीकी पुर्व कप्तान नेरी थापाले थाईल्याण्डमा सम्पन्न भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा हंगकंग बिरुद्धको खेलमा चार ओभर बलिंग गर्दै आठ रन खर्चिएर छ विकेट लिएकी थिइन् ।

अन्जलीको घातक बलिंगमा नेपालले टस जीतेर पहिले ब्याटिंग गरेको माल्दिभ्सलाई १० दशमलब एक ओभरमा १६ रनमा अलआउट पार्यो । माल्दिभ्सको तर्फबाट ओपनर हम्ज़ा नियाज़ले सर्वाधिक नौं रन तथा कप्तान हफ्सा अब्दुल्लाहले चार रनको पारी खेलिन् भने बाँकी नौंजना ब्याट्सवोमनले रनको खाता पनि खोल्न सकेन् ।

नेपालको तर्फबाट अन्जली बाहेक करुणा भण्डारीले दुई विकेट हात परिन् ।

जवाफी ब्याटिंग गरेको नेपालले काजल श्रेष्ठको अविजित १३ रनको मद्धतमा पाँच बलमा जीत दर्ता गरायो ।

Click to comment

Trending