Headline

लाम्पार्डको आगमनसँगै बदलिएको चेल्सी

Published

on

फ्रांक लाम्पार्ड त्यस्तै १७–१८ बर्षका थिए होलान् जब उनले आफ्नो पहिलो प्रिमियर लिग खेल खेले । पिता प्याट लााम्पार्ड ले आफ्नो जीवन बिताएको क्लब थियो वेस्ट ह्याम युनाइटेड ।

आफ्नो बालापन देखिनै लाम्पर्डले वेस्ट ह्यामलाई समर्थन गरे र पछि क्लबकै लागि १३५ खेल खेले पनि । गोरो फुच्चे, लामो कपाल, मोटो ज्यान भएका लाम्पार्डले वेस्ट ह्याममा हुँदा कसैले पत्याएनन यो सानो फुच्चे “बक्स टु बक्स मिडफिल्ड” खेल्छ भनेर ।

त्यती खेर वेस्ट ह्यामका ब्यबस्थापक थिए लाम्पार्डकै काका ह्यारी रेडन्याप जसलाई उनको खेल खुब मन पथ्र्यो । युवालाई त्यती मौका नदिइने समयमा रेडन्यापले लाम्पार्डलाइ डेब्यु गराएरै छाडे । पहिलो पत्रकार सम्मेलनमै लाम्पार्डलाइ दर्हाे प्रश्नको झट्टारो पर्यो जब एक फ्यान ले रेडन्यापलाई प्रश्न गरे “के तपाई उसलाई धेरै उक्साई रहनु भएको त छैन ? किनकि मलाइ लाग्दैन उ त्यती रम्रो खेल्छ । यो भन्दा त तपाइँले राम्रो मिड्फिल्डर कान्हाम (स्कट) लाई बेचिदिनु भयो” ।

हलमा सबले लाम्पार्डलाई हेरे र उनले रेडन्यापलाइ । रेडन्यापले समय नलगाई भने, “होला कान्हाम राम्रो थिए तर लाम्पार्ड उनी भन्दा राम्रो भएर निस्कने छन् । म भन्दै छु उनी एकदम माथि पुग्ने छन्” । त्यही दिन देखि लाम्पार्ड लाइ पछाडी फर्केर हेर्नु परेन । २००१ सम्म वेस्ट ह्याम र स्वान्सी (लोनबाट) मा खेलेपछि चेल्सीले उनलाई आँखा लगाउदै त्यही बर्ष ११ मिलियन पाउण्डमा भित्राएको थियो । त्यसपछि लाम्पार्डले पछाडी फर्केर हेर्नु परेन ।

रेडन्यापले प्रक्षेपण गरेझै लाम्पार्ड एक बिस्वस्तरीय मिडपिÞmल्डर बने र उनलाई बनाउने क्लब बन्यो चेल्सी । उनले चेल्सीका लागि ४२९ खेल खेले र १ सय ४७ गोलसहित हालसम्म पनि क्लबको उच्च गोलकर्ताको सुचिमा पहिलो नम्बर मै छन् । चेल्सीमा उनले आफ्नो खेलयात्रा अन्त्य गर्न त पाएनन् तर क्लबसँगै एउटा नयाँ यात्रा शुरु गरेका छन् र त्यो हो व्यवस्थापन ।

यद्दपी उनले यसको शुरुवात भने च्याम्पियनशिप क्लब डर्बि काउन्टीबाट गरेका थिए । उनले आफ्नो पहिलो प्रयासमै डर्बिलाइ प्रमोसनको नजिकसम्म पु¥याउदै प्लेअफ फाइनलको यात्रा गराए । डर्बिको त्यो लगातार तेश्रो प्लेअफ भएपनि लाम्पार्डको आगमनले क्लब अब भने माथि जानको लागि राम्रो जग बसेको धेरैले मानेका छन् ।

मिडफिल्डमा चेल्सीको उत्पादन मेसन माउन्ट र डिफेन्समा चेल्सीकै फिकायो टोमोरीको जोडीलाई च्याम्पियनशिपको लिग चरणमा रोक्न सक्ने कुनै टिमै थिएन । उता मोरिजियो सारीको चेल्सीमा ब्याप्त अस्थिरतका बावजुद पनि हासो लाग्ने बिषय के थियो भने स्ट्याम्फोर्ड ब्रिजमामा लाम्पार्डको डर्बि हाबी भएपनि खेल भने जित्न सकेन ।

सिजनको समाप्ति हुँदासम्म लाम्पार्ड चेल्सी आउने कुरामा कसैले पनि बिश्वास नै गरेका थिएनन् । लाम्पार्ड आफै पनि यस बिषयमा अनभिज्ञ नै थिए होलान् । अन्तत सिजनको समाप्ति पछि सारीले चेल्सी छोड्दा क्लब नेतृत्व बिहिन हुन पुग्यो । त्यसपछि चेल्सीमा चल्यो लाम्पार्ड आगमनको हल्ला । बेलायती मिडियाहरुमा लगातारको हल्लापछि साच्चिकै लाम्पार्ड चेल्सी आइपुगे ।

प्रि सिजनपछि जब लाम्पार्डको परिक्षा शुरु भयो फुटबल पण्डित, अनुभवि ब्यवस्थापक र पूर्व खेलाडीहरुले आंकलन गर्न थाले, “लाम्पार्डमा चेल्सीलाई अंक तालिकाको शिर्षस्थान पु¥याउने शक्ति नै छैन।” म्यानचेस्टर युनाइटेडबिरुद्धको पहिलो खेल (अवे) मा लाम्पार्डले धेरै युवा खेलाडी उतार्दा बिश्लेषकहरुले त्यसलाई पागलपनको संज्ञा दिएका थिए । तर लाम्पार्डलाई त्यो पागलपन लागेन ।

युनाइटेडसँग ४–० को फराकिलो हारका बावजुद पनि लाम्पार्डले आफ्ना खेलाडीहरुलाई हौसला दिदै गए । युइएफए सुपरकपमा लिभरपुलबिरुद्ध चेल्सीले राम्रो प्रदर्शन गरेपनि खेल जित्न सकेको थिएन । अर्को प्रिमियर लिग खेलमा चेल्सीले लेस्टरसँग अर्को बराबरी खेल्यो । जति चाडो लाम्पार्ड चेल्सी आए त्यती चाडो उनी बर्खास्त हुने हल्ला पनि चल्न थालि हाल्यो ।

यसले लाम्पार्डलाई खासै फरक परे र टिमलाई एक ढिक्का बनाएर लैजाने लक्ष्यसहित अघि बढ्न थाले । उनले खेलाडीहरुलाई ब्यवस्थापकीय रुपमा पनि नयाँ नियमहरुमा बाध्न थाले । लेस्टरसँगको बराबरीपछि चेल्सीले खेलका ५ प्रिमियर लिग खेल मध्ये तीनवटामा जित दर्ता ग¥यो भने एकमा बराबरी र च्याम्पियन्स लिग बिजेता लिभरपुलसँग सांघुरो हार बेहोर्न बाध्य भयो । यस क्रममा सुपर कपमा पेनाल्टीमा चुकेर आलोचनको पात्र बनेका ट्यामी अब्राहम भने नयाँ लय समात्दै अघि बढिरहेका छन् ।

शुरुवाती असफलतापछि समर्थकहरुको निराशाको शिकार बनेका लाम्पार्ड अहिले भने तिनै समर्थककाबीच मायाको पात्र बनेका छन् । उनीहरु लाम्पार्डलाई बिश्वास गर्न थालेका छन् । चेल्सीको मिडफिल्ड अहिले निकै सशक्त देखिन्छ । लाम्पार्डले इटालियन पास मास्टर जोर्जिन्हो र क्रोसियान बल ड्राइभर मतियो कोवचिचको जोडीलाई प्रिमियर लिगकै उत्कृष्ट जोडी बनाउन सफल भएका छन् ।

इन्टरन्यासनल ब्रेक अघि बर्नली, आयाक्स र न्युकासलबिरुद्धका खेलहरु हेर्ने हो भने लिवरपुल पछि को सुन्दर फुटबल अहिले चेल्सीले खेल्दैछ । शिर्ष स्थानको लिभरपुलसँग ८ अंकको दुरीमा रहेको चेल्सीले पछिल्लो ६ खेलमा पराजय बेहोरेको छैन । उता च्याम्पियन्स लिगमा आफ्नो समूहको शिर्ष स्थानमा पनि कायमै रहेको छ ।

लाम्पार्ड नीति यतिसम्म कडा छ कि खेल अघिको फिजिकल वार्म अपमा ढिलो आए २५०० पाउण्डसम्म जरिवाना तिर्नु पर्नेछ । लाम्पार्डले चेल्सी समर्थकहरुमा अहिले छुट्टै उर्जा ल्याएका छन् । धेरै जसो शान्त रहदै आएका समर्थकहरुले अहिले स्टामफोर्ड ब्रिज र अवे खेललाई “सुपर फ्रान्क”, “ओह ट्यामी, ट्यामी”, “जोर्जीन्होे”, “वि अर न्यु चेल्सी” भन्ने नाराले गुञ्जायमान बनाउन थालेका छन् ।

लाम्पार्डले चेल्सीको यो लयलाई क्रिसमसपछि पनि कायम राख्दै लिवरपुललाई नै चुनौती दिन सक्ने छन् या छैनन त ? के चेल्सी २०१२ पछि चाम्पियन्स लिग जित्ने टिम बन्नेछ त ? शायद यसको जवाब पूर्व चेल्सी ब्यवस्थापक होजे माउरिन्होले नजानिदो रुपमा दिएका छन् । “अब त चेल्सी पनि सुपर चेल्सी भयो” माउरिन्होले भर्खरै स्काइ स्पोर्टसलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए ।

चेल्सीले यस्तै प्रकारको खेल खेलेर नँया खेलाडी भित्राउने हो भने दुई–तीन सिजनसम्ममा सन् २००६ देखि २०१२ को जस्तै फेरी एकपटक बिश्वस्तीय टोली बन्न सक्छ । मेसन माउण्ट, ट्यामी अब्राहम, फिकायो टोमोरी, एनगोलो कान्टे, क्रिस्चियन पुलिसिच, जेम्स, जर्जिन्हो, कोभाचिच र हड्सन ओडोइ जस्ता कुशल खेलाडी भएको चेल्सीले यो सिजन कस्तो प्रदर्शन गर्नेछ भन्नेमै सबैको ध्यान केन्द्रित रहनेछ ।

Click to comment

Trending