१३औं दक्षिण एसियाली खेलकुद

मार्सल आर्टस चम्केको दिन नेपाललाई १५ स्वर्ण पदक

Published

on

मार्सल आर्टस चम्किएको दिन १३ औं दक्षिण एसियाली खेलुकदमा नेपालले आकर्षक शुरुवात गर्दै सोमबार १५ स्वर्ण पदक जित्न सफल भएको छ ।
नेपालका लागि तेक्वान्दो र कराते दुवैले ७–७ स्वर्ण पदक जितेको छ । त्यसमध्ये कराते सबैभन्दा सफल खेल भएको छ । सोमबार भएको ९ स्पर्धाकै फाइनल खेलेको नेपालले दुई रजत पदक पनि हात पारेको थियो । चञ्चला दनुवार एकल काता र दिवस श्रेष्ठ पुरुष कुमुतेको फाइनलमा चुकेका थिए ।
नेपालले ट्रायाथ्लनमा पनि स्वर्ण पदक जित्यो भने त्यसै स्पर्धामा एक कास्य र तेक्वान्दोमा दुई कास्य हात पारेको थियो ।
तेक्वान्दोमा आयशा शाक्य र करातेमा मण्डे काजी श्रेष्ठले नेपालका लागि दोहोरो स्वर्ण जितेका थिए । सन् २०१० मा ढाकामा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी आयशाले सोमबार घरेलु भुमिमा सफलता हात पार्दै आफ्नो स्वर्ण संख्या दुई पु¥याइन् ।
नेपालका लागि ७ वटै स्वर्ण पुम्सेमा आएको थियो । पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले पनि नेपालका लागि ब्यक्तिगत स्पर्धामा स्वर्ण जितेका थिए । यसबाहेक नेपालले महिला टिम पुम्सेतर्पm १७–२९ वर्ष उमेर समूह (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेरसमूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई) मा स्वर्ण जित्न सफल भएको हो ।
यता मण्डेले एकल काता र टिम काता (प्रविन मानन्धर र महसुस तामाङ) जितेका थिए । यसबाहेक नेपालका लागि बिप्लव लाल श्रेष्ठ, लक्ष्मण तामाङ, कुसुम खड्का र अनु अधिकारीले पनि कुमुतेमा स्वर्ण पदक हात पारेका थिए । अर्को स्वर्ण नेपाली महिला टिम (निर्मला तामाङ, सरु कार्की र सगिता मगर) को नाममा रहेको थियो ।
पोखरामा ट्रयाथ्लनबाट स्वर्ण
सोनी गुरुङ्गले नेपाललाई पोखरामा भएको ट्रयाथ्लनमा बलियो भारतलाई पटि पार्दै स्वर्ण पदक जित्न सफल भइन् । उनले निर्धारित ७५० मिटर पौडी, २० किम. साईक्लिङ्ग र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेकी हुन् ।
पौडी र साईक्लिङ्गमा पछि परेकी उनले दौडमा बाजी मारेकी थिइन् । बिजयी गुरुङ्गलाई नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले नगद १ लाख प्रदान गर्ने घोषण गरेका छन् । यस्तै गण्डकी प्रदेशका माननिय साँसद दीपक कोईरालाले खेलाडीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार प्रदान गर्ने घोषण गरेका छन् ।
दोश्रो र तेश्रो स्थानमा भारत रह्यो । भारतकी सरोजनी देवी थुडामले एक घन्टा, १४ मिनटका साथ रजत र भारतकै प्रग्न्या मोनानले १ घन्टा १४ मिनट ५७ सेकेन्डका साथ कास्य प्राप्त गरे । पुरुष तर्फ भने नेपाली खेलाडी बशन्त थारु कास्यमा चित्त बुझाउन बाध्य भए । उनले निर्धारित दूरी १ घन्टा ३ मिनट र ०६ सेकेन्डमा पुरा गरे । पुरुष तर्फ पहिलो र दोश्रो स्थान भारतले हात पा¥यो ।
फुटबलमा भुटानले बङ्गलादेशलाई हरायो
१३औं दक्षिण एसियाली खेलकुद साग पुरुष फुटबलमा भुटानले बाङ्लादेशलाई उद्घाटन खेलमा स्तब्ध पारेको छ ।
अपेक्षा बिपरित भुटान बङ्गलादेशमाथि हाबी हुदै १–० ले पराजित ग¥यो । ११ औं मिनेटमा फर्वाड रइबुल हसनले प्रहार गरेको बल भुटानी गोलकिपरले बचाउ गरेपछि बङ्गलादेशले कुनै पनि समय खेलमा भुटानलाई दवाबमा राख्न सकेन ।
२०औ मिनेटमा भुटानी कप्तान चेन्चो कोल्चेनको प्राहर थोरै मात्र बहिरिएको थियो । दोस्रो हाफको सुरु देखी नै राम्रो खेलेको भुटानका लागि ६५ औ मिनेटमा कप्तान चेन्चो गोलचेनले गोल गरे । भुटानले अब मङ्गलबार नेपालसँग खेल्ने छ ।
यस्तै दिनको दोश्रो खेलमा माल्दिभ्सले श्रीलंकालाई बराबरीमा रोकेको छ ।

 

लनटेनिसमा नेपालका दुबै टिम सेमिफाइनलमा
नेपालको पुरुष र महिला टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित लन टेनिस कोर्टमा आज भएको क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए । त्यस्तै संरक्षक बज्रचार्यले श्री अमोल रोयलाई हराए । पहिलो सेटमा २–६ को पराजय भोगेका संरक्षकले दोस्रो सेटमा ६–२ को जित निकाले । अन्तिम सेटमा रोय घाइते भएपछि प्रवणले जित निकाल्दै डबल्स अगावै नेपाललाई सेमिफाइनलमा पु¥याए ।
डबल्समा नवीन पाइजा र प्रदीप खड्काको जोडीले सोझो सेटमा जित निकाल्दै नेपाललाई ३–० को जित दिलाए । अब नेपालले भारतसँग प्रतिष्पर्धा गर्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको थियो ।
महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगे । नेपालले माल्दिभ्सलाई ३–० ले हरायो ।
सिंगल्समा सलोनी तामाङले आयानी मुसा कलिमलाई ६–४ र ६–० ले हराइन् । अर्को सिंगल्समा प्रेरणा कोइरालाले जिना अब्दुर रसिदलाई ६–१ र ६–३ ले पराजित गरिन् । डबल्समा रायना शाह र प्रकृति श्रेष्ठको जोडीले रिफ्गा युसुफ नजिब र मारियम हस्मा हजिबलाई ६–३ र ६–३ ले हराइन् ।

Click to comment

Trending