१३औं दक्षिण एसियाली खेलकुद

सागको सम्पूर्ण तयारी पूरा : मन्त्री विश्वकर्मा

Published

on

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट नेपालमा सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन् ।
मन्त्री सुनारले १३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भैसकेको जनाएका हुन् । मान्त्री  सुनारले मंसिर १५ गते सााझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिले सागको समउद्घाटन गर्ने पनि जनाए ।
मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताएका छन्  । १३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाई छ । साग खेलका केही खेलहरु हिजोबाटै सुरु भैसकेको पनि उनले जनाए । उनकाअनुसार महिला र पुरुष भलिवलका खेलहरु सुरु भैसकेका छन् । ‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । यो हाम्रो लागि थप शुभसंकेत हो ।’ उनले भने ।
यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउदै उनले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए । उनले भने,‘सुरुवाती खेलको विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ ।’ उनले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनेगरि सिंगार्ने काम पनि भैरहेको जानकारी दिए ।
उनले उद्घाटन समारोहमा देशका ख्याातिप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको विशेष सांस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे । उनले भने,‘सबै हिसाबले तयारी पुरा भैसकेको छ ।’ सागलाई सफल तुल्याउनको लागि सबै क्षेत्रबाट साथ र सहयोग भएको भन्दै उनले धन्यवाद दिए । सागको समापन यही मंसिर २४ गते हुनेछ । सोही दिन विदेशी पाुहनाहरुलाई विदाई गरिने कार्यक्रम रहेको उनको भनाई छ ।
सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रर्वद्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिईएको उनले बताए । मन्त्री विश्वकर्माले भने,‘हामीले सागलाई पर्यटन वर्षको प्रर्वद्धनको रुपमा पनि जोडेर हेरेका छौं ।’ दक्षिण एशियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसाग साक्षात्कार गराईने तयारी रहेको पनि उनले जनाए । उनले भने,‘सागमा आउने पाहुना, खेलाडीहरुलाई नेपालका प्राकृतिक सुन्दरतासाग भौतिक रुपमा साक्षात्कार गराउने तयारी छ ।’
साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहाासिक महत्व बोकेका ठाउा भएको सुनाउादै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए । सागलाई व्यवस्थित् गर्नको लागि स्वयमसेवक पनि ठूलो मात्रामा परिचालन गरिएको र सुरक्षाको राम्रो प्रवन्ध गरिएको पनि उनले स्पष्ट पारे ।

Click to comment

Trending