Trending

एक सय ३० मिलियन डलरका एनबिए स्टार जो पुजारी बन्न सक्थे

अद्वितीय रुपमा एनबिए जितेको क्यानडेली टोली र्याप्टर्सले यस्तै अद्वितीय कथा बोकेको ब्यक्तिबाट अरु सफलताको आशा गरिरहेको छ । फुटबलर बन्न चाहेका यस्ता ब्यक्ति जो पुजारी बन्न सक्थे ।

Published

on

पास्कल सियाकमले आफ्नो जिन्दगीको पहिलो १७ बर्ष बास्केटबल त्यति राम्ररी समातेकै थिएनन् । उनका लागि यो आफ्नो परिवारका दाईहरुले खेल्ने एउटा सामान्य खेल मात्र थियो । उनका बुवाले आफ्ना छोराहरुमध्ये कोही एक भविष्यमा एनबिएमा खेलेको हेर्ने सपना राखेपनि सियाकम भने अन्य खेलमा रुचि राख्दथे ।

सियाकम परिवारका ६ दाजुभाई मध्ये सबैभन्दा कान्छा थिए । “म फुटबल खेल्थे र यसमा राम्रो पनि थिए । मैले चोहेको भए म फुटबल खेलाडी हुन्थे,” सियाकम भन्छन् । तर जब उचाई ६ फिट ७ इञ्ज अग्लो हुन्छ, बास्केटबललाई मतलब नगरि बस्न सकिदैन ।

सियाकमले बास्केटबल खेलेको १० बर्ष भन्दा कम भएपनि उनले तय गरेको यात्रा निकै नै प्रभावशाली छ । अहिले २५ बर्ष पुगेका सियाकमले गत सिजन बिश्वकै महँगो र चर्चित मध्येको लिग एनबिएमा सबैभन्दा सुधारिएको खेलाडीको उपाधि जितेका थिए । यस क्रममा उनले टोरन्टो र्याप्टर्सलाई उपाधि दिलाउने क्रममा उल्लेखनीय योगदान दिएका थिए ।

तर सियाकमले आफूलाई हालको स्थितिमा डोर्याउदासम्मको यात्रा भने कुनै रुपमा सामान्य छैन ।

क्यामरुनको आर्थिक राजधानी डुवालामा जन्मिएका सियाकमले आफ्नो शुरुवाती दिनहरु बाफिया भन्ने एक सानो शहरमा रहेको सेन्ट एन्ड्रयुज सेमिनरीमा पुजारीको प्रशिक्षण लिदै बिताएका थिए ।

आफू हुर्किएको संसारमा क्याथोलिक चर्चको अनुशासन पछ्याउनै पर्ने कारण सियाकम सधैजसो घरबाट ८ घण्टा टाढा रहेको सेमिनरीमा ब्यस्त रहन्थे । यस क्रममा उनी शहरी चमक धमकबाट टाढै रहन पुगे । तर यही अनुभवले उनलाई अहिले जे छन् त्यही बन्नको लागि आकार दिएको थियो ।

“त्यहाँ (सेमिनरीमा) नियम निकै कडा हुने गर्छ । जब म त्यहाँ पुगे, मलाई धेरुै कुराहरु गर्न आउदैन थियो । तर यसले मलाई कसरी परिपक्व बन्न सक्छु भनेर सिकायो । मैले आफ्नो जिम्मेवारी कसरी लिने र ख्याल राख्ने सिक्न पुगे । बाहिरि दुनियामा कसरी प्रस्तुत हुने र आफ्नो लागि कसरी लड्ने, मैले यस्तै कुराहरु सिक्न पुगे,” उनी भन्छन् ।

सेन्ट एन्ड्रयुजमा सात बर्ष बिताँउदा सियाकमका लागि बास्केटबल कहिले पनि पहिलो रोजाइमा परेन । उनलाई सधै बिहान पाँच बजे उठ्दै दैनिकिमा लाग्नु बाहेक पढाइमा पनि ध्यान दिनु पर्ने दवाब थियो । उनको परिवारले सियाकम अब पुजारी नै बनेर जिविकोपार्जन गर्ने अपेक्ष गरिरहेका थिए । तर सियाकम फरक ढँगले सोच्न पुगे ।

चर्चमै भएपछि गरिने काम नै यही पुजारीकै हुन्छ । मेरो बुवा मैले भविष्यमा यही नै गर्न चाहन्छु भनेर सोच्नु भएको थियो । तर मैले कहिले यो चाहेको थिइन, उनले भने । तर आफूले युवा अवस्थामा खासै वास्ता नगरेको खेल नै उनको चाहना बन्न पुग्यो ।

सन् २०११ म सियाकम आफ्ना साथीहरुसँगै क्यामरुनका एनबिए स्टार लुच एम्बाह अ मुटेले आयोजनका गरेको बास्केटबल ट्रेनिङ्ग क्याम्पमा सहभागिता जनाउन पुगे । एनबिएमा १० सिजन बिताएका भेटेरान एम्बाह अ मुटे अहिले पनि आफ्नो जन्मभुमिमा बास्केटबल क्याम्पहरु आयोजना गर्दै आइरहेका छन् । उनको टोलीले नै अर्का क्यामरुनीयन खेलाडी जोल एमबिडलाई फिलाडेल्फििया सेभेन्टी सिक्सर्ससम्म पु¥याएको थियो ।

यसअघि प्रतिस्पर्धात्मक बास्केटबल कहिले पनि नखेलेका १७ बर्षीय सियाकमको प्रतिस्पर्धात्मक रहने भावना र खेलमा देखाउने तन्दरुस्ततालाई बेवास्ता गर्न असम्भव जस्तै हुन गयो । एक बर्षपछि सियाकमलाई दक्षिण अफ्रिकामा भएको एनबिएको अन्तर्राष्ट्रिय बिकास कार्यक्रम बास्केटबल बिदाउट बोर्डर्समा सहभागिता जनाउनका लागि निमन्त्रणा आयो ।

“यो मेरो लागि निकै ठूलो उपलब्धि थियो । मैले बास्केटबललाई लिएर बटुलेको अनुभव भन्दा पनि त्यहाँको माहोलले मलाई तानेको थियो । एनबिए र प्रशिक्षकहरुले मेरो आखा अगाडी बिल्कुलै फरक दुनिया देखाएका थिए । म निकै उत्साहित थिए । मलाई यस्तो लाग्यो यदि म अमेरिका पुगेर खेल्नुका साथै राम्रो शिक्षा पनि लिन सक्छु भने किन नगर्ने त ? यो मेरो सपना हुन पुग्यो,” सियाकमले सम्झिए ।

सियाकम र उनीजस्ता खेलाडीहरुले एनबिएमा यो उमेरमा खेल्न पाउने अपेक्षा कमै गर्न सकिन्थ्यो । तर उनले धेरै प्रशंसकहरु बटुलिसकेका थिए । “उनी निकै दुब्लो–पातलो फुच्चे केटा थिए,” सन् २०१२ मा सियाकमलाई दक्षिण अफ्रिकाको क्याम्पमा देखेका र्याप्टर्सका अध्यक्ष मासाई उजिरीले सम्झिए । “तर तपाइलाई उनको स्किलको बारेमा कसैले पनि भन्न सक्थ्यो । उनी आरामले स्कोर गर्न सक्थे । उनीमा बास्केटबल प्रतिको लगाव धेरै नै थियो । मलाई त्यही मन परेको थियो ।”

र्याप्टर्सले पछिल्लो समय लिएको उचाइमा मुख्य योगदान पु¥याएका उजिरी एनबिएका कुसल ब्यवस्थापक मध्येका एकमा गनिन्छन् । सियाकमजस्तै अफ्रिका (नाइजेरिया) मा हुर्किएका उजिरीले लामो समय अफ्रिकी महादेशमा एनबिए र आफैले सञ्चालन गर्दै आइरहेको कार्यक्रम जायन्ट्स अफ अफ्रिकामार्फत लगानी गर्दै आइरहेका थिए ।

सन् २०१२ मा सियाकमलाई पहिलो पटक भेटेका उजिरीले चार बर्षपछि र्याप्टर्सका लागि पहिलो चरणको ड्राफ्टमै लिने सोचेका पनि थिएनन् । तर सियाकममा देखेको बिशेष उर्जा उनको मानसपटलमा ताजा नै रहेको थियो । “उनी निकै नै प्रतिस्पर्धी र जित्नै पर्ने खेलाडी थिए । कलिलो उमेरमै त्यो हुनु निकै राम्रो हो किनभने यो बिकास हुदै जान्छ । अहिले जब पास्कल खेल्छन्, टिम जित्ने गर्छ,” उजिरी गर्वका साथ सुनाउछन् ।

सियाकम भन्छन्ः “म उत्कृष्ट खेलाडी नभएपनि मलाई आत्मसमर्पण गरि हालौ भन्ने कहिले पनि भएन । र मलाई सधै कोशिष गर्नुपर्छ भन्ने थियो । म एक खेलाडी हु । कुद्ने र उफ्रने कुनै पनि काम छ भने म सधै उत्साहित हुन्छु । त्यसैले बास्केटबलले म मा बिशेष उत्साह थप्छ ।”

सन् २०१२ सम्मा उनका तीन जना दाइहरुले अमेरिकामा स्कोलसिप पाएका थिए । उनले आफ्ना दाईहरुलाई नै अनुशरण गरे । दक्षिण अफ्रिकाको क्याम्पमा देखाएको उत्साहले उनले अमेरिकी बास्केटल स्काउटहरुको ध्यान खिच्न सफल भइसकेका थिए । उनलाई लेविसभिल शहरमा उच्च शिक्षा पुरा गर्ने मौका दिइयो । १८ बर्ष पुग्दासम्म उनले आफ्नो यसअघि जीवनलाई पूर्ण रुपमै पछाडी छोडिसकेका थिए ।

“क्यामरुनबाट टेक्सास जानु मेरो लागि परिवर्तन थियो । अंग्रेजी भाषा र त्यहाँको संस्कृति सिक्दा मैले आफूलाई त्यही अनुरुप ढाल्नु पर्ने भयो । तर म परिवर्तनका लागि सधै तयार थिए । सानो उमेरदेखि नै मलाई यो कसरी गर्न सकिन्छ भनेर सिकाइएको थियो । ममा प्राकृतिक रुपमा नै यो परिवर्तन आयो,” उनी बताउछन् ।

हाइ स्कुल सक्किएपछि सियाकमले न्यु मेक्सिको स्टेट युनिभर्सिटीबाट स्कोलरसिप पाए । त्यही समय अक्टोबर, २०१४ मा उनका पिता चामोको क्यामरुनको कार दुर्घटनामा मृत्यु भएपछि सियाकम परिवारलाई नराम्रो धक्का लाग्यो । त्यसयता सियाकमले बास्केटबल कोर्टमा जे गर्दै आएका छन् त्यो उनको बुवालाई दिइएको एक उर्जाशील श्रद्वांजली रहदै आएको छ ।

“मेरो बुवाले आफ्ना ६ जना छोराहरुलाई हुर्काउन निकै कठि मिहिनेत गर्दै आएका थिए । हामीलाई उनले कुनै कुराको कमि हुन दिएनन् । उनको एउटा सपना थियो र त्यो पुरा गर्न म सफल भएको छु । यसको मलाई गर्व छ । यो सबै देख्नको लागि उहा यहा भएको भए हुन्थ्यो,” उनी भन्छन् ।

कलेज बास्केटबल लिगमा दुई सिजन बिताएपछि सियाकमले न्यु मेक्सिको स्टेट छोडे । बास्केटललाई गम्भिर रुपमा लिदै खेलको मात्र चार बर्ष भएपनि उनले न्यु मेक्सिको छोड्दा उनी वेस्टर्न एथ्लेटिक कन्फेरेन्सका बर्ष खेलाडी भइसकेका थिए । यद्दपि सन् २०१६ को एनबिए ड्राफ्टमा कतिपयका लागि उनलाई लिनु खतरा मोल्नु रहेको मान्दथे ।

“मेरा केटाहरु निकै राम्रा छन्,” सियाकमलाई टिममा लिनुको कारणबारे उजिरी खुलाउछन्ः “हाम्रो बिश्वब्यापी स्काउट गर्ने मध्येका एक प्याट्रिक एन्जेलब्रेच्टले यो केटामाथि आखा राख्दै गर्नु भनेका थिए । प्याट्रिकले मलाई पास्कलको गेम हेर्न दुई तीन चोटी लिएर गएका थिए । खेलाडीहरुमा लगातार आखा राख्दै गर्दा उनीहरुमा आएको सुधारप्रति पनि ध्यान जान्छ ।”

एनबिए ड्राफ्टको पहिलो चरणमै २७ औं नामको रुपमा टिप्दा सियाकम उजिरीको लागि पर्याप्त रुपमा सुधारिएको खेलाडी भइसकेका थिए । त्यसपछि उनको र्याप्टर्ससँगको यात्रा शुरु भएको थियो ।

र्याप्टर्सको शुरुवाती सिजनमा डेभलपमेन्ट मुख्य प्रशिक्षक जामा माह्लालेलाले सियाकमलाई कहिले मुख्य टिम त कहिले जि–लिग टिममा खेलाएर हेरे । माह्लालेलाका लागि सियाकमले देखायो उर्जा र उत्साह काफि थियो । “हामी बास्केटबलमा पोजिसन नभएका खेलाडीहरुको कुरा गछौं । पास्कल त्यही हुन् । उनी पोइन्ट गार्ड देखि सेन्टरसम्मको पोजिसनमा खेल्न सक्छन् । यो अदभुत स्किल हो,” माह्लालेला भन्छन् । “उनी हरेक दिन परिक्षामा खरो उत्रन्छन् । उनी आज जे छन् त्यसले उनलाई पर्याप्त नै हुदैन । उनी भोलि के हुन सक्छु भन्नेमा नै बढी ध्यान दिन्छन् ।”

यो सिजन सियाकमका लागि र्याप्टर्समा चौथो हुनेछ । यो बर्ष उनीबाट अझै अपेक्षा गरिएको छ । भनिन्छ एनबिए जित्नका लागि सुपरस्टारको आवश्यकता पर्छ । गत सिजन र्याप्टर्सले उपाधि जितेसँगै सियाकमले यसलाई साबित गरेका छन् ।

प्लेअफमा लगातार असफल भएपछि उजिरी र र्याप्टर्सले फ्राञ्चाइजकै उत्कृष्ट खेलाडी डेमार डेरोजानलाई दिदै असन्तुष्ट स्टार कवाही लेनर्डलाई लिने साहसिक निर्णय लियो । तर लेनर्डले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दिलाएपछि यो निर्णय सही साबित हुन पुग्यो । यद्दपी लेनर्ड यो सिजन एलए क्लिपर्स तर्फ लागेपछि र्याप्टर्समा एक सुपरस्टारको कमी भएको महसुस हुन थालेको छ ।

र्याप्टर्स व्यवस्थापन भने यो कमीलाई सियाकमले परा गर्नेमा बिश्वस्त छ । सियाकमले हरेक सिजन उचाइ लिने बिश्वास राख्दै ¥याप्टर्सले अर्को चार बर्षसम्मका लागि उनीसँग एक सय ३० मिलियन डलरको नयाँ सम्झौता गरिसकेको छ । करले बास्केटबल खेलाडी बनेका एक खेलाडीको सुपरस्टारसम्म तय गर्ने यात्राले अब पूर्ण रुप लिने देखिएको छ । “च्याम्पियन भएपछि आत्मबिश्वास निकै उच्च हुन्छ । एनबिएमा यो अरु टिमका लागि घातक हुनसक्छ । पास्कलमा थप आत्मबिश्वास हुनु खतरा कै घण्टी हो,” माह्लालेला भन्छन् ।

सियाकममा च्याम्पियन बन्दाको चमक अझै पनि ताजै छ । सात बर्षमा पहिलो पटक क्यामरुन जादा उनले उजिरीको जायन्ट्स अफ अफ्रिका बास्केटबल क्याम्पमा एनबिए ट्रफि लिएर गएका थिए । “भविष्यमा म जहा छु त्यहा पुग्ने सपना बोकेका बच्चाहरुकोबीच यो ट्रफि छुदाको महसुस गराउदाको आनन्द अर्कै हुन्छ । म सानो हुँदा यो मौका पाएको थिइन । अहिले त्यो मौका दिन पाउदाको क्षण निकै बिशेष छ,” उनी भन्छन् ।

आफ्नो जिन्दगीमा भएको अद्भुत परिवर्तनका बावजुद सियाकम आफूलाई धरातलमै राख्न रुचाउछन् । किनभने उनी एनबिएको यस्तो टिममा छन् जुन अमेरिका बाहिरको हो र यसै कारणले र्याप्टर्सबारे मान्छेहरु खासै वास्ता गर्दैनन् ।

अद्वितीय रुपमा एनबिए जितेको क्यानडेली टोली र्याप्टर्सले यस्तै अद्वितीय कथा बोकेको ब्यक्तिबाट अरु सफलताको आशा गरिरहेको छ । सियाकम फुटबलर बन्न चाहेका यस्ता बास्केटबल खेलाडी हुन् जो पुजारी बन्न सक्थे ।

Click to comment

Trending