Headline

क्लबका लागि ७ सयौं खेलमा मेस्सी चम्कदा बार्सा च्याम्पियन्स लिगको अन्तिम १६ मा

Published

on

बार्सिलोनाका लागि आफ्नो ७०० औं खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै लियोनल मेस्सीले स्पेनिस क्लबलाई च्याम्पियन्स लिगमा डर्टमण्डबिरुद्ध सहज जित दिलाएका छन् ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले जर्मन क्लब डर्टमण्डलाई ३–१ ले पराजित ग¥यो र तीनै गोलमा मेस्सीको संलग्नता रहेको थियो । मेस्सी र उरुग्वे स्ट्राइकर लुइस स्वारेजले चार मिनेटको अन्तरालमा एक–एक गोल गरेपछि बार्साले ३३ मिनेटमा २–० को अग्रता लिएको थियो ।  यस क्रममा मेस्सीले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्यालाई १ सय १४ पु¥याएका छन् ।

मेस्सीले निकालेको पासमा सुवारेजले डर्टमण्ड गोलकिपर रोमन बुर्कि अगाडि बढेको समयमा उनको दुई खुट्टाको बीचबाट बललाई पोस्टको दिशा दिएका थिए । चार मिनेटपछि नै वान–टु पासमा स्वारेजले मेस्सीलाई पास निकाले र उनले निकै सटिक प्रहार गर्दै गोल गरेका थिए ।

६७ औं मिनेटमा मेस्सीकै उत्कृष्ट पासमा फ्रेन्च फर्वार्ड एन्टोइन ग्रिजमानले सहज गोल गर्दै डर्टमण्डको चुनौतिलाई लगभग टुङ्गाएका थिए । डर्टमण्डका लागि एक मात्र गोल इङ्गल्याण्ड विङ्गर जेडन सान्चोले गरेका थिए ।

जितपछि एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको बार्सिलोनाको समुह एफमा ११ अंक रहेको छ । अन्तिम १६ मा प्रवेश गर्नका लागि डर्टमण्ड स्लाभिया प्रागबिरुद्धको आफ्नो अन्तिम खेलमा मात्र नभइ इन्टर मिलानको बार्सिलोनाबिरुद्धको खेलमा पनि निर्भर गर्नेछ ।

डर्टमण्ड र इन्टर दुवैको ७ अंक रहेको छ । इन्टरले बुधबार नै सम्पन्न खेलमा प्रागलाई ३–१ ले पराजित गरेको थियो । अन्य खेलहरुमा जेनिट सेन्ट पिट्सबर्गले लियोनलाई २–० र साल्जबर्गले जेन्कलाई ४–१ ले पराजित गरेको थियो । लिपजिग र बेन्फिकाले भने २–२ गोलको बराबरी खेलेका थिए ।

Click to comment

Trending